असार ९, २०७५
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
जेठ १०, २०७५
काठमाडौं, १० जेठ –रुसमा यही मसान्तमा शुरु हुन गइरहेको फूटबल विश्वकपमा फ्रान्स पनि उपाधिको बलियो दाबेदार हो । यसका खेलाडीहरू निकै प्रतिभाशाली छन् ।
सन् १९९८ मा गृहमैदानमा फ्रान्स विश्वविजेता बनेको थियो भने सन् २००६ मा ऊ इटालीसँग फाइनलमा हार्न पुग्यो ।
प्रतिभावान खेलाडीहरूको जमघट भए पनि एउटा टीमका रूपमा एकजुट भएर नखेल्नु फ्रान्सको मुख्य समस्या हो । विश्वकप छनोटमा फ्रान्स आफ्नो समूहको विजेता रह्यो तर त्यसक्रममा उसले खराब नतिजा पनि निकाल्यो । लक्जेम्बर्गविरुद्ध घरमा गोलरहित बराबरी अनि स्विडेनसँग २–१ अन्तरको हार अनपेक्षित थियो ।
त्यसैले पनि फ्रान्सबाट कस्तो प्रदर्शनको अपेक्षा गर्ने भन्ने अन्योल छ । व्यक्तिगत रूपमा खेलाडीहरूको प्रदर्शन हेर्दा त फ्रान्स बलियो दाबेदार हो, तर टोलीकै रूपमा चाहिँ उसको प्रदर्शनमा औंला उठाउने ठाउँ छन् ।
डिडिएर देस्काम्प्स सन् २०१२ देखि फ्रान्सेली टोलीको मुख्य प्रशिक्षक हुन् । उनले यसपाली नयाँ खेलाडीहरूलाई मौका दिएका छन् ।
युरोकपको फाइनलमा पोर्चुगलसित हारेको भएपनि उक्त टूर्नामेन्टमा फ्रान्सको प्रदर्शन उत्कृष्ट थियो । आफ्नो टोलीले त्यही प्रदर्शन विश्वकपमा पनि दोहोर्याउने अपेक्षा प्रशंसकहरूले गरेका छन् ।
फ्रान्सको प्लेइङ इलेभनमा लोरिस, सिदिबे, भराने, उम्टिटी, मेन्डी, पोग्बा, कान्ते, मातुइदी, लेमार, एमबाप्पे र ग्रिजम्यान रहने सम्भावना छ ।
ग्रिजम्यान, पोग्बा र एमबाप्पेको प्रदर्शन विश्वकपमा राम्रो रह्यो भने फ्रान्स निकै अगाडि बढ्न सक्छ ।
नबिल फेकिर प्रतिभाशाली मिडफिल्डर हुन् र उनले खेल्ने मौका पाए भने पनि फ्रान्सलाई विश्वकपमा सहज हुने देखिन्छ ।
म्यानचेस्टर युनाइटेडबाट खेल्ने मिडफिल्डर पउल पोग्बामाथि पनि धेरैको नजर छ । उनी फ्रान्सेली टोलीका सुपरस्टार हुन्, तर उनको प्रदर्शन कहिले अत्यन्तै उत्कृष्ट हुन्छ भने कहिले चाहिँ फ्रस्ट्रेट गराउने गरी झुर खेल्छन् ।
पोग्बाको नेतृत्वमा रहेको फ्रान्सको मिडफिल्ड त बलियो छँदैछ, उसको अट्याक पनि उत्तिकै घातक छ । मार्सेईलाई हराएर युरोपा लिग जितेको एट्लेटिको मड्रिडका स्टार खेलाडी ग्रिजम्यान दुवै गोडा उत्तिकै राम्रोसँग चलाउन सक्छन् र नआत्तिकन गोल गर्छन् । उनको जादू चल्यो भने फ्रान्सले विपक्षीहरूविरुद्ध गोलको वर्षा गर्न सक्छ ।
दिमित्री पाएट चोटका कारण खेल्न नसक्नुचाहिँ फ्रान्सका लागि ठूलै झड्का हो । यस्तै बार्सिलोनाका उस्मान डेम्बेले पनि पूर्णरूपमा फिट नभएको चर्चा छ ।
बेन्जामिन मेन्दी, जिब्रिल सिदिबे, रफाएल भराने र स्यामुएल उम्टिटीले फ्रान्सको डिफेन्सलाई मजबुती दिएका छन् ।
समूह सीमा फ्रान्सका प्रतिस्पर्धीहरू डेनमार्क, पेरु र अस्ट्रेलिया छन् । फ्रान्स समूहविजेता बनेर अर्को चरणमा पुग्ने सम्भावना प्रबल छ ।
फ्रान्सले कि ४–४–२ कि त ४–२–३–१ को फर्मेसनमा खेल्न सक्छ ।
यो पनि पढ्नुहोस् :
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...