कात्तिक २७, २०८०
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
काठमाडौं, १० जेठ– आगामी आर्थिक वर्षका लागि बजेट निर्माण कार्य अन्तिम चरणमा आइपुग्दा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरूलाई भ्याइनभ्याई छ । बजेट १५ जेठमा घोषणा गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले पनि व्यस्तता बढेको हो ।
आगामी आर्थिक वर्षका लागि आउने योजनाको अध्ययन र सदर गर्न संलग्न अधिकारीहरू साँझ अबेरसम्म कार्यालयमा बस्नेको गरेको स्रोतले जानकारी दिएको छ ।
धमाधम योजनाहरू पारित हुने क्रममा चलिरहँदा बजेट माग्न तथा पहुँचका आधारमा मन्त्रीसँग भनसुन र दबाब दिन धाउनेको भीड सिंहदरबारमा बाक्लिएको छ ।
आयोगमा सांसदको दौडधूप
आगामी आर्थिक वर्षको बजेटमा आफ्ना योजना पार्न सांसदहरूको आवतजावत राष्ट्रिय योजना आयोगमा झनै बाक्लिएको छ । मन्त्रालयमा पुगेका आफ्ना फाइल योजना आयोगमा पुगे कि पुगेनन्, अनि पारित गर्न कसरी दबाब दिन सकिन्छ भन्द ‘फाइनल टच’ दिन सांसदहरू योजना आयोग दैनिक रूपमा धाउन थालेका हुन् ।
सिंहदरबारभित्र पुहँचका आधारमा हरेक मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा दिनहुँ धाउने सांसद तथा कार्यकर्ताहरूको भीडभाड देखिन्छ । त्यसरी दिनहुँ धाउनेहरू योजना आयोगमा दिनहुँ पदाधिकारी तथा कर्मचारीको कार्यकक्ष र मन्त्रीहरूको सचिवालयमा समेत भेटिन्छन् ।
तर सांसदहरू आफ्नो काम भने खुलाउन चाहँदैनन्, आफ्नो पुहँच, चिनजान र व्यक्तिगत भेटघाट भन्ने गर्छन् ।
आयोग स्रोतका अनुसार हाल विकासे योजना सञ्चालित हुने भौतिक योजना, शहरी विकास, खानेपानी, सिँचाइ, वन, पर्यटनलगायत मन्त्रालयबाट आएका फाइल फलो गर्ने सांसदको भीड बढी छ ।
नयाँ आर्थिक वर्षमा काम गर्नुपर्ने आयोजनाको पहिचान र बजेट विनियोजनका लागि लाग्ने रकमको विस्तृत खाका पेस गर्न योजना आयोगले मन्त्रालयलाई गर्ने पत्राचारका आधारमा सांसदको दौडधूप हुने गर्छ । आफ्ना मन्त्रालयमा आउने योजना प्रस्तावलाई केन्द्रित गरी ती मन्त्रालयले बजेट माग गर्ने गरेका छन् ।
सरकारी लक्ष्यबाहिरका माग
सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारा अगाडि सार्दै गर्दा विकासका लागि प्राथमिकताका क्षेत्र छुट्याएको छ ।
तर कतिपय सांसद आफ्नै निर्वाचन क्षेत्रकेन्द्रित योजनाका लागि मात्रै लबिङमा लागेका छन् । जिल्लाबाट पास भएका योजना केन्द्रीय बजेटमा पार्ने दौडधूपमा उनीहरू लागेका हुन् । जिल्लामा आफ्नो पहुँच देखाउन पनि उनीहरूका लागि जिल्ला परिषद्ले पास गरेका योजनामा बजेट पार्नैपर्ने दबाबमा छ ।
चालू आर्थिक वर्षमा बनेको यो सरकारले नीति तथा कार्यक्रममार्फत आफ्नो कार्यदिशा स्पष्ट पारिसकेको छ ।
सोही नीतिअनुसार आगामी बजेट छुट्याउने सरकारी तयारी छ । दोहोरो अंकको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आयमा उच्च वृद्धि, सबै क्षेत्रको उत्पादन वृद्धिको लक्ष्य राखिरहँदा त्यसैअनुसार प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
पहिलाजस्तै सांसदको प्रभावमा परी टुक्रे योजनामा टुक्रे रूपमै कनिका छरेझैं बजेट छर्दा समृद्धिको लक्ष्यमा पुग्न नसकिने विश्लेषकहरू बताउँछन् ।
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...