×

NMB BANK
NIC ASIA

रानाथारुलाई सूचीकरण गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन

जेठ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ८ जेठ– रानाथारु जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । 

Muktinath Bank

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित सांसद नारदमुनि रानालगायत ३६ जनाको डेलिगेशन टोलीले आज प्रधानमन्त्री ओलीलाई चार बुँदे ज्ञापन बुझाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारसंग भएको सहमतिअनुसार, आदिवासी जनजातिको सुचीमा रानाथारु जातिलाई अविलम्ब सुचिकृत गर्नुपर्ने माग गरिएको छ । २०६९ जेठ १४ गते रानाथारु संघर्ष समिति र सरकारबीच सुचिकरणको विषयमा भएको सहमति अनुसार सुचिकरण गर्नुपर्ने माग गरेको सांसद नारदमुनि रानाले जनाए ।


Advertisment
Nabil box
Kumari

साथै उक्त ज्ञापनपत्रमा सार्वजनिक सेवाहरु तथा राज्यका निकायहरुमा रानाथारुलाई जनसंख्याको आधारमा प्रतिनिधित्व गराउनुपर्ने, रानाथारु समुदायको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक विकासको लागि राज्य विशेष कार्यक्रम ल्याउनुपर्ने र रानाथारु समुदायबाट हालसम्म डाक्टर, इन्जीनियर लगायत प्राविधिक उच्च शिक्षा आर्जन गर्न नसकेकोले अलग्गै छात्रबृति कोटाको व्यवस्था राज्यले गर्नुपर्ने माग गरिएको छ ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझाउन पुगेको टोलीलाई सुचिकरणको लागि पहल गर्ने आश्वासन दिए ।

डेलिगेसन टोलीमा पूर्व सभासद कृपाराम राना, पुरन रानाथारु, नोपाल रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष शिवराज राना, अनेरास्ववियु थारु विद्यार्थी राष्ट्रिय कमिटी अध्यक्ष कमल सिंह राना, समाजका केन्द्रीय सचिव नन्दकुमार राना, समाजका केन्द्रीय सदस्य सन्तकला राना, समाजका कञ्चनपुर अध्यक्ष प्रकाश राना, रानाथारु संघर्ष समितिका अध्यक्ष सागर राना, राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका सचिव भानुप्रताप रानालगायतको टोली राजधानी पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x