×

NMB BANK
NIC ASIA

विवादबीच भेनेजुयलाको राष्ट्रपतिमा मडुरोको सानदार जीत

जेठ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 भेनेजुयला, ७ जेठ - भेनेजुयलाका राष्ट्रपति आगामी छ वर्षका लागि अनुमोदित हुनुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भेनेजुयलाको निर्वाचन अधिकारीले भनेका छन्, निर्वाचनमा मडुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पूर्व सैनिक अधिकारीसमेत रहेका उहाँका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ । हामी इतिहासमा लगातार रूपमा अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति ठहरिन पुगेका छौँ,” शानदार विजयपछि विजय उत्सव मनाउन भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा मडुरोले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

यद्यपि भेनेजुयलाको इतिहासमा निर्वाचनमा अनुपस्थित रहनेको दर सबैभन्दा धेरै ५२ प्रतिशत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनमा भेनेजुयलाको प्रमुख विपक्षी दलहरूको गठबन्धन, डेमोक्रेटिक यूनिटी राउण्डटेबलले मतदानलाई सत्ताधारी दलको तमासा भन्दै बहिस्कार गरेको थियो । 

Vianet communication
Laxmi Bank

यसैबीच निर्वाचनबाट आगामी छ वर्षका लागि राष्ट्रपतिमा अनुमोदित भएपनि मडुरोमाथि दवाव सिर्जना गर्दै लिमा समूहका अर्जेन्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुयलाबाट फिर्ता बोलाएका छन् । निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा गरेका छन् । अमेरिका, क्यानडा, यूरोपेली यूनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने बताएका छन् । 

ल्याटिन अमेरिकामा भेनेजुयलालाई लिमा समूहका मुलुकले एक्लाएका कारण भेनेजुयलाको अर्थतन्त्रमा इतिहासकै सवैभन्दा कडा सङ्कट आएको बताउने गरिन्छ । भेनेजुयलामा राष्ट्रपति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै लामो समय आन्दोलनरत समूह निर्वाचनमा सहभागी भएको थिएन । 

मडुरोको विरोधीहरूले भेनेजुयलामा मानवीय तथा राजनीतिक सङ्कट गहिरिएको बताउँदै आएका छन् । उनीहरूले मडुरोको जीतपछि भेनेजुयलामा प्रजातान्त्रिक मुल्य मान्यताकोे हार भएको ठहर गरेका छन् । मडुरोले विधिको शासन, राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ । 

मडुरोले सन् २०१३ देखि ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हाल्नुभएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x