मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
काठमाडौं, ११ जेठ- सरकार आगामी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । संविधानले जेठ १५ भित्र अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बजेटको तयारी धमाधम भइरहेको हो ।
बजेटको पूर्वसन्ध्यामा आउने नीति तथा कार्यक्रम सरकारले जेठ ७ गते संसदमा प्रस्तुत गरेपछि सोही नीति तथा कार्यक्रममा छलफल चलिरहेको छ ।
आगामी आर्थिक वर्षको बजेटले इतिहासमै शक्तिशाली भनिएको वाम सरकारको कार्यदिशाको स्पष्ट संकेत देखाउने विज्ञहरू बताउँछन् ।
कत्रो होला बजेटको आकार ?
संघीय संविधान कार्यान्वयनको पहिलो चरणमा बनेका तीन तहका सरकार नै पहिलो बजेट निर्माणका लागि धमाधम लागिरहेका छन् ।
हाल मुलुकमा संघ, प्रदेश र स्थानीय तहसहित ७ सय ६१ वटा सरकार छन् । यी सबै सरकारले योजना तथा बजेट अनिवार्य बनाउनुपर्ने व्यवस्था नयाँ संविधानले नै गरेको छ ।
संघीयता कार्यान्वयनसँगै मुलुकमा प्रशासनिक खर्च ह्वात्तै बढेको छ । यसैगरी संघीयता कार्यान्वयनको पहिलो चरणमै रहेकाले पूर्वाधार निर्माणमा समेत ह्वात्तै खर्च हुने विज्ञहरू बताउँछन् ।
जसका कारण प्राथमिकता र उद्देश्यका आधार निर्माण गर्ने भनिएको आगामी आर्थिक वर्षको बजेटको आकार धेरै बढ्ने निश्चित प्राय छ ।
बजेट निर्माणमा संलग्न अधिकारीहरूकाअनुसार आगामी आर्थिक वर्षको संघीय बजेट चालू आर्थिक वर्षकै बजेटको हाराहारीमा आउने गरी तयारी भइहेको छ ।
एक अधिकारीले भने, ‘चालू आर्थिक वर्षका लागि छुट्याइएको कूल बजेट १२ खर्ब भन्दाबढी छ, संघीय बजेट यसकै हाराहारीमा बन्ने तयारी भइरहेको छ । यही संघीय बजेटबाट स्थानीय सरकार र प्रदेश सरकारलाई सशर्त अनुदान जानेछ । यसबाहेक स्थानीय तहले आफ्नै तरिकाले बजेट ल्याउनेछन्, प्रदेश सरकारले पनि आफ्नो किसिमले बजेट ल्याइरहेका छन् ।’
श्वेतपत्रले मुलुकको अर्थतन्त्र निराशाजनक अवस्थामा रहेको र स्रोतको अभावले खर्च व्यवस्थापन धान्न नसकिने भन्दै आगामी आवको संघीय बजेट चालू आर्थिक वर्षमा पहिला छुट्याइएको बजेटको सीमामा पनि केही घटेर आउने अधिकारीहरूको भनाइ छ ।
चालू आर्थिक वर्षमा कूल बजेट १२ खर्ब ७९ अर्ब बजेट बिनियोजन गरिए पनि अर्धवार्षिक समिक्षापछि १५ दशमलव ३३ प्रतिशतले बजेटको आकार घटाइएको थियो । बजेट घाटा बढेको भन्दै बजेटको आकार घटेर १० खर्ब ८३ अर्ब पुगेको हो ।
यसअघि अर्थमन्त्रालयले गरेको प्रक्षेपणले भने आगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब पुग्ने भनेको थियो ।
यसैगरी संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहका लागि पूर्वाधार निर्माणमा तीन आर्थिक वर्षमा ८ खर्ब बजेट आवश्यक भएको पनि यसअघि नै प्रक्षेपण गरिएको थियो ।
जसअनुसार आगामी आर्थिक वर्षकै बजेटमा पूर्वाधार निर्माणका लागि पनि बजेट विनियोजन गरिने अधिकारीहरू बताउँछन् ।
तर कूल बजेटको आकार भने १६ खर्ब नाघ्ने अनुमान अधिकारीहरू गर्छन् ।
स्रोत के हुन्छ ?
सरकारले बजेट बनाउँदा स्रोतहरूसँगको तालमेल गराउनुपर्छ । नेपालको सन्दर्भमा राजश्व, आन्तरिक ऋण, बाह्य अनुदान र ऋण रेमिट्यान्स नै राष्ट्रिय आम्दानीका स्रोत हुन् । यी स्रोतका आधारमा बजेट निर्माण गरिन्छ ।
तर राष्ट्रिय आम्दानीको अवस्था निकै कमजोरर देखिन्छ । चालू आर्थिक वर्षमा कूल बजेट १२ खर्ब ७९ अर्ब बजेट विनियोजन गरिए पनि अर्धवार्षिक समिक्षापछि १५ दशमलव ३३ प्रतिशतले बजेटको आकार घटाइएको थियो ।
बजेट घाटा बढेको भन्दै बजेटको आकार घटेर १० खर्ब ८३ अर्ब पुगेको हो ।
यही अवस्थामा आगामी आर्थिक वर्षको बजेट झण्डै दोब्बरले बढ्ने अनुमान गरिरहँदा बाह्य ऋण ह्वात्तै बढ्ने तर्फ विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
अर्थशास्त्री मदन दाहालले स्रोतको प्रभावकारी व्यस्थापन बिना बजेटको आकार मात्रै बढाउन नहुने सुझाव दिएका छन् । ‘संघीयतामा बजेटको आकार बढ्नु स्वभाविक नै हो । तर स्रोतको प्रभावकारी व्यवस्थापन गर्नु ठूलो चूनौतिको विषय हो ।
दाहालले लोकान्तरसँग भने, ‘राष्ट्रिय आयमा वृद्धि गर्नुपर्यो, कूल ग्राहस्थ उत्पादनमा वृद्धि हुनुपर्यो, पर्यटन क्षेत्रको उल्लेख्य विकासमा विशेष ध्यान दिनुपर्छ । योसँगै आन्तरिक ऋण र बाह्य सहयोग लिँदा लगानीबाट प्रतिफल आउने खालका योजनाहरू निर्माण गर्न जरुरी छ । जथाभावी ऋण लिँदा बजेट, घाटा, वित्तीय घाटा लगायतका समस्या देखा पर्छन् ।’
विज्ञहरूकाअनुसार अन्तर्राष्ट्रिय मान्यतामा टेकेर हेर्दा देशको कूल ग्राहस्थ उत्पादनको ३० प्रतिशतभन्दा कम मात्रै बजेटको आकार बनाउनुपर्छ । तर, नेपालमा यो मान्यता नाघेको देखिन्छ ।
अर्थविश्लेषक दाहाल भन्छन्, ‘प्रभावकारी स्रोतकै आधारमा आधारमा बजेट निर्माण गर्नुपर्छ, करको दर मात्रै बढाउनु भएन, कर निर्धारणको आधार तय गरिनुपर्छ, कर प्रशासनको क्षमता अभिवृद्धि गर्नुपर्छ ।’
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...