×

NMB BANK
NIC ASIA

गौतमबुद्ध विमानस्थल निर्माण एक वर्षभित्र सम्पन्न हुने, अहिलेसम्म ४० प्रतिशत काम

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ जेठ – सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख छ । 

हाल सो विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख ओम शर्माकाअनुसार विमानस्थल निर्माण प्रक्रियाले गति लिएकाले आगामी एक वर्षभित्र सकिनेछ । यस्तै धावनमार्ग, टर्मिनल भवन, टावरलगायतको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ । 

धावनमार्ग, पार्किङस्थल, टर्मिनल भवन आगामी मंसिर मसान्तभित्र सम्पन्न हुनेछ । आयोजना प्रमुख शर्माले भन्नुभयो– “आगामी असोजदेखि धावनमार्ग कालोपत्र गर्ने काम शुरु गरिनेछ, बढीमा छ महिनाभित्र धावनमार्ग कालोपत्र भइसक्नेछ ।” 

एसियाली विकास बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब रु सात अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिइएको छ । 

सरकारले सन् २०३० सम्म करिब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र सन् २०२० सम्म १५ लाख पर्यटक पु¥याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा दश लाख पर्यटक नेपाल आएका थिए । सन् २०१८ को चार महिनामा करिब चार लाख पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको हुँदा सरकारले विमानस्थल निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । 

यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य पनि राखिएको छ । सरकारको आज सार्वजनिक नीति तथा कार्यक्रममा पोखरा विमानस्थल निर्माणलाई तीव्र पारी पर्यटन प्रवद्र्धनमा योगदान दिने उल्लेख छ । 

कूल २२ अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री भएका बेला शिलान्यास गर्नुभएको थियो । सो विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग एक हजार २०० मिटर लामो ट्याक्सी पार्किङ स्थल, दश हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन् । 

चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण शुरु गरेको चार वर्षभित्रमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सो विमानस्थल अत्यन्तै महत्वपूर्ण हुनेछ । 

सरकारको प्रतिबद्धताअनुसार तोकिएको समयमा विमानस्थल निर्माण कार्य सम्पन्न गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विशेष जोड दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले निर्माणाधीन विमानस्थलको कामलाई तोकिएको समयमा पूरा गराउन प्राधिकरण लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय लक्ष्य पूरा गर्न र सरकारको सोचलाई पूरा गराउन प्राधिकरणले हदैसम्मको प्रयास गर्दछ ।” 

यस्तै बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सो विमानस्थल कुन ढाँचामा निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयभित्रै आवश्यक निर्णय गर्ने जनाएको छ । 

हाल नेपाली सेनाले सो विमानस्थलको चार किल्ला घेर्ने, निर्माणस्थलको सुरक्षा, रुख कटानलगायतको काम अगाडि बढाएको छ । लामो समयदेखि कुन ढाँचामा विमानस्थल निर्माण गर्ने भन्ने विषयमा कुरा नमिल्दा विमानस्थल निर्माण प्रक्रियाले गति लिन सकेको थिएन । सरकारले नीति तथा कार्यक्रममा नै सो विमानस्थल निर्माण कार्यलाई गति दिने विषय समावेश गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र, हवाई मार्ग र विमानस्थलको पुनः संरचना, स्तरवृद्धि र विस्तार गर्ने विषय समेत सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै सञ्चालनमा रहेका आन्तरिक विमानस्थलको स्तरवृद्धि र धावनमार्ग सुधार तथा विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ । 

नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित र प्रभावकारी बनाउन उच्चतम् प्रविधिको प्रयोग गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । 

सरकारले पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने नीति लिएको सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ । –रमेश लम्साल÷सिबी अधिकारी/रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x