×

NMB BANK
NIC ASIA

सुर्खेत, ११ जेठ –कर्णाली प्रदेश सरकारले असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गर्ने भएको छ । झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा पेश गर्ने भएका हुन् ।

Muktinath Bank

बजेट निर्माण सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहबीच शुक्रबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले उक्त बजेट संसदमा पेश भएकै दिन अख्तियारी जाने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ज्वालाले विगतमा असोजसम्म पनि बजेट पास नहुने र त्यसले विकास निर्माण प्रक्रियालाई ढिलो गराउने तथा पूँजीगत बजेट कार्यान्वयनमा समस्या आउने गरेकैले नयाँ आर्थिक वर्ष शुरु हुनुपूर्व नै बजेट पास गरिसक्ने प्रावधान संविधानमा उल्लेख भएको बताए । जसका कारण असार पहिलो साताभित्रै बजेट पारित हुने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

मन्त्री  ज्वालाले साउन र भदौमा सबैले टेण्डर आह्वान गर्ने र असोजबाटै निर्माण कार्य प्रारम्भ गरेको खण्डमा विकासे कामहरू बढी हुने अपेक्षा व्यक्त गरे । ‘तपाईंहरू पनि बजेट तयारी गर्नुस् र साउन÷भदौ महिनामा सबै कागजी कामहरू गरिसक्नुस्,’ उनले भने, त्यसो गर्न सके मात्रै तपाईंहरूले जनअपेक्षा अनुरूप काम गर्न सक्नुहुन्छ ।’

Vianet communication
Laxmi Bank

मन्त्री ज्वालाले स्थानीय तह र प्रदेश सरकारबीच नंग र मासुकोजस्तो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । ‘हामीले यहाँहरूलाई पर्ने समस्या नीति नियम तथा कानुन बनाएर समाधान गर्नेछौं,’ उनले भने, प्रदेश समृद्धिको योजनामा यहाँहरुसँग सहकार्य गर्दै अघि बढ्ने हाम्रो सोच छ ।’

प्रदेश सरकारले के कस्ता योजना छान्नुपर्छ र कार्यान्वयनमा लैजान सकिन्छ, यसबारेमा सुझावको अपेक्षा गरेको बताउँदै मन्त्री ज्वालाले सकेसम्म बढी भन्दा बढी जनताको सहभागिता र अपनत्व हुने योजना छनोट गरी प्रदेश सरकारलाई दिन आग्रह गरे ।

कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, रुकुम र सल्यानका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x