×

NMB BANK
NIC ASIA

कर्नाटकमा अझै पनि सरकार बनाउने दाउमा भाजपा

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ जेठ – भारतको कर्नाटक राज्यमा बहुमत जुटाउन नसकेको भारतीय जनता पार्टीले अझै पनि सरकार बनाउने आशा छोडेको छैन । 

बुधवार कांग्रेस र जेडीएस मिलेर सरकार बनाउन लागेका छन् । एचडी कुमारास्वामी यो सरकारका प्रमुख हुनेछन् । 

यति सबै हुँदा पनि भाजपाले विपक्षी गुटका विधायकहरूमा सम्प्रदाय, लिंगायत तथा आदिवासीको खेल खेलिरहेको छ । कांग्रेस र जेडीएसलाई यसले गर्दा डर लागेको छ र उनीहरू विधायकहरूलाई सम्झाइबुझाइ गरिरहेका छन् । 

नयाँ सरकार गठन भएपछि पनि कर्नाटकको नाटक जारी रहन सक्ने बताइएको छ । भाजपाका अध्यक्ष अमित शाह अझै पनि कांग्रेसलाई झड्का दिन सक्ने विश्वास गर्छन् । 

शाहले सोमवार कांग्रेस जेडीएसका विधायकहरूलाई नजरबन्द गरिएकोमा व्यंग्य कस्दै भने, ‘होटेलका कोठामा बन्द गरिएका विधायकहरूलाई अहिल्यै छोडियो भने पनि कांग्रेस जेडीएसले बहुमत जुटाउन सक्दैनन् ।’

कुमारास्वामीको सरकारका कर्नाटक कांग्रेसका प्रमुख जी परमेश्वरा उपमुख्यमन्त्री बन्न सक्छन् । परमेश्वरा दलित समुदायका हुन् । उता भाजपा चाहिँ लिंगायतलाई उपमुख्यमन्त्री बनाउने सिद्धान्त पेश गरिरहेको छ । 

कांग्रेसमा सबभन्दा धेरै लिंगायत विधायक छन् । सोह्र विधायक लिंगायत छन् भने वोक्कालिगा समुदायबाट ११ विधायक छन् । मन्त्रिमण्डलमा मुसलमानहरूलाई पनि प्रतिनिधित्व गराउने सम्भावना छ । कांग्रेसमा सात विधायक मुसलमान छन् ।

कुमारास्वामी पनि भाजपाले खेल खेल्ने सम्भावना रहेको स्वीकार्छन् । उनले भने, ‘भाजपाले जे पनि गर्न सक्छ तर हामी बहुमत परीक्षण जितेर सरकार बनाउनेछौं ।’

तर उनले मन्त्रिमण्डल गठनको बारेमा केही पनि बोल्न मानेनन् । दुई उपमुख्यमन्त्रीका विषयमा दबाब रहेको चाहिँ उनले स्वीकारे ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x