×

NMB BANK
NIC ASIA

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

जेठ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डडेल्धुरा, १० जेठ-डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । 

पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुकेर पानी कम हुन थालेपछि जिल्ला सदरमुकाममा पानी अभाव भएकोे हो । 

सदरमुकामवासी जिल्ला नजिक रहेको खानेपानीको मूलमा धाउन बाध्य बनेका छन् । मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको बागबजारका स्थानीयबासी बताउँछन् । 

पानीका लागि सदरमुकामबाट घण्टौँ टाढा रहेका खोला तथा न्वौलामा गएर पानी ल्याई प्रयोग गरिरहेको सदरमुकाममा डेरा गरी बस्दै आएका सुरेश खड्काको भनाइ छ । बिहान विद्यालय जान हतार हुन्छ, छिमेकीको घरबाट पानी सापट लिएर खाना पकाउनु पर्ने बाध्यता रहेको अर्का विद्यार्थी भागरथी ऐरले दुखेसो पोख्नुभयो ।

Sagarmatha Cement
Muktinath Bank

विद्यालय सकिएपछि साँझ आधा घण्टाको बाटो हिँडेर ठूलधाराबाट पानी भरेर ल्याउनुपर्ने आफ्नो दिनचर्या बनेको ऐरको भनाइ छ । 

त्यस्तै, कार्यालय छोडेर पनि पानीका लागि धाउनुपर्ने बाध्यता रहेको र कहिलेकाहीँ त छोराछोरीलाई नुहाउनसमेत पानी नपाइँदा न्वौला वा कुवाको पानी प्रयोग गर्ने गरेको अमरगढी–५ का विमला ओझाले बताउनुभयो । अहिले डडेल्धुराका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ । खानेपानीका लागि नजिकका मूल तथा खोलाको फोहरपानी उमालेर ग्राहकलाई दिइरहेको होटल सञ्चालकको भनाइ छ । 

अहिले सदरमुकामको जनसंख्यालाई कम्तीमा पनि छ लाख लिटर पानीको आश्यकता पर्छ । तर खलंगा खानेपानीको ट्यांकीमा अहिले जम्मा एक लाख क्षमता भएको ट्यांकी भएका कारण खानेपानीको अभाव भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष रवि केसीले जनाउनुभयो । 

जिल्लामा रहेको खलंगा खानेपानीबाट पानी वितरण गर्दै आएको भए पनि मूलबाट नै पानी कम आउन थालेपछि जिल्लामा पानीको अभाव हुन थालेको खलंगा खानेपानीले जानकारी गराएको छ । एउटा मात्र मूल रहेको खलंगा खानेपानी आजभन्दा करीब तीन दशक पहिले निर्माण भएको स्थानीयको भनाइ छ । 

खानेपानीको अभावलाई मध्यनजर गरी १३ सय धाराका लागि नयाँ खानेपानी योजना निर्माणको थालनी भएको उपभोक्ता समितिका अध्यक्ष केसीले जानकारी गराउनुभयो । सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्नका लागि साना शहरी खानेपानी योजना लागू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रु ३० करोड ६२ लाख लागतमा नयाँ खानेपानीको योजना निर्माण भइरहेको छ । सो योजना सम्पन्न भएमा डडेल्धुरा सदरमुकामलगायत वरपरको क्षेत्रमा समेत पर्याप्त पानी पुग्ने उपभोक्ता समितिका सचिव देवकी भट्टले बताउनुभयो । 

खानेपानीको योजना निर्माणकार्य चार महिनादेखि भइरहेको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्वेका आधारमा हाल खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा १३ सय धारा आवश्यक पर्ने तथ्यांकले जनाएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x