पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
जेठ ७, २०७५
जनकपुरधाम, ७ जेठ – गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम, जनकपुर उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालयका सचिव, मालपोत कार्यालय लगायतका सम्बन्धित निकायले नै चलखेल गरेर सार्वजनिक स्वामित्वको जग्गाहरू व्यक्तिको नाममा दर्ता गरिदिने क्रम बढेको छ । मोटो रकमको चलखेल गरेर ती जग्गाहरू व्यक्तिको नाममा दर्ता भइरहेका छन् ।
पौराणिक, ऐतिहासिक, धार्मिक शहर जनकपुरधाममा रहेका मठ मन्दिरहरू संरक्षणको अभावमा भूमाफियाले जग्गा कब्जा गर्ने क्रम बढेको छ । विभिन्न किसिमका कीर्ते कागजहरू खडा गरेर जनकपुर उपमहानगरपालिका, गुठी संस्थान, भूमि सुधार कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयलाई प्रभावमा लिएर कीर्ते सर्जमिन कायम गरी भोगचलनको प्रमाण ठड्याई रैतान नम्बरी गर्ने डरलाग्दो अवस्था उत्पन्न भएको छ ।
भूमाफियाविरुद्ध बोल्दा ज्यानै जोखिममा पर्ने डरले स्थानीय बासिन्दा मुख खोल्न हिच्किचाउँछन् ।
यसरी हुन्छ धन्दा
भूमाफियाको निसानामा परेको छ, जनकपुर उपमहानागरपालिका वडा नम्बर ११ मा अवस्थित मानाकामना सिद्ध हनुमान मन्दिर । मन्दिरको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १ मा १ बिघा ७ कठा ९ धुर र वडा नम्बर १३ मा १७ कट्ठा १९ धुर जग्गा, जानकी मन्दिरले हनुमान मन्दिरलाई कुलौतिमा दिएको जग्गाको कुलौती तिरो तिर्दै आएको छ ।
८ माघ २०५३ मा हनुमान मन्दिरका तत्कालीन सञ्चालक समितिका अध्यक्ष मकेश्वरप्रसाद सिंहले गुठी संस्थानलाई गरेको पत्राचारमा पनि जनकपुर १० बस्ने रामदेव यादवले नम्बरी गराउन खोजेको जग्गाको हनुमान मन्दिरले तिर्दै आएको ९ मंसिर २०५३ मा तिरोको रसिदको प्रतिलिपि संलग्न गरी कारवाही गर्न गुठी संस्थानलाई पत्राचार गरेको देखिन्छ ।
त्यसपछि १२ जेष्ठ २०७१ मा हनुमान मन्दिरका सञ्चालक समितिका संयोजक चन्देश्वरप्रसाद सिंहले पुनः गुठी संस्थानलाई कारवाही गर्न पत्राचार गरेको पाइन्छ । १२ जेष्ठ २०७१ मा गुठी संस्थान शाखा कार्यालय जनकपुरले जिल्ला मालपोत कार्यालय धनुषालाई मोठ श्रेस्ता कायम गरी हनुमान मन्दिरको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाइदिन भन्दै पत्राचार गरेको थियो ।
महत्त्वपूर्ण कुरा के हो भने हनुमान मन्दिरका तत्कालीन सञ्चालक समितिका अध्यक्षहरूले श्रेस्ता कायम गर्न भनि पत्राचार गरेको जग्गामै भोलानाथ महतोले जग्गा आफ्नो नाममा मोही कायम गरी जागाधनी प्रमाण पुर्जा बनाउन गुठी संस्थानमा चलखेल गरेको पाइन्छ ।
२५ भदौ २०७१ मा जनकपुर १ बस्ने भोलानाथ महतोले गुठी संस्थानलाई जानकी मन्दिरका तत्कालीन महन्थ रामशरण दास वैष्णवले लेखिदिएको २० माघ २०४५ साल रहेको कबुलियत र जानकी मन्दिरमा तिरो तिरेको रसिदको प्रतिलिपि राखी मोही कायम गरी जग्गाधनी प्रामाण पुर्जा कायम गरी पाउँ भन्दै पत्राचार गरेका थिए । स्थानीयबासीका अनुसार त्यति बेला महतोले फर्जी तिरो रसिद र फर्जी कबुलियतनामा बनाएर जग्गा आफ्नो नाउमा रैतान नम्बरी गराउन गुठी संस्थानमा दर्ता गराए ।
नापी कार्यालय धनुषाको श्रेस्तामा भोलानाथ महतोले दाबी गरेको जनकपुर वडा नम्बर १ मा अवस्थित सीट नम्बर ५३५६०३ कित्ता नम्बर २६ र ३१ को फिल्ड बुकको कैफियतमा जानकीजी स्थानको रैती हनुमान मन्दिरका महन्थ दशरथ नन्दन दास कायम रहेको पाइन्छ ।
गुठी संस्थानको मिलेमतो
जानकी मन्दिरको श्रेस्तामा मनकामना सिद्ध हनुमान मन्दिर लेखिएको र मन्दिरले २०७४ सालसम्म तिरो तिर्दै आएको रसिद छ । त्यसपछि गुठी संस्थानले ३२ असार २०७२ मा मालपोत कार्यालयमा जग्गा दर्ता गर्ने प्रयोजनका लागि सिफारिस पठाई पाउन भन्दै हनुमान मन्दिरका सञ्चालक समिति संयोजक चन्देश्वर सिंहको माग हुँदा उक्त जग्गाको जग्गाधनीमा हनुमान मन्दिरको गुठी जनाई आवश्यक बुझी खुलाई सिफारिस पठाइदिन भन्दै जनकपुर नगरपालिकालाई पत्राचार गर्यो ।
गुठी संस्थानले पुनः १५ साउन २०७१ मा हनुमान मन्दिरको नाममा सिफारिस पठाउन नगरपालिकाको कार्यालयलाई पत्राचार गरेको पाइन्छ । त्यसपछि २७ साउन २०७१ मा जनकपुर नगरपालिकाका वडा नम्बर १ का वडा सचिव महेन्द्र यादवले हनुमान मन्दिरको भोगको जग्गा हो भनी कायम गरी सर्जमिन मुचुल्का उठाएको देखिन्छ । त्यस पछि ९ असार २०७० मा भोला महतोद्वारा नगरपालिकामा सोही जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाउँ भनी नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
त्यसपछि गुठी संस्थानले २९ भदौ २०७१ मा उक्त वडा कार्यालयलाई पत्र काटेर उक्त जग्गा कसले जोतभोग गरी आएको छ, उक्त जग्गामा सार्वजनिक ऐलानी, पार्टी, बाग, बगँैचा, मठ मन्दिर, कुवा, इनारसँग सन्धिसर्पन पर्ने जग्गा घुसी घुसाइ नाप नक्सा भएको छ छैन, निज महतोको नाममा जग्गा दर्ता हुँदा अन्य कसैको हक हनन हुने हो होइन, चार किल्ला साँध सँधियार तथा भद्र भलादमीको रोहबरमा सर्जमिन गरी सो को मुचुल्कासहित सिफारिसका लागि तत्कालीन गुठी संस्थानका कार्यालय प्रमुख राजबाबु पाण्डेले पत्राचार गरेको देखिन्छ ।
ध्यान दिनुपर्ने कुरा के हो भने यहाँ गुठी संस्थानले दोहोरो चलखेल गरेको प्रष्ट हुन्छ । किनभने एकातिर हनुमान मन्दिरको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउन सिफारिस गरिदिन नगरपालिकाको कार्यालयलाई पत्राचार गरेको देखिन्छ भने फेरि अर्कोतर्फ भोला महतोको नाममा सो जग्गा दर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा नगरपालिकाको कार्यालयलाई नसोधेर ठाडै वडा कार्यालयलाई पत्राचार गरेको देखिन्छ ।
जब कि त्यसअघि नै नगरपालिकाले हनुमान मन्दिरको नाममा सर्जमिन गरेर गुठी संस्थानमा पठाइसकेको र नेपाल सरकारको नापी विभागको फिल्ड बुकको प्रतिलिपिको कैफियतमा हनुमान मन्दिर र महन्थ दशरथ नन्द दासको नाम उल्लेख रहनुका साथै जानकी मन्दिरको श्रेस्तामा समेत हनुमान मन्दिर, दशरथ नन्द दास उल्लेख रही हालसम्म तिरो तिर्दै आएको रसिद समेतको आधारलाई छोडी भोला महतोको फर्जी कबुलियत र जानकी मन्दिरलाई फर्जी तिरो तिरेको रसिदको आधारमा गुठीले गरेको पत्राचार ठूलै रकमको लेनदेनको आधारमा गरेको हुनसक्ने देखिन्छ ।
त्यसपछि फेरि गुठी संस्थानका कार्यालय प्रमुख नवराज पौडेलले ३० भदौ २०७१ मा जानकी मन्दिरलाई पत्राचार गर्दै उक्त जग्गाको तिरो त्यहाँ महतोले बुझेको हो होइन, साविक के कुन खाला, कति क्षेत्रफल, कसको नामबाट भिडी दर्ता हुने जग्गा हो, हाल नापी अनुसार के कति क्षेत्रफलको कुतबाली बुझी लिएको हो, मठबाट खेती गर्न छुट्याइएको १५ सय बिघाभित्रको गुठी तैनाथी जग्गा हो होइन, उक्त जग्गा सार्वजनिक पर्ती, ऐलानी, बाग, बगैंचा, मठ, मन्दिर, कुवा, इनार, स्मसान घाटभित्र पर्ने, नपर्ने के हो, भोला महतोको नाममा उक्त जग्गा दर्ता हुँदा मठलाई असर पर्छ कि पर्दैन सो समेत खुलाइ पठाइदिन भनिएको छ ।
फेरि गुठी संस्थानले पुनः १६ कार्तिक २०७१ मा वडा कार्यालयलाई पत्राचार नगरेर नगरपालिकाको कार्यालयलाई पत्र लेख्दै उक्त जग्गा जानकी मन्दिर गुठीको हो कि होइन, साविकदेखि कसको जोतभोगमा रहेको छ, वडा कार्यालयलाई स्थलगत सर्जमिन मुचुल्का गर्न भनिएकोमा कुनै प्रतिक्रिया प्राप्त नभएकोले निज भोलानाथ महतोले जागा आफ्नो नाममा दर्ता गरिदिन पत्राचार गरेकाले सर्जमिन मुचुल्का गरी पठाइदिन भन्दै पत्राचार गरेको पाइन्छ ।
वडा सचिव पनि संलग्न
२१ कार्तिक २०७१ मा वडा कार्यालयका सचिव महेन्द्र यादवले पुनः सर्जमिन मुचुल्का गर्दै भोला महतोको नातागोतालाई राखेर भोला महतोको हकमा जग्गा सर्जमिन गरेर पठाएको देखिन्छ । उता फेरि नगरपालिकाले २३ कार्तिक २०७१ मा गुठी संस्थानलाई वडा कार्यालयको सर्जमिन मुचुल्का पठाएको देखिन्छ ।
३० कार्तिक २०७१ मा त्यसपछि हनुमान मन्दिरका सञ्चालक समिति संयोजक चन्देश्वर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासमा नगरपालिका कार्यालयले भोला महतोको नाममा किर्ते सर्जमिन गरेको हुनाले कारवाही को माग गर्दै उजुरी दिएको पाइन्छ ।
फेरि गुठीका उही प्रमुख नवराज पौडेलले ३० कार्तिक २०७१ मा मालपोत कार्यालय धनुषालाई पत्र काटेर कित्ता नम्बर २६ र ३१ को फाइल समेतको प्राप्त भई कारवाही हुँदा फिल्ड बुकमा जानकीजी स्थान लेखी ता पनि कैफियतमा लेखिएको दशरथ दास वैष्णव तत्कालीन मनोकामना हनुमान मन्दिएका महन्थ भएकाले यो जग्गा सोही मन्दिरको भएकाले हालजागा धनी प्रमाण पुर्जा उक्त हनुमान मन्दिरको नाममा बनाइ पठाइदिन ३० कार्तिक २०७१ मा गुठी संस्थानको निर्णय भएकाले सोहीअनुसार फाइल पठाइएको व्योहोराको पत्राचार गरिएको छ ।
मोही महल खाली राखेर जग्गाधनीमा हनुमान मन्दिरको नाम राख्ने भनेर पत्राचार गरेको देखिन्छ भने अर्कोतर्फ भोला महतोले मोही नै कायम गरी पाउँ भन्दै गुठीमा निवेदन दर्ता गरेर उसको निवेदन दर्ता खारेजी नगरेर महतोको हकमा प्रमाण जुटाउनका लागि महतोको समेत निवेदन फाइल राखेर मालपोतमा पठाएको देखिन्छ । यहाँ गुठीले सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो व्यक्ति विशेषको नाममा जग्गा सिफारिस गरिदिन सम्बन्धित निकायहरूलाई गरेको पत्राचारले पनि गुठीले ठूलै रकमको चलखेल गरेको हुने प्रसस्त आधारहरू देखिन्छन् ।
अख्तियारको हस्तक्षेपपछि मुचुल्का बदर
१० चैत २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले अत्यन्त जरुरी र गोप्य भन्दै प्रतिक्रिया उपलब्ध गराइदिन भन्दै जनकपुर उपमहानगरपालिकाको कार्यालयलाई पत्राचार गरेको पाइन्छ । उक्त पत्रमा आयोगले के सोधेको छ भने उक्त जग्गा को दुई छुट्टाछुट्टै दोहोरो हक दाबी वार्ड सर्जिमिन मुचुल्काको प्रतिलिपि यसै साथ संलग्न छ, यस सम्बन्धमा त्यस कार्यालयको प्रतिक्रिया अविलम्ब उपलब्ध गराइदिन भनिएको छ ।
त्यसपछि १३ चैत्र २०७१ मा उपमहानगरपालिकाको कार्यालयले सर्जमिन मुचुल्का निष्क्रिय बदर गरिएको भन्दै गुठी संस्थानलाई पत्राचार गरेको पाइन्छ । थप सोधखोज गर्दा, वास्तविक बुझ्दा उक्त जग्गामा भोलानाथ महतोको हक भोग चलन जोतको नभइ जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित मनोकामना सिद्ध हनुमान गुठीको साविकदेखि हालसम्म हक भोगचलन जोतमा रहेको उल्लेख छ ।
यसअघि गरिएको सर्जमिन मुचुल्का निष्क्रिय बदर गरी सो को जानकारी यथाशीघ्र सम्बन्धित निकायमा पठाइदिन भनिएको छ । २१ कार्तिक २०७१ मा गरिएको सर्जमिन मुचुल्का निष्क्रिय बदर गर्ने गरी यस कार्यालयले १३ चैत्र २०७१ मा निर्णय गरेको भन्दै उपमहानगरपालिकाको कार्यालयले गुठी संस्थानमा पत्राचार गरेको पाइन्छ ।
त्यसपछि वडा कार्यालयका सचिव महेन्द्र यादवले उक्त सर्जमिन मुचुल्का बदर भइ निष्क्रिय भएको भन्दै २६ चैत्र २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोधार्थ गर्दै उपमहानगरपालिकाको कार्यालयलाई जवाफ पेश गरेको पाइन्छ ।
ध्यान दिनुपर्ने कुरा के हो भने यसअघि आयोगले सोधखोज गर्दा जवाफ नदिएर ब्याक डेटको मितिमा सर्जमिन मुचुल्का बदर गरेर चलाखी गरेको पाइन्छ जब कि नगरपालिकाले महेन्द्र यादवको नाममा २६ चैत्र २०७१ मा जवाफ पेश गर्न भनी उक्त जग्गाको छुट्टाछुट्टै दोहोरो हकदाबी वडा सर्जमिन मुचुल्का गरेको सन्दर्भमा तीन दिनभित्र लिखित जवाफ पेश गर्नहुन जानकारी गराइन्छ भन्दै उपमहनगरपालिकाले वडा सचिवलाई पत्र काटेको प्रष्ट देखिन्छ ।
त्यसपछि २७ चैत्र २०७१ मा वडा सचिवले भोला महतोको सर्जमिन मुचुल्का बदर गरेको भन्दै उपमहानगरपालिकालाई पत्राचार गरेको छ ।
२ वैशाख २०७२ मा पुनः अख्तियारले ताकेता पत्र उपमहानगरपालिकालाई गरेको देखिन्छ । त्यसपछि २० वैशाख २०७२ मा उपमहानगरपालिकाले अख्तियारलाई आफ्नो प्रतिक्रिया पठाएको पाइन्छ । उक्त जग्गा भोलानाथ महतोको हक भोगचलन जोतको नभइ हनुमान गुठीको साविकदेखि हालसम्म जोतभोग रहेको भन्दै पत्राचार गरेको देखिन्छ ।
जग्गाको स्वामित्वमा पुनः गुठीको दाबी
त्यसपछि गुठी संस्थानका कार्यालय प्रमुख नवराज पौडेलले १९ जेठ २०७२ मा मालपोत कार्यालय धनुषालाई उक्त सर्जमिन मुचुल्का निष्क्रिय बदर गरिएको भनी पत्र मार्फत् जानकारी गराएको देखिन्छ । तर भोलानाथ महतोको निवेदनसम्बन्धी मिसिलहरू कुनै आधार नभएता पनि मन्दिर र महतोको निवेदन एकैसाथ राखी जे–जे बुझ्नु पर्ने हो बुझी कानूनबमोजिम कारवाही हुन भनी नगरपालिकाको पत्रसाथ दुवै मिसिल मालपोतमा पठाउनुले फेरि पनि गुठी संस्थानको बदनियत प्रष्ट देखिन्छ ।
१० वैशाख २०७५ मा गुठी संस्थानका अर्को कार्यालय प्रमुख मनोज शर्माले मालपोत धनुषालाई पुनः ताकेता पत्र काटेर यस कार्यालयअन्तर्गत जानकी मन्दिर छुट गुठीको लगतमा मनोकामना सिद्ध हनुमान मन्दिर दर्ता रहेको र तिरो भरो गर्दै आएको, उक्त मन्दिर तथा जग्गाको संरक्षण । संचालन समेत यस कार्यालय गुठी संस्थानको जिम्मेवारीभित्र पर्न आएकोले हनुमान मन्दिरको नाममा पुर्जी बनाइ पठाइदिन भनिएको छ ।
यहाँ विचार गर्नु पर्ने कुरा के हो भने यसअघिका गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुखहरू राजबाबु पाण्डे र नवराज पौडेलले त्यो गुठीको जग्गा भोलानाथ महतोको नाममा पुर्जा बनाइदिन हर सम्भव आधार र प्रमाण जुटाउने काम गरेको पाइन्छ भने नयाँ आएका प्रमुख मनोज शर्माले बल्ल आएर उक्त जग्गा हनुमान मन्दिरको रहेको तथा संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी गुठी संस्थानको रहेको भनिएको छ ।
अर्कोतर्फ भोलानाथ महतोले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका छन् । उक्त जग्गा आफ्नो भए पनि गुठी संस्थानले आफ्नो नाममा नगरिदिएको भन्दै गुठी संस्थान, उपमहानगरपालिकाको कार्यालय, हनुमान मन्दिर लगायतलाई विपक्षी बनाइ उत्प्रेषण मिश्रित परमादेश जारी गर्न भन्दै मुद्दा दर्ता गराएका छन् । मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
यो हनुमान मन्दिरको घटना एउटा उदाहरणस्वरूप प्रतिनिधि पात्र मात्र हो । यसरी नै जनकपुरधामका विभिन्न मठ मन्दिरका जग्गाहरू व्यक्तिको नाममा अवैध तरिकाले नम्बरी गराउने गरिएको छ ।
जनकपुरधाममा सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गएको छ । धार्मिक, ऐतिहासिक तथा पौराणिक स्थल जनकपुरधाममा विभिन्न मठ मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण हुने, व्यक्ति विशेषको नाममा निजी र रजिस्ट्रेसन गराउने खेल बढेको छ । यहाँसम्म कि त्यस्ता क्रियाकलापहरूमा सरोकारवाला निकायहरूकै मिलेमतो रहेको पाइन्छ ।
गुठी संस्थान, मठ मन्दिरका महन्थहरू, जनकपुर उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भूमिसुधार कार्यालय आदिको लापरवाही र बदनियतका कारण अर्बौं मूल्य पर्ने सम्पत्तिहरू नास हुँदै गएका छन् ।
सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी बोकेको गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम र विभिन्न मठ मन्दिरका महन्थहरू त्यसका लागि मुख्यरूपमा जिम्मेवार देखिने गरेको छ ।
ती सार्वजनिक जग्गाहरूको संरक्षण गर्नुपर्ने ठाउँमा ती व्यक्तिहरूले नै जग्गा दलाल, भूमाफियाहरूसँग ठूलो आर्थिक चलखेल गरेर त्यस्ता जग्गाहरू कौडीको दाममा व्यक्ति विशेषलाई दर्ता गरिदिने खेलहरू धेरै पहिलेदेखि भइरहेका छन् ।
जनकपुरमा यस्ता कैयौं उदाहरणहरू पाइन्छन् । ती सबै कामका लागि जिम्मेवार कोही हो भने त्यो गुठी संस्थान नै हो । करारमा कार्यालय प्रमुख बनेर आउने र त्यस्ता जग्गा बेचबिखनमा सरिक भएर लाखौं रुपैयाँ कमाएर काठमाडौं फर्किने प्रवृत्ति बनेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...