×

NMB BANK
NIC ASIA

सन्दीपको घर खोज्दै आउनेको घुइँचो, दंग छन् बाबुआमा

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, ८ जेठ – इण्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । 

Muktinath Bank

पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको प्रदर्शन हेरेसँगै धेरैको चासो उनको परिवारसम्म पुग्यो । आफ्नो सन्तानको सफलतामा परिवार पनि निकै प्रसन्न हुनु स्वभाविकै हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार साँझ आइपीएलको अन्तिम खेलमा मुम्बई इण्डियनविरुद्ध लामिछानेले तीन विकेट लिएपछि अझै उनको चर्चा बढेको छ । उनले खेल क्षेत्रमा गरेको प्रगतिप्रति उनका बुबाआमा दंग परेका छन् । सन्दीपका बुबा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने निकै खुशी भएका छन् ।


Advertisment
Nabil box
Kumari

“छोराले खेलकुदका क्षेत्रमा निकै ठूलो प्रगति गरेको देखेर दंग छौँ,” बुबा चन्द्रनारायणले भने । सानैदेखि खेलप्रति रुची राख्ने सन्दीपले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न लागेको उनले बताए । सन्दीपले पाएको सफलताको विषयमा कुरा उठाउँदा भारतीय रेल्वेसेवामा ३८ वर्ष सेवा गरेर फर्किनुभएका चन्द्रनारायणले सन्दीपको सफलता र खुशीले गर्व लागेको बताए ।

Vianet communication
Laxmi Bank

आइपीएलमा पाएको सफलताले सन्दीप अब देशकै छोरा भएको भन्दै भावुक हुँदै चन्द्रनारायणले भने, “छोरा हामीले पाएका हौँ, तर पनि सन्दीप नेपाल आमाकै छोरा बनेको छ, मैले मेरो मात्रै छोरा भन्न अब पाइनँ ।”

आफू पनि रेल्बे सेवामा काम गरेका कारण पढ्ने समयमा सन्दीपले निकै सम्झाएको स्मरण गर्दै उनले भने, “खेलप्रति मेरो लगावको मूल्यांकन हुनेछ र म नेपालबाटै खेल खेल्नेछु, तपाईहरुको नैतिक, भौतिक र आर्थिक सबै सहयोग चाहिन्छ ।” 

लामिछाने परिवारले सन्दीपले यति छोटो समयमा यति ठूलो प्रगति गर्न सक्छ भन्ने सोचेको पनि थिएन । लामिछानेले आइपीएलमा गरेको उत्कृृष्ट प्रदर्शनले तीन करोडभन्दा बढी नेपाली, सारा विश्वभरका क्रिकेटप्रेमीका बीचमा सन्दीपले देश चिनाएकोमा आफूलाई गर्व लागेको उनले बताए ।

आफ्नो चाहना इञ्जिनियर बनाउने भएपनि छोराको क्रिकेटमोह देखेर खुल्ला छोडेको बताउँदै उनले भने- “अहिले त्यही स्वतन्त्रताले मेरो छाती फुलेको छ ।” सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपका बारेमा सोधीखोजी गर्दै घरसम्म आउनेको संख्या बढ्दै गएको उनले बताए । आइपीएलमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । 

सन्दीपले प्रतियोगिताको अन्तिम तीनखेल मात्र खेल्न पाउँदा बुबा चन्द्रनारायणलाई पनि केही ढिला खेलाएको अनुभूति भएको छ । बुबा चन्द्रनारायणले भने, “सायद सन्दीपलाई पत्याएनन् होला, तर मौका आउँदा उसले आफ्नो क्षमता प्रदर्शन गरेरै देखायो ।” 

अन्तिम खेल खेल्नुअघि आइतबार बिहान ११ बजेतिर सन्दीपले बुबासँग कुरा गरेका थिए । “आज म्याच छ भन्यो, हालखबर सोध्यो अरु खासै कुरा भएन,” बुबा चन्द्रनारायणले भने । सन्दीप आगामी मे ३१ मा लर्डसमा हुने विश्व ११ का तर्फबाट खेल्नेछन् । वेष्ट इण्डिजविरुद्ध हुने खेलमा उनले विश्व चर्चित खेलाडीसँग खेल्न पाउनेछन् । नेपाल आएर बेलायत जाने तयारी रहेको सन्दीपको परिवारले जनाएको छ । 

सन्दीप लामिछानेको जन्म स्याङ्जा जिल्लाको आरुचौर हाल अर्जुनचौपारी गाउँपालिकामा भएको हो । चन्द्रनारायणका पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्, सन्दीप ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x