जेठ ११, २०७५
जेठ ११, २०७५ मा प्रकाशित
मोरङ, ११ जेठ– साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका– ७ मा सिद्धीदेवि ज्वेलर्स सञ्चालन गर्दै आएका रेवत आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
आचार्यलाई विराटनगरबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका आचार्य सनमको साथी हुन् । उनले चुडामणि उप्रेती ‘गोरे’लालाई सुराकी गर्ने गरेको थाहा हुन आएको छ ।
ADVERTISEMENT
सनमको हत्या भएपछि उनले गोरेलाई सुराकी गर्दै आएका थिए । गोरेसँग निरन्तर सम्पर्कमा रहेको आधारमा आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कल डिटेलका आधारमा उनलाई पक्राउ गरेको हो ।
थप समाचार
- पूर्व रजिष्ट्रार अटेरी बन्दा फिर्ता भएन विश्वविद्यालयको गाडी
- कर्णालीको राजधानीबाट लागूऔषधसहित ६ पक्राउ
- कर्णाली प्रदेश मदिरामुक्त !
- इमान्दार चालक, जसले टेम्पोमा छाडिएको सुनसहितको ब्याग फिर्ता गरे
- इन्जिनियरिङका ४० मध्ये ३८ विद्यार्थी फेल भएपछि पोखरा विश्वविद्यालयमा तोडफोड
- पदोन्नति भएका ३९ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान
प्रतिक्रिया दिनुहोस