×

NMB BANK
NIC ASIA

स्मार्ट लाइसेन्स लिन कुर्दाकुर्दै हैरान ? नेपालमै भित्रियो स्मार्टकार्ड बनाउने प्रविधि

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ जेठ - तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधानको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने प्रविधि नेपालमा भित्र्याएको छ । 


Advertisment
Nabil box
Kumari

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रेणी सेवा पुर्‍याउने लक्ष्य राखिएको छ । 

Vianet communication
Laxmi Bank

स्मार्ट सवारी साधन अनुमतिपत्रको प्रतीक्षामा रहेका ११ लाख सवारी धनीलाई तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिए । 

अध्यक्ष जोशीले नेपालको हरेक क्षेत्रलाई कागजरहित बनाउने लक्ष्यका साथ आफूहरुले अमेरिकन प्रविधि नेपालमा भित्र्याएको जानकारी दिए । 

यस्तै लालपूर्जा, सवारी साधन दर्ता पुस्तिकालाई समेत स्मार्ट बनाउन सकिने उनको भनाइ छ । स्वास्थ्य सेवालाई समेत सहज, सरल बनाउनका लागि स्मार्ट प्रविधिको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । 

माइक्रोप्रोसेसर चिप्स जडित त्यस्ता स्मार्ट कार्डमा व्यक्तिगत विवरण राख्न सकिनेछ । व्यक्तिगत विवरण, औँलाको छापलाई लामो समयसम्म राख्न सकिनेछ । सवारी साधन अनुमतिपत्रलाई उपयोगी र गुणस्तरीय बनाउन यसलाई दुवैतर्फबाट ‘लेमिनेड’ प्रविधिको सुविधा दिइने र त्यसबाट अनुमतिपत्र च्यातिने, खुइलिनबाट जोगाउन सकिने अध्यक्ष जोशीको भनाइ छ । 

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बलि काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिनेछ । 

यस्तै निर्वाचन आयोगले वितरण गर्ने मतदाता परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिनेछ भने राष्ट्रिय परिचयपत्रसमेत नेपालभित्रै छाप्न सकिने मालिका इन्कर्पोरेटले जनाएको छ । 

यस्तै विद्यार्थी परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिने सो कम्पनीले जनाएको छ । विद्यार्थी विद्यालय गए वा गएनन्, कति समय विद्यालयमा बसेजस्ता सामान्य सूचनासमेत मोबाइल एप्लिकेशनमार्फत अभिभावकलाई जानकारी दिन सकिनेछ । 

आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले प्रविधिको सही प्रयोग गरेर मानव जीवनलाई थप सहज र सरल बनाउन सकिने बताए ।

वर्तमान सरकारले डिजिटल नेपाल बनाउने अभियान शुरु गरेको भन्दै उनले यस्ता प्रविधिले त्यसमा साथ दिने र नेपालको विकासमा महत्वपूर्ण आधार खडा गर्ने बताए ।

नेता शर्माले एक्काइसौँ शताब्दी प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्ने र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सकिनेमा जोड दिए । 

हरेक क्षेत्रमा लाइन नै बस्नुपर्ने प्रवृत्तिको अन्त्यका लागि पनि हामीले पछिल्ला प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा पनि उनले राखे । 

कार्यक्रममा जेब्रा कम्पनीका नेपाल प्रतिनिधि अतुल मिश्रले प्रविधिको प्रयोग गरेर कसरी सहज जीवनशैली अपनाउन सकिन्छ भन्नेबारेमा कार्यपत्र पेश गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x