×

NMB BANK
NIC ASIA

एबी डिभिलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

जेठ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ जेठ – दक्षिण अफ्रिका क्रिकेट टोलीका पूर्वकप्तान एबी डिभिलियर्सले आफूमा ऊर्जा बाँकी नरहेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । 

यी ३४ वर्षीय खेलाडीले दक्षिण अफ्रिकाका लागि ११४ वटा टेस्ट म्याच, २२८ वटा अन्तर्राष्ट्रिय एकदिवसीय र ७८ वटा टीट्वान्टी क्रिकेट खेलिसकेका छन् । 

‘मैले खेल्नु खेलिसकें । इमान्दारीपूर्वक भन्नुपर्दा म थाकेको छु,’ उनले भने । 

‘यो गाह्रो निर्णय हो । मैले यसका बारेमा लामै समयसम्म सोचें । राम्रो क्रिकेट खेल्दै गर्दा संन्यास लिनु ठीक हो ।’

डिभिलियर्सले इंग्ल्यान्डविरुद्ध सन् २००४ मा टेस्ट शृंखलामा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसको एक वर्षपछि उनले सीमित ओभरका अन्तर्राष्ट्रिय खेल खेले ।

उनले दक्षिण अफ्रिकाका लागि टेस्टमा आठ हजार ७६५ रन बनाएका छन् र टेस्ट तथा एकदिवसीय दुवैमा ५० भन्दा माथिको औसमत कायम गरेका छन् । 

टेस्ट क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २०१५ को जनवरीमा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए । 

उनी अन्तिमपटक जोहानेसबर्गमा खेलेका थिए । उक्त खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४९२ रनले हराएको थियो । 

उनले कहिलेकाहीँ विकेटकीपिङ पनि गरेका छन् । उनी हालसालै इन्डियन प्रिमियर लीगमा रोयल च्यालेन्जर्स बंगलोरका लागि खेलेका थिए । 

डिभिलियर्सले भिडियो सन्देश पठाएर विदेशी टीमका लागि नखेल्ने बताएका छन् । तर दक्षिण अफ्रिकामा घरेलु क्रिकेटका लागि आफू उपलब्ध हुने उनले बताए ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x