×

NMB BANK
NIC ASIA

अदालतलाई गोरेको पत्र- प्रहरी हिरासतमा ज्यानको खतरा भयो

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ९ जेठ– सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गाेरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारीवादी संस्थाको राेहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न भन्दै गोरेले बुधवार अदालतमा निवेदन चढाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवक्ता यमबहादुर थापा मगरले गोरेको तर्फबाट अदालतमा निवेदन दिँदै हिरासतमा ज्यानमाथि नै खतरा भएकाले मानवअधिकारवादीको रोहबरमा हिरासतमा रहने व्यवस्था मिलाइदिन माग गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सुन तस्तरी प्रकरणकाे छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ छ । 

Vianet communication
Laxmi Bank

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदवारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो । 

गत चैत २९ गते (बिहीवार) काठमाडौंबाट पक्राउ परेका नेपाल एयरलाइन्समा कार्यरत चौधरी चैत ३० गते प्रहरी हिरासतमा मृत भेटिएका थिए । 

'सिन्धुलीसम्म' पुग्यो गोरेको बयान

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । बुधवार अदालती समय सकिए पनि गोरेको बयान भने सकिएको छैन । 

सुन तस्करी र सनम शाक्यको हत्यासँग जोडिएका सबै घटनाक्रमको सिलसिलेवार बयान भइरहेकाले बयानका लागि अझै केही दिन लाग्ने जिल्ला अदालत मोरङ स्रोतले जनाएको छ । 

बुधवारसम्म गोरेले बयानमा ३३ किलो सुन तस्करी प्रकरणमा सिन्धुलीसम्मका घटनाक्रमको विवरण अदालतसमक्ष बताएका छन् । 

अदालत स्रोतका अनुसार गोरेले सुन तस्करी प्रकरणमा अन्यको संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नाम समेत बयानमा उल्लेख गरेका छन् । तर अदालत स्रोतले गोरेले लिएका ती व्यक्तिको नाम भने बताउन चाहेन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x