×

NMB BANK
NIC ASIA

सरकारी अस्पतालमा आईसीयू अभाव, निजी अस्पताल जानैपर्ने बिरामीको बाध्यता

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ जेठ–धादिङका ६९ वर्षीय नवराज श्रेष्ठलाई सास फर्न गाह्रो भएपछि शुक्रबार बिहान उनका छोरा गोविन्दले वीर अस्पतालको आकस्मिक सेवा विभागमा लगे ।

Muktinath Bank

दम र फोक्सोमा क्यान्सर भएकोले श्वासप्रश्वासमा समस्या भएका  नवराजलाई चिकित्सकले शुक्रबार साँझ नै आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताए । वीर अस्पतालमा आईसीयू सेवा रहेपनि सबै आईसीयू शय्याहरु खाली नभएको अस्पतालले जनायो । वीर अस्पतालमा आईसीयू नपाएपछि गोविन्दले काठमाडौंका अन्य सरकारी अस्पतालहरुमा आईसीयू छ, छैन बुझे तर उनले राजधानीका कुनै पनि सरकारी अस्पतालमा आईसीयू पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दिनभरी तीन, चार वटा सरकारी अस्पतालमा आईसीयू छ कि बुझे तर कुनै पनि अस्पतालमा बेड रहेनछ,’ गोविन्दले लोकान्तरसँग भने, ‘डाक्टरले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएका छन् ।’   


Advertisment
Nabil box
Kumari

आईसीयूमा खाली छैन भनेर डाक्टरहरुले मेडिकल कलेजमा आईसीयू खाली हुनसक्ने बन्दै उनलाई बुझ्न सल्लाह दिए । तर गोविन्दले आफ्नो आर्थिक अवस्था कमजोर भएकोले मेडिकल कलेज र नीजि अस्पतालमा लान नसक्ने बताएपछि डाक्टरले अंकोलोजी वार्डमा भर्ना गर्ने व्यवस्था गरिदिएको बताए । 

Vianet communication
Laxmi Bank

गोविन्दले बुवालाई निजी अस्पतालमा लैजान आर्थिक अवस्थाले नधान्ने बताएपछि अस्पतालले आईसीयूमा राख्नुपर्ने बिरामी भएपनि अंकोलोजी वर्डमा भर्ना गरिदिएको बताए । नवराजको स्वास्थ्य अवस्था विग्रिदै गएको भन्दै चिकित्सकले आईसीयूनराखे बिरामीको अवस्था झनै विग्रने बताइरहेका छन् ।

सरकारी अस्पतालमा आईसीयू नपाएपछि गोविन्दले बावुलाई बाध्य भएर वीर अस्पतालबाट नीजि अस्पतालमा उपचार गराउन लगे । 

०००

धादिङको ज्वालामुखी गाउँपालिकाका नवराज श्रेष्ठले तीन वर्ष अघिदेखि दमको औषधि खादै आएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि तीन वर्ष अघि छोराले काठमाडौंको टिचिङ अस्पतालमा ल्याए ।

चिकित्सकहरुले दमको रोग रहेको बताएपछि दैनिक दमको औषधि खादै आएका थिए । गत चैत महिनामा श्वासप्रश्वासमा समस्या बढ्नुका साथै शरीर समेत सुन्निन थालेपछि गोविन्दले बुवालाई फेरि टिचिङ अस्पतालमा ल्याए । टिचिङ अस्पतालमा भर्ना गरेको १५ दिन पछि अस्पतालले क्यान्सरको लक्षण रहेको भन्दै वीर अस्पतालको चेष्ट युनिटमा स्वास्थ्य परीक्षण गराउनु भनेर रिफर गरीदियो ।

वीर अस्पतालमा एक साता भर्ना नै गरेर स्वास्थ्य परीक्षण गराएपछि श्रेष्ठलाई फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सर भएको पत्ता लागेपनि कुन स्टेजको क्यान्सर हो भन्ने परीक्षण गराउन मात्रै ८० हजार खर्च भएको गोविन्दले बताए ।

आफ्नो आर्थिक अवस्थाले बुवाको उपचार गराउन नसक्ने बताएपछि  वीर अस्पतालका चिकित्सकले गोविन्दलाई गाउँपालिका र जनस्वास्थ्य कार्यलयको सिफारिस बनाउन सल्लाह दिए । गोविन्दले ज्वालामुखी गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यलय धादिङबाट उपचारमा सहुलियतको लागि सिफारिस बनाएर ल्याए । 

उपचार खर्चमा सहुलियत पाउने आसा गरेर गोविन्दले सरकारी अस्पतालमा आईसीयू नपाएपछि बुवाको उपचारका लागि नीजि अस्पतालमा महंगो शुल्क तिरेर आईसीयूमा उपचार गराउन पर्‍यो । 

सुरुमै २५ हजा डिपोजिट गर्नु भनेको थियो, १० हजार मात्रै तिरेर आईसीयूमा भर्ना गरायौं,’ गोविन्दले मलिन स्वरमा भने, ‘आइतबार बिहान अस्पतालले पैसा मागेको थियो, गाउँबाट निशुल्क उपचार हुन्छ भनेर कागजपत्र बनाएर ल्याए त्यो पनि काम लागेन । अब अस्पतालमा कसरी पैसा तिर्ने थाहा छैन ।’

निजी अस्पतालमा उपचार शुल्क तिर्न समस्या भएको भन्दै उनले आईसीयू राख्नुपर्ने समय सक्किएपछि सरकारी  अस्पतालमा मै लगेर बुवाको थप उपचार गराउने बताए ।

०००

यस्तो समस्या धादिङका नवराजको मात्रै होइन । नवराज जस्तै वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आइपुग्ने अघिकांस बिरामीहरु आईसीयूकै लागि निजी अस्पतालमा महंगो शूल्क तिर्न बाध्य छन् ।
वीर अस्पतालमा बिरामीको चाप अनुसार आइसियुको शय्या कम रहेको वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र कुमार बस्नेतले बताए । 

‘वीर अस्पतालमा बिरामीको चाप अनुसार आईसीयूको  संख्या कम छ । ३० ओटा आईसीयू वेड छ,जसमा पनि फरफरक रोग अनुसारको छ, जनरल आईसीयू वेड ११ वटा मात्रै  छ,’ निर्देशक बस्नेतले लोकान्तरसँग भने, ‘जनरल आईसीयू प्राय खाली नै हुँदैन,आईसीयूको वेड कम हुँदा बिरामीलाई असुविधा नै छ ।’

वीर अस्पतालमा आईसीयू खाली नहुँदा दैनिक ३, ४ जना बिरामीलाई अन्य अस्पताल रिफर गर्नुपरेको बस्नेतले बताए । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप अनुसार आईसीयू शय्याको संख्या नबढाएसम्म आईसीयू अभावको समस्या समाधान हुन नसक्ने बस्नेतको तर्क छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x