शाही संस्कार सिक्दै ह्यारीकी दुलही मेगन

जेठ ११, २०७५

लन्डन– बेलायती शाही घरानाका राजकुमार ह्यारी र अलिउड अभिनेत्री मेगन मर्केलकी बिहे पछिल्लो दिनमा निकै चर्चा पायो । 

मर्केल अब शाही घरानाको बुहारी बनिसकेकी छिन् ।   उनको पछिल्लो जीन्दगीलाई लिएर शाही मिडियामा निकै चर्चा भए । 

बिहेपछि मेगन उनी के गर्दैछिन् त ? उनी बिन्दा र बेपर्बाह पक्कै छैनन् । पछिल्लो दिन राजकुमार ह्यारीको जन्मदिनमा उनको बदलिएको लुक्सले पनि उनी प्रति आम नागरिकमा रहेको धारणा बदलिएको पाइन्छ । 

हालै मेगनले शाही घरानाको शाही तौर तरिका सिकिरहेकी छिन् । खबरअनुसार महारानी इलिजाबेथ द्धितियका निजी सचिव समांथा कोहन उनलाई यसबारे सिकाइरहेकी छन् । 

समांथाले आजकाल मेगनलाई शाही शिष्टाचार, तौरतरिका र नियमको बारेमा जानकारी दिइरहेकी छन् ।

जेठ ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस