×

NMB BANK
NIC ASIA

सुर्खेत, ७ जेठ– जिल्ला प्रहरी कार्यालय  सुर्खेतले साविकको एपेक्स बैंक घोटाला प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ । 

Muktinath Bank

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक) मा हाल कार्यरत साविकको एपेक्स बैंकका तीन जना कर्मचारी पक्राउ परेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालिन एपेक्स बैंक शाखा कार्यालय सुर्खेतमा कार्यरत ३ जना कर्मचारीहरुलाई आर्थिक वित्तिय अनुशासन उलंघन गरी बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकको छानबिनबाट दोषी ठहर भएपछि एनसीसी बैंकका कयौं कर्मचारीलाईए पक्राउ गर्न सीआईबीमार्फत जिल्ला प्रहरी कार्यालयहरुलाई आग्रह गरिएको थियो ।

Vianet communication
Laxmi Bank

एपेक्स बैंक शाखा कार्यालय सुर्खेतका तत्कालिन प्रवन्धक रामप्रसाद अधिकारी, कर्जा शाखाका कर्मचारी खगेन्द्र प्रसाद कँडेल र योगेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

सिआईबीको आग्रहमा एक दर्जन बढीलाई पक्राउ गर्न सुर्खेतमा पत्र आएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको हुँदा नाम, ठेगाना खुलाउन नसकिने प्रहरी स्रोतले बताएको छ ।

उनीहरूले बैंकबाट अनियमित तबरले कर्जा प्रवाह गरी बैंक घोटाला गरेका हुन् । एपेक्स डेभलपमेन्ट बैंक अहिले अस्तित्वमा छैन । नेपाल क्रेडिट एण्ड कर्मश बैंक (एनसीसी) सँग मर्जर भएपछि यो बैंक अस्तित्वमा नरहेको हो । प्रहरीका अनुसार मर्जरको फाइदा उठाउँदैै सञ्चालक, कर्मचारी र एजेन्टको मिलेमतोमा बैंकको रकम घोटला गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुले कृतिम ऋणी खडा गरि ऋण प्रवाह गरेको खुलेको छ । भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर पनि ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले ऋण प्रवाह गर्दा साँक्षी समेत नराखेको खुलेको छ । उनीहरुले धितो निरीक्षण कर्जा निर्णय गर्दा जग्गा किनबेच, रोक्का, कर्जा तमसुक र कर्जा प्रवाह एकै दिन गरेको खुलेको छ ।

एनसीसी र एपेक्सबीच ११ मंसिर ०७२ मा मर्जरमा जाने सहमति भएको थियो । तर, मर्जर भने त्यसको बर्षदिन पछि मात्रै हुन सक्यो । बीचमा रहेको यही बर्ष दिनलाई उपयोग गरी सञ्चालक र कर्मचारीले बैंकको रकम घोटला गरेका हुन् । सिआईबीका डिएसपी श्याम ओलियाले मर्जरको फाइदा उठाउँदै एपेक्सका सञ्चालक तथा कर्मचारीले बैंक घोटला गरेको बताए । उनले भने, ‘यीनीहरुबीच ११ मंसिर ०७२ मा बैंक मर्जर गर्ने सहमति भयो । तर, बर्ष दिनसम्म बैंक मर्जर गरिएन । यहीबीच कर्मचारी र सञ्चालक मिले । त्यसपछि अनियमित रुपमा ऋण प्रवाह गरे ।’

सिआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले यो अहिलेसम्मकै ठूलो बैंक घोटाला रहेको बताए । उनले भने, ‘एपेक्स बैंकले विभिन्न ठाउँमा शाखा कार्यालय पनि खोलेको देखियो । ती शाखा कार्यालयबाट पनि घोटाला भएको पाइएको छ । सबै गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम घोटाला भएको देखिन्छ । यो बैकमार्फत गरिएको यो अहिलेसम्मकै ठुलो घोटला हो ।’

एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) का चार दर्जन अधिकृत यस अघि केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको नियन्त्रणमा लिएको थियो । बैंकमा डेढ अर्व रुपैयाँ बराबरको घोटाला गरेको आरोपमा एनसीसीका विभिन्न बैंकमा कार्यरत सीइओसहितका चार दर्जन लोन अधिकृतहरुलाई सीआईबीले नियन्त्रणमा लिएको हो ।

यसअघि एनसीसी बैंकमा मर्ज भएको नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा कार्यरत रहेका उनीहरुलाई पक्राउ परेका हुन् । उनीहरुले बैंकमो एक अर्व ३० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोपमा सीआइबीले पक्राउ गरेको हो । प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ अभियुक्त पक्राउ गरेको थियो । बैकिङ कसुरअन्तर्गत भएको यो अहिलेसम्मकै ठूलो घोटाला भएको प्रहरीको दावि छ ।

पक्राउ पर्ने तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु प्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठ हुन् । त्यस्तै पक्राउ पर्नेमा बैंक कर्मचारी पनि थिए । प्रहरीका अनुसार बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धकहरू विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर नेउपाने र कर्जा अधिकृत मोहन खरेल रहेका छन् । प्रहरीका अनुसार उनीहरूले बैंकको केन्द्रीय कार्यालयसहित शाखा कार्यालयबाट गरी कुल १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ४६ रुपैयाँ घोटाला गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x