×

NMB BANK
NIC ASIA

विश्वकप पूर्वसमीक्षा

उत्कृष्ट लयमा स्पेन : यसपटक उचाल्न सक्छ विश्वकप !

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ जेठ – अधिकांश समय बलमा नियन्त्रण, सटीक पास, खेलाडीहरूबीच गज्जबको तालमेल अनि लोभलाग्दो गोल – करीब एक दशकअघिको स्पेनी फूटबल टीमको कथा हो यो ।

Muktinath Bank

त्यतिबेला स्पेनको टिकीटाका शैलीले विपक्षीहरूलाई धेरैपटक निराश बनायो । यही शैलीमा सन २००८ को युरोकप जितेर शुरु भएको स्पेनको सफलताको यात्रा २०१० को विश्वकप हुँदै २०१२ को युरोकपसम्म कायम रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षीलाई हत्तपत्त बल छुनै नदिने र विपक्षीकै डिबक्सतिर पास खेलिरहने अनि मौका मिल्नेबित्तिकै फुत्त गोल छिराउने यो स्पेनी शैलीका मेरुदण्ड थिए, बार्सिलोना फूटबल क्लबका तत्कालीन स्टारद्वय जाभी र इनिएस्टा । जाभी र इनिएस्टा आफ्नो फर्मको उत्कर्षमा रहँदा स्पेनलाई अन्य टीमले पछ्याउन पनि कठिन थियो ।


Advertisment
Nabil box
Kumari

बिस्तारै यी दुई स्टारको खेलमा ह्रास र जाभीको बिदाइसँगै स्पेनको खेल खस्कियो । २०१४ को विश्वकप तथा २०१६ को युरोकपमा पनि स्पेनले सम्झनलायक प्रदर्शन गर्न सकेन । टिकीटाका शैली पनि पहिलेजति प्रभावी देखिएन ।

Vianet communication
Laxmi Bank

जाभीको संन्यासपछि स्पेनी टिकीटाकाको मेरुदण्ड नै भाँचियो । इनिएस्टा मात्रले त्यसलाई धान्न सकेनन्, जसका कारण खस्किएको स्पेनको प्रदर्शन टिकीटाकामा थोरै अट्याक पनि मिसाएर नयाँ स्वरूपमा फेरि लय समाउने दिशामा छ ।

पछिल्लो एक वर्षयता स्पेनले निकै आकर्षक फूटबल खेलिरहेको छ । गत मार्चको अन्त्यमा साबिकको विश्व उपविजेता अर्जेन्टिनाविरुद्धको ६–१ को जितले पनि त्यही संकेत गर्छ । स्पेनले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म डोहोर्‍याइसकेको छ, त्यसैले पनि आजको स्पेन रुस विश्वकपको प्रमुख दाबेदारमध्येको एक हो ।

अहिले जुलेन लोपेटेगुइको टीममा इनिएस्टाजस्ता ‘पूर्व बादशाह’ र एसेन्सो, इस्कोजस्ता युवा प्रतिभाको मिश्रण छ ।

स्पेनको तर्फबाट विपक्षीको पोस्टमा आक्रमणको नेतृत्व एसेन्सो, कोस्टा, भक्वेज, रोड्रिगोजस्ता खेलाडीले सम्हाल्नेछन् भने इनिएस्टा, इस्को, कोके, बुस्केट, सिल्भाजस्ता प्रभावशाली मिडफिल्डरहरूको साथ उनीहरूलाई हुनेछ ।

रक्षापंक्तिमा पनि स्पेन बलियो देखिन्छ । पिके, रामोसजस्ता सदाबहार खेलाडीमात्र होइन अल्बा, कार्भाहल, नाचो, मोनेरियल, एचपिलिक्वेटाजस्ता खेलाडी पनि विपक्षीको आक्रमणलाई निष्प्रभावी बनाउने क्षमता राख्छन् ।

पोस्ट सम्हाल्ने डि हेया पनि विश्वकै उत्कृष्ट गोलकीपरमध्येका हुन् । म्यान्चेस्टर युनाइटेडमा रहेर उनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनको विकल्पका रूपमा नापोलीका पेपे रेइना छन् ।
स्पेन विश्वकपको समूह बीमा छ । उसको समूहमा पोर्चुगल, मोरक्को र इरान छन् ।

स्पेनले जुन १५ तारिखमा पोर्चुगल, २० तारिखमा इरान र २५ तारिखमा मोरक्कोसँग खेल्नेछ ।

सम्बन्धित समाचारहरू :

मेसीमा निर्भर अर्जेन्टिना, विश्वकप जित्ने सम्भावना कति ?

विश्वकपको घाइते बाघ ब्राजिल : गर्ला यसपाली चमत्कार ?

'स्टार' खेलाडीको जमघटले फ्रान्स पनि विश्वकपको प्रबल दाबेदार

विश्वकप फूटबल प्रिभ्यु : जर्मनी फेरि च्याम्पियन बन्ने सम्भावना कति ?

मेसीको टीमलाई गम्भीर धक्का, चोटका कारण गोलकिपर रोमेरोले विश्वकप गुमाउने

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x