×

NMB BANK
NIC ASIA

मुख्य समाचार : सुन तस्करी र हत्या प्रकरण-२८ जना थुनामा, रानीपोखरीको कङ्क्रिट हटाउन चार निवेदन

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ जेठ– मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराधको अभियोग लागेका २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । सुन तस्करी र मोरङका सनम शाक्य प्रकरणमा पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नारायण प्रसाद शर्माको ईजलाशले एसएसपी श्याम खत्रीका ड्राईभर बिष्णु बहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मर बहादुर थापा मगरलाई साधारण तारेखमा छाडेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा पुर्पुक्षका लागि थुनामा जानेमा प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला,  डीएसपी  प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल छन् ।  


Advertisment
Nabil box
Kumari

यस्तै साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका विमानस्थलका कर्मचारीहरु थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारु पनि पुर्पक्षका लागि जेल चलान भएका छन् । 

Vianet communication
Laxmi Bank

यस्तै सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु एमके भनिने मोहनकुमार अग्रवाल, भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य पनि जेल चलान भएका छन् ।  सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादी  मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई पनि मुद्दाको पुर्पुक्षका लागि जेल चलान गरिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते पक्राउ परेका ३० जना र फरार ३३ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध निवारण ऐनसहित कर्तव्य जान, अवैध चोरी पैठारी, अपहरण तथा शरीर बन्धक र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । 

सरकारी वकिलको अभियोग पत्रमा मुख्य अभियुक्त बनाइएका सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके चूडामणि उप्रेती (गोरे) मंगलवार मात्रै पक्राउ परेका छन् । उनलाई मंगलवार नै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । 

नेकपाको कार्यदल
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको दलको बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रका संसदीय दल एकीकरणपछि विधान बनाउन कार्यदल गठन भएको हो ।

कार्यदलले १५ दिनभित्र विधान मस्यौदा बुझाउनेछ । संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा छुटेका कतिपय विषयमा विज्ञताका आधारमा सांसदहरुले संसदमा सरकारलाई सुझाव दिन सक्ने बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टको बहुमतको सरकारलाई राम्रो काम गर्ने बाहेक अरु छुट नरहेको स्पष्ट पारे ।

सूचक सम्बोधन नगरेप्रति काँग्रेसको ध्यानाकर्षण
नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ । 

सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर आगनमा सरकारको सेवा र सुविधा पु¥याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ । 

रानीपोखरीको कङ्क्रिट हटाउन चार निवेदन
रानीपोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट हटाउन चार वटा निवेदन पेश भएको छ ।  काठमाडौँ महानगरपालिकाले गत वैशाख २२ गते यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट हटाउन बोलपत्र आह्वान गरेको थियो । 

माग गरिएको समयानुसार आइतबार समय सकिसकेको छ । चार निवेदनमध्येबाट कामपाले भनेअनुसार कम मूल्यमा जसले काम गर्न निवेदन पेश गरेको छ, उसैलाई छनोट गरिने कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

बुधबारसम्म कसलाई भत्काउनका लािग जिम्मा दिने भन्नेबारे मूल्याङ्कन समितिले छनोट गरिसक्ने छ ।  

प्रदेश नं ४ को वर्षे अधिवेशन जेठ १६ बाट
प्रदेश नं ४ प्रदेश सभाको वर्षे अधिवेशन यही जेठको १६ गते बुधबार दिनको ४ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिशअनुसार प्रदेश प्रमुख बाबुराम कुँवरले सो बैठकको आह्वान गरेका हुन् ।

अधिवेशनले विशेषगरी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेट ल्याउने प्रदेश प्रमुखको कार्यालयका सचिव देवी ज्ञवालीले जानकारी दिए । अनुसार संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ ।

राष्ट्रकवि घिमिरलेलाई थप उपचारका लागि भारत लैजाने
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि बुधबार भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । 

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् । गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका हुन् ।

विराटनगरस्थित फिल्ड अफिस बन्द
भारतीय दुतावास मातहत रहेको विराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने निर्णय भारत सरकारले गरेको छ । २०६५ सालमा कोशी तटबन्ध भत्किएपछि उद्योग, व्यापार सहजीकरणका लागि भन्दै सो कार्यालय स्थापना गरिएको थियो । 

कार्यालय बन्द गर्न नेपाल सरकारले कुटनीतिक पहल जारी राखेको थियो । फिल्ड अफिस स्थापनाको उदेश्य पुरा भएकाले बन्द गर्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

क्यासिनोमा छापा, दुई पक्राउ
राजधानीस्थित महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 

गैरकानूनी रुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको सातवटा क्यासिनोमा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो । 

आईपीएल खेलेर स्वदेश फर्किए सन्दीप
नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएलमा सहभागी भएर मंगलबार नेपाल फर्किएका छन् । दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि करिब डेढ महिनाअघि दिल्ली गएका सन्दीप आईपीएलमा दिल्लीको खेल सम्पन्न भएपछि स्वदेश फर्किएका हुन् ।

सन्दीपलाई स्वागत गर्न नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित समर्थकहरू त्रिभुवन विमानस्थल पुगेका थिए । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग सन्दीपले आफूले आईपीएलमा धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

अन्तिमका तीन खेलमा खेल्ने मौका पाएर सानदार प्रदर्शन गरेका लामिछानेले नेपाली क्रिकेटका पदाधिकारीहरु जिम्मेवार हुनुपर्ने र खेललाई गति दिनुपर्ने पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x