×

NMB BANK
NIC ASIA

जनकपुरधाम, ९ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीका क्रममा भएको खर्च प्रदेश सरकारले हालसम्म सार्वजनिक गर्न सकेको छैन । गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आएर फर्किएको एक साताभन्दा बढी भइसक्दा पनि प्रदेश सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न सकेको छैन ।

Muktinath Bank

प्रदेश सरकारले उक्त भ्रमणको व्यवस्थापन तथा संयोजनको जिम्मेवारी लिएको थियो । त्यसका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २ हजार ६ सय सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो भने सरकारका विभिन्न मन्त्रीहरू संयोजक रहने गरी विभिन्न उपसमितिहरू पनि गठन गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा १० सदस्यीय मञ्च व्यवस्थापन समिति, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको संयोजकत्वमा ६ सदस्यीय अर्थ व्यवस्थापन समिति, सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा ५ सदस्यीय सरसफाइ तथा स्वागतद्वार समिति, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहको संयोजकत्वमा ११ सदस्यीय जनपरिचालन समिति, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ५ सदस्यीय सुरक्षा समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवको संयोजकत्वमा १३ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको थियो । ती सबै समितिहरूमा सम्बन्धित मन्त्रालयका सचिवहरू सदस्य सचिव रहेका थिए ।


Advertisment
Nabil box
Kumari

मोदी भ्रमणको सन्दर्भमा कति खर्च भयो भनेर आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँ अनभिज्ञ छ । ‘अर्थ व्यवस्थापन समिति बनेको भए पनि खर्च कति भयो भन्ने बिल हालसम्म हाम्रो मन्त्रालयसम्म आइपुगेको छैन,’ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णु केसीले लोकान्तरसँग भने, ‘मोदी भ्रमणका लागि भनेर हाम्रो मन्त्रालयबाट कुनै पनि निकासा भएको छैन । तत्काल अत्यावश्यक कामका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खर्च गरिने र पछि संघीय सरकारले उक्त रकम निकासा गरेपछि सोध भर्ना गरिने मन्त्रिपरिषद्ुको बैठकबाट निर्णय भएकाले खर्च गरिएको रकम उतैबाट प्राप्त गर्न सकिन्छ ।’

Vianet communication
Laxmi Bank

उनका अनुसार शुरुवातमै मन्त्रालयहरूको कार्यालय स्थापना गर्दा संघीय सरकारले मुख्यमन्त्रीको कार्यालयलाई प्रदान गरेको तत्कालीन ५ करोड रुपैयाँबाट खर्च गर्न भनिएको छ । बाँकी सबै मन्त्रालयहरूले आ–आफ्नो मन्त्रालयका बजेटबाट खर्च गरेर पछि सोध भर्ना गर्ने गरी खर्च गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हरिप्रसाद फुयाँलले पनि मोदीको भ्रमणका क्रममा कति रकम खर्च गरिएको भन्ने विषयमा एकिन गर्न नसकिएको बताएका छन् । विभिन्न मन्त्रालयहरूले गरेको खर्चको बिल बनाउँदैछन्, केही दिनमा त्यो रकम बारे एकिन हुनेछ, सचिव फुयाँलले लोकान्तरसँग भने ।

सात करोडभन्दा बढी रकम खर्च गरेको भनेर प्रदेश सरकारले संघीय सरकारसँग खर्चको रकम माग गरेको भन्ने हल्लाबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका कानून सचिव पुष्कर सापकोटाले भने, ‘त्यो त खर्च गर्नुभन्दा पहिले नै संघीय सरकारसँग यति खर्च लाग्न सक्ने भनेर अनुमानित रकम मागेको हो । तर, त्यो वास्तविक खर्च रकम भने होइन, खर्च रकम एकिन भएपछि संघीय सरकारसँग निकासा माग गरिनेछ ।’

प्रदेश सरकारले गरेको खर्चमा व्यापक अनियमितता भएको तथा विभिन्न मन्त्रीले फर्जी बिलसमेत बनाउन लागेको भनेर बजारमा हल्ला मात्र चलेको छैन, खर्चको रकमा व्यापक अनियमितता भएको भन्दै सत्ता साझेदार दलहरू संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच भित्र भित्रै विवाद समेत उत्पन्न भएको एक सांसदले लोकान्तरलाई बताए । खर्च रकममा अनियमितता भएको भनेर राजपा नेपालकी सांसद डिम्पल झाले प्रश्न उठाएपछि सरकारमा सहभागी फोरमका केही मन्त्रीले उनलाई दुव्र्यवहार समेत गरेको कुरा बाहिर आएको छ ।

सुशासन आफ्नो प्रमुख प्राथमिकता रहेको भनेर दाबी गरिरहेको प्रदेश सरकारले हालसम्म उक्त खर्चको रकम सार्वजनिक नगर्दा प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध लिएको उसकै संकल्पप्रति पनि प्रश्न उठ्न थालेको छ ।

मोदी भ्रमणकै तयारीका लागि जनकपुर उपमहानगरपालिकाले पनि करोडौं रकम खर्च गरेको बताइएको छ । तर मेयर लालकिशोर साहले पनि खर्च रकम सार्वजनिक गर्न सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x