×

NMB BANK
NIC ASIA

'चामललाई मात्र खाद्यान्न हो भन्ने बुझ्ने मानसिकता त्याग्नुपर्छ' - मन्त्री बस्नेत

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाण्डौं, ८ जेठ 

Muktinath Bank

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा प्रचारमा ल्याउने गरिएजस्तो खाद्यान्न संकटको भयावह अवस्था नरेहको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


मन्त्री बस्नेतले अथाह प्राकृतिक स्रोत र अन्न भण्डारको खानी कर्णालीबारे भ्रम फैलाइएको उल्लेख गरे । धान उत्पादन कमै हुने भए पनि मकै, कोदो, फापर, आलु उत्पादनका लागि अन्य प्रदेशको तुलनमा  कर्णाली अब्बल भएको उनको भनाइ थियो । आफ्नै ठाउँमा उत्पादिन खाद्यान्नको महत्व सर्वसाधारणलाई बुझाउन सकिए खाद्य अभाव नहुने मन्त्री बस्नेतले बताए  ।


Advertisment
Nabil box
Kumari

‘कर्णालीमा उत्पादन हुने कोदो, फापर र आलुका परिकार राजधानीका होटल र रेष्टुराँमा फेमश छन्’, ‘वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)' बीच जलबायु परिवर्तनका असरबाट जोखिममा परेका समुदायको खाद्य सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा उनले भने, ‘म कर्णाली प्रदेशबाटै निर्वाचित सांसद हुँ । चामललाई मात्र खाद्यान्न हो भन्ने बुझ्ने मानसिकता त्याग्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

मन्त्री बस्नेतले कर्णालीको जुम्ला जिल्लामा भएका प्राकृतिक स्रोत साधनको समुचित उपयोग गर्दा मात्रै सिंगो नेपालको न्यूनतम आवश्यकता परिपूर्ति हुने चर्चा पनि गरेका थिए । कर्णालीका अथाह स्रोत साधनलाई बहुआयामिक उपयोग र परिचालनमार्फत खाद्य संकट समाधान गरिने विश्वास उनले प्रकट गरे ।  

सम्झौतामा मन्त्रालयका तर्फबाट सहसचिव डा. रामप्रसाद लम्साल र डब्लुएफपीकी नेपाल प्रतिनिधि पिप्पा ब्राडफोर्डले हस्ताक्षर गरेका थिए । चार वर्षमा सम्पन्न हुने उक्त आयोजना मुगु, कालिकोट र जुम्लाका साबिकका २२ वटा गाउँविकास समिति र हालका ७ गाउँपालिकामा लागू हुने छ । आयोजनाको कुल लागत रकम एक अर्ब रुपैयाँ छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र डब्लुएफपीकी प्रतिनिधि ब्राडफोर्डले कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रमले जलबायु परिवर्तनको असरबाट जोखिममा परेका समुदायको खाद्य सुरक्षा र जीवनस्तर सुदृढीकरण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका सथै जोखिममा परेको समुदायको सहायता गर्ने उद्येश्य राखेको छ  । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x