×

NMB BANK
NIC ASIA

के छ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ?

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

‘एक जना मात्रै भोकै रह्यो भने सबैले खाएका छन् भन्न सकिन्न !’  राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शुरुमै उल्लेख गरेको वाक्यांश हो यो । 

Muktinath Bank

इतिहासकै शक्तिशाली वामपन्थी सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै निकै महत्वाकांक्षी कार्यदिशा अगाडि सारेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीति तथा कार्यक्रमले आगामी ५ वर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्ने गरी आर्थिक क्रियाकलाप गर्ने भनेको छ । 


Advertisment
Nabil box
Kumari

संविधानतः सबै नेपालीहरुलाई समान आयस्तरतिर धकेल्ने भन्दै आयमा समानता खोज्ने गरी सबैलाई सम्बृद्धीको अभियानमा संगैसँगै हिडाउँने प्रतिबद्धता सरकारले नीति तथा कार्यक्रम मार्फत अगाडि सारेको छ । 

Vianet communication
Laxmi Bank

सरकारले कृषि, उर्जा, उद्योग, यातायात, पर्यटन, सूचना प्रविधिलाई आर्थिक बृद्धिका सम्बाहकको रुपमा लिने नीति लिएको छ । 

यसअघि सरकारले जारी गरेको श्वेतपत्रले भनेको मुलुकको कठीन अवस्थाको ठोस समाधान खोजिने नीति तथा कार्यक्रमले लक्ष्य लिएको छ । 

नीतिगत अस्पष्टताका कारण विकास खर्च निकै कम हुने अवस्थाको अन्त्य गर्ने नीति अनुरुप सरकारले स्पष्ट नीतिको सुनिश्चितता नभएका योजनामा बजेट बिनियोजन नहुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  
यसैगरी अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान बढाउने, वित्तीय क्षेत्रलाई उत्पादकत्व बृद्धि लाग्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमले भनेको छ । 

चुनावअघि वामगठबन्धनलाई निकै चासोका साथ हेर्दै उतारचढाव बेहोरिरहेको पूँजीबजारलाई सम्बोधन गरेको छ ।  नीति तथा कार्यक्रमले पूँजी बजारको बिस्तार गर्दै आन्तरिक बजारको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउने व्यवस्था गर्ने भनेको छ । 

यसैगरी उपभोग र अनुत्पादक क्षेत्रमा मात्रै सिमित विप्रेषणलाई उत्पादनशीन क्षेत्रमा लगानी लगाउन प्रोत्साहन गरीने पनि नीति तथा कार्यमले भनेको छ ।  

वित्तीय क्षेत्रका नियामक निकायको क्षमतालाई बिस्तार गरी वित्तीय क्षेत्रलाई व्यवस्थित र विश्वाशीलो बनाउने सरकारी प्रतिबद्धता नीति तथा कार्यक्रममा समेटिएको छ । 

अब हरेक नेपालीले बैंक खाता खोल्दै औपचारिक बाटोबाट बजारमा चलायमान गराउने पनि नीति तथा कार्यक्रममा भनिएको छ । 

उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराइने र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ । 

यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गरिने तथा मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने छ । 

रसुवागढी– काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइने सरकारको लक्ष्य छ । यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गरिने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने कार्यक्रमसमेत प्रमुख प्राथमिकतामा राखिएको छ । 

नीति तथा कार्यक्रमले आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बर गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरणलाई प्रभावकारी बनाउने, भूमीको उत्पादकत्व बृद्धि गर्ने, उच्च मूल्यका कृषि उपजको निर्यातमा जोड र खेती, अर्गानिक नेपाल बनाइने घोषणा गरेको छ ।

यसैगरी कृषि उत्पादनमा बृद्धिका लागि मल बिउ, औषधि, उपकरण स्थानीय तहमा उपलब्ध गराउने, कृषिलाई माटो स्वास्थ्य प्रमाणपत्रउपलब्ध गराउने, कृषि बीमामा पहुँच बढाउने र उत्पादनमा विविधकरण गर्ने पनि सरकारले नीति लिएको छ । 

साना तथा मझौला जलबिद्युतमा लगानी बढाउँदै आगामी ५ वर्षमा ५ हजार मेघावाट र १० वर्षमा १० हजार मेघावाट बिद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ । 

यसैगरी केही उत्पादनमा आत्मनिर्भर बन्दै आगामी ५ वर्षमा निर्यातमुखी बन्ने गरी औषधि, छाला जुत्ता उत्पादन र सिमेन्ट उद्योगलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण सृजना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

जुट, गलैंचा र धागो उद्योगलाई विस्तार गर्ने फलाम प्रशोधन कार्य अगाडि बढाउने उल्लेख गरिएको छ । 

नीति क्षेत्रलाई सहयोग गर्ने तर सिण्डिकेट कार्टेलिंङ र मनपरीलाई कठोरताका साथ अन्त्य गर्ने सरकारले नीति लिएको छ । 

यसैगरी सरकारले सार्वजनिक खरिद तथा जग्गा प्राप्तीलाई प्रभावकारी बनाइने, सूचनामा पहुँच विस्तार, अनुगमनमा सूचनाप्रविधिको अधिकतम उपयोग पर्यटन प्रबद्र्धनका लागि प्रचाप्रसार तथा पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको छ । 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनःनिर्माण प्रक्रियालाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको छ । 

सरकारले सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासमा क्षेत्रको सफाइमा विशेष ध्यान दिने र ती क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई दण्डित गर्ने जनाएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाइने तथा पहाडी भूभाग र चुरे क्षेत्रका ताल एवं पोखरी निर्माण गरी वर्षात्को पानी संकलन गर्ने व्यवस्था मिलाइने नीतिमा जनाइएको छ । त्यस्तै वन व्यवस्थापनलाई वैज्ञानिक बनाइने, उच्च मूल्यका स्थानीय वातावरण अनुकूलनका वन, फलफूल जडीबुटी तथा कृषिजन्य वन पैदावारको खेती विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहन गर्ने नीति सरकारले प्रस्तुत गरेको छ । 

सरकारी निजी, सहकारी र सामुदायिक साझेदारीमा वन पैदावारमा आधारित उद्योग स्थापना तथा मुख्य शहरलाई हरित् शहरका रुपमा विकास गरिने वर्तमान सरकारको नीति तथा कार्यक्रम छ ।

नीति तथा कार्यक्रमलाई प्रतिपक्षी दलका नेताहरुले पनि सकारात्मक लिएका छन् । कांग्रेस नेतृ सुजाता कोइराला केही नीतिहरु बढी महात्वाकांक्षी देखिए पनि समग्रमा नीति तथा कार्यक्रम राम्रो भएको टिप्पणाी गरिन् । 

कांग्रेस नेता प्रदिप गिरी लगायतका नेताहरुले पनि समग्रमा नीति तथा कार्यक्रम प्रभावकारी नै देखिएको टिप्पणी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x