×

NMB BANK
NIC ASIA

सी चिनफिङको मार्क्सवाद मोह, पश्चिममा छायो त्रास !

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

स्टिभन जियाङ 

चीनका सर्वाधिक शक्तिशाली नेताका रूपमा उदाएका राष्ट्रपति सी चिनफिङ धनी तथा उदीयमान चीनमा कार्ल मार्क्सका दार्शनिक विचार किन अँगालिरहेका छन् ? 

मार्क्सको २००औं जन्मजयन्ती मनाउने क्रममा चीनमा अस्वाभाविक रूपमा उच्चतहका कार्यक्रम आयोजना गरिएपछि यो प्रश्न उठेको हो । 

जर्मन दार्शनिक मार्क्सले पूँजीवादका जोखिम तथा कामदारहरूका अधिकारका विषयमा प्रतिपादन गरेको राजनीतिक सिद्धान्त कम्युनिस्ट चीनको विचारधारात्मक आधारशिलाका रूपमा रहेको छ । 

मे महिनाको शुरुतिर एक हप्ता लामो समारोहमा अनिवार्य अध्ययन सत्र राखिएको थियो । सीको नेतृत्वमा देशका वरिष्ठ अधिकारीहरूका लागि कम्युनिस्ट म्यानिफेस्टो वाचन गरियो । 

‘मार्क्स सही थिए’ भन्ने शीर्षकमा बनाइएको पाँच शृंखलाको शैक्षिक कार्यक्रम चीनभरि टीभीमार्फत प्रसारण गरिएको थियो । जर्मनीमा बेइजिङले मार्क्सको गृहनगर ट्रायरमा विशाल मूर्ति उपहार दिएको थियो ।

चीनले पूँजीवादको रक्षकका रूपमा विश्वसामु छवि पेश गरिरहेको सन्दर्भमा चिनियाँ सरकारले मार्क्सवादलाई अघि बढाइरहेको छ । राष्ट्रपति सीले अन्तर्राष्ट्रिय आर्थिक मञ्चहरूमा दिएका उच्चतहका भाषणमा पनि पूँजीवादलाई प्रतिरक्षा गरेका छन् । 
 

Sagarmatha Cement
Muktinath Bank

बेइजिङका समारोहहरूलाई टुंग्याउँदै देशका प्रमुख विचारक वाङ हुनिङले सी चिनफिङ विचारधारालाई २१औं शताब्दीको मार्क्सवाद संज्ञा दिए । 

सी र मार्क्सबीचको तुलनाले केही चीनविज्ञहरूलाई आश्चर्यचकित बनायो । 

‘त्यो चाहिँ अलि बढी नै भयो,’ क्यानाडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयमा एसियाली अनुसन्धान संस्थानमा वरिष्ठ फेलोका रूपमा रहेका वेनरान जियाङ बताउँछन् । 

पार्टी र राष्ट्रलाई एकजुट बनाउनका लागि मार्क्सवाद चीनका कम्युनिस्ट शासकहरूको ‘महत्त्वपूर्ण साधन’ भएपनि सी र उनका समर्थकहरूले चीनको उदयको फरक कथानक प्रस्तुत गर्नका लागि यसलाई प्रयोग गरेको जियाङ बताउँछन् । 

‘उनीहरू चीनको सफलता पूँजीवादमा गएको भएर प्राप्त भएको होइन भनिरहेका छन्,’ उनले भने । ‘यो सफलता एकदलबाट नियन्त्रित प्रक्रियाबाट अर्थतन्त्रलाई विकसित गर्दै, भ्रष्टाचारविरुद्ध लड्दै तथा न्यायपूर्ण समाज बनाउँदै प्राप्त भएको हो अनि १९औं शताब्दीमा यिनीहरू नै मूल मार्क्सवादी आदर्श हुन् ।’

‘उनीहरू आर्थिक रूपमा मात्र नभई सैद्धान्तिक र विचारधारात्मक रूपमा एक वैकल्पिक विकास नमूना प्रस्तुत गर्न खोजिरहेका छन् ।’

विज्ञहरूका अनुसार, मार्क्सको जन्मजयन्तीका अवसरमा चीनमा गरिएका गतिविधि मजदूर वर्गको क्रान्तिमार्फत पूँजीवादलाई उल्ट्याउने मार्क्सको लक्ष्यलाई अघि बढाउनका लागि थिएनन्, न त निजी सम्पत्तिको अन्त्यका लागि नै । 

पश्चिमी उदारवादी लोकतन्त्रहरू अस्तव्यस्त भइरहेको समयमा सीले चीनमा दृष्टिकोण दिएको तथा कार्यान्वयन गरेको ‘समाजवाद’ को प्रकारलाई जन्मजयन्तीमा प्रदर्शन गरिएको विज्ञहरूको भनाइ छ । त्यही समाजवादले चीनलाई
विश्वको दोस्रो ठूलो अर्थतन्त्र र तीव्र गतिमा उदीयमान महाशक्ति बनाएको छ । 

मे महिनाको ४ तारिखमा बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा गरेको लामो सम्बोधनमा सीले मार्क्सवाद अमोघ रहेको बताउँदै यसलाई चिनियाँ वास्तविकतामा ढाल्ने प्रतिज्ञा गर्दा बेस्सरी ताली बजेको थियो । 

‘सी अत्यन्तै महत्त्वाकांक्षी छन्,’ न्युयोर्कमा रहेको मिरर मिडिया ग्रूपका संस्थापक तथा प्रमुख कार्यकारी पिन हो बताउँछन् । यो ग्रूपले चिनियाँ राजनीतिका बारेमा धेरै प्रकाशनहरू गरेको छ ।

‘उनले विश्वव्यापी नेतृत्वको अवसर देखेका छन् र विश्व व्यवस्थाका लागि नयाँ नियम लेखिरहँदा एक सैद्धान्तिक आधारशिलाको खोजी गरिरहेका छन् तर स्तब्ध बनाउने गरी उनले यसका लागि मार्क्सवाद छाने,’ हो बताउँछन् । 

पूर्वी सोभियत संघ अनि सन् १९७० को दशकमा आर्थिक सुधार गर्नुअघि चीनमा अभ्यास गरिएको मार्क्सवादको प्रारूप संसारका धेरै भागमा त्यागिसकिएको हो र जियाङ दुवै बताउँछन् । 

तर सीको नेतृत्वमा अर्थतन्त्रमाथि राज्यको बढ्दो भूमिकाका संकेतहरू देखिन थालेका छन् र यो सोभियतप्रेरित कम्युनिस्ट चीनका प्रारम्भिक दिनकै जस्तो देखिन्छ । 

सरकारले निजी व्यापारमा थप दाबी गर्ने योजना बनाएको छ भने उत्पादन क्षेत्रलाई स्तरोन्नति गर्नका लागि एक महत्त्वाकांक्षी पहलकदमी शुरु गरेको छ । यो पछिल्लो योजना नै अमेरिका–चीन व्यापार युद्धको केन्द्रमा छ । 

लोकरञ्जनवादी नेताहरूको निर्वाचन विजयपछि पश्चिममा भौगोलिकीकरणविरुद्ध वातावरण बन्दै जाँदा सीले सार्वजनिक रूपमा ‘खुला व्यापार’ लाई समर्थन गरे । डाभोसमा विश्व आर्थिक मञ्चमा सन् २०१७ मा दिएको भाषणमा उनले
खुला व्यापारलाई समर्थन गर्दा पूँजीवादको केन्द्रीय अवधारणाको प्रतिरक्षक भएका हुन् कि जस्तो देखिन्थ्यो । तर धेरै चीन विश्लेषकहरूले यसलाई खारेज गरेका छन् । 

‘चीनको खुला व्यापार पश्चिममा भएको भन्दा बिल्कुलै फरक छ,’ हो भन्छन् । ‘खुला व्यापार पूँजी र सूचनाको स्वतन्त्र प्रवाह अनि विधिको शासनमा आधारित छ तर चीनसँग दुवै छैन । चीनको खुला व्यापार भनेको आफूवरिपरि
एउटा पर्खाल उभ्याउनु अनि अरू देशका स्वतन्त्रताबाट फाइदा लिनुमा अडेको छ,’ उनले भने ।

मजदूरको अवस्था तथा सामाजिक असमानता जस्ता पूँजीवादका निश्चित पक्षमाथि मार्क्सले गरेको आलोचनाको वैधता चीनमा अहिले पनि प्रमुख मुद्दाको रूपमा रहेको छ जबकि सीको प्रिय शब्दावली भनेको ‘पार्टीको मूल
आकांक्षालाई सम्झिने’ हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१२ को अन्त्यतिर सत्तामा आएदेखि सीले संसारको सबभन्दा धेरै जनसंख्या भएको मुलुकलाई कठोरताका साथ चलाइरहेका छन् अनि समाजका सबै पक्षमा पार्टीको निरपेक्ष नियन्त्रणमा जोड दिइरहेका छन् । उनले
मानवअधिकार अभियान र अभिव्यक्तिको स्वतन्त्रतामाथि गरेको दमन यसअघि भएभन्दा कठोर रहेको चीनविज्ञहरू बताउँछन् । 

उनका स्वदेशी नीतिहरू सी चिनफिङ विचारधाराको मूर्त रूप हुन् भने उनको २१औं शताब्दीको मार्क्सवादले पश्चिमलाई अवश्यै झसंग बनाउने देखिन्छ । केही व्यक्तिहरू यो निरंकुश पूँजीवादको नजिक रहेको मान्छन् । 

‘मार्क्सवाद बीसौं शताब्दीमा संसारमा भएका खतरनाक हिंसा र विनाशको सैद्धान्तिक कारण हो,’ होले भने । ‘मार्क्सवादी उत्साहको यो नयाँ चरणमार्फत चिनियाँ नेतृत्वले संसारभरि खतरनाक र मूर्ख संकेत प्रवाह गरिरहेको छ ।’

‘सीले अघि बढाएको मार्क्सवादले थप अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेमा उनी समाजवादको विश्वव्यापी पुनर्जागरणका कम्युनिस्ट नेताका रूपमा देखिनेछन् र यसले पश्चिमलाई उनको उद्देश्यका बारेमा झन् झन् शंकालु बनाउँदै
जानेछ ।’

चीन ‘अरूमाथि थोपर्ने’ भन्दा पनि आफ्नो राजनीतिक व्यवस्थाको ‘उत्सव मनाउने’ चरणमा मात्र रहेको जियाङ मान्छन् तर उनी पनि अहिलेको विश्वव्यापी वातावरणका कारण होले व्यक्त गरेको चिन्ताप्रति समान विचार राख्छन् । 

चीन र अमेरिकामा हालैका दिनमा विकसित भएका विपरीत घटनाक्रमलाई उनले उजागर गरे : सीले संविधानबाट राष्ट्रपतिको कार्यकाल सीमा सफलतापूर्वक हटाएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका साझेदार र शत्रु
दुवैका लागि अप्रत्याशित परराष्ट्रनीति अपनाउने गरेका छन् । 

‘एक चिनियाँ शासकले भर्खरै मात्र जीवनभरिका लागि कार्यकाल सुनिश्चित गरे अनि यसैमार्फत कथित पेटी सडक विश्वव्यापी व्यापार योजनामा गहन प्रभाव पारे र उत्तिखेरै पश्चिमी नमूनालाई चुनौती दिए,’ उनले भने । 

‘तर चीनले जे गरेपनि त्यसलाई ट्रम्पले छायाँमा पारेका छन् । ट्रम्पका क्रियाकलापले चीनमाथिको दबाब हटेको छ अनि सबैजना उनको अर्को ट्वीटको अर्थ खोतल्नमा व्यस्त छन्,’ उनले थपे । ‘अहिले पश्चिम टुक्राटुक्रा भएको छ ।
सीले प्रस्तुत गरेको विचारधारात्मक चुनौतीका बारेमा संयुक्त प्रतिक्रिया दिने त परै जाओस्, त्यसका बारेमा सोच्ने काम पनि पश्चिमबाट भइरहेको छैन ।’


Advertisment
Nabil box
Kumari

लेखक जियाङ

Vianet communication
Laxmi Bank

सीएनएनको अन्लाइन संस्करणमा प्रकाशित रिपोर्ट ‘याट द हाइट अफ हिज पावर, चाइनाज सी चिनफिङ मुभ्स टु इम्ब्रेस मार्क्सिजम’ को भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x