×

NMB BANK
NIC ASIA

गुनासो सुनुवाइबाट साढे पाँच हजार निजी आवास पुनःनिर्माण लाभग्राही थप

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ११ जेठ - निजी आवास पुनःनिर्माण अनुदान लाभग्राहीका लागि सूचीकृत हुन निवेदन दिएका अति प्रभावित १४ जिल्लाका गुनासोकर्ताको पहिचान शुरु भएको छ । 

Muktinath Bank

गुनासो दर्ता गराएकाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रबाट प्रारम्भिक परीक्षण भएको थियो । छुट तथा पुनःजाँच सर्वेक्षण कार्यक्रमअन्तर्गत २०७४ भदौदेखि कात्तिकसम्म स्थलगत रुपमा इञ्जिनीयर परिचालन गरी संकलन गरिएको तथ्यांकलाई विश्लेषण तथा परीक्षण गरी लाभग्राही पहिचान गर्ने काम शुरु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरण कार्यकारी समितिको आजको बैठकले हालसम्म विश्लेषण सकिएका विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राहीमा सूचीकृत गरेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा पाँच हजार ५०१ जनालाई प्रबलीकरण लाभग्राहीमा राखेको छ । 


Advertisment
Nabil box
Kumari

प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार हाल धादिङका रुवीभ्याली र थाक्रे, दोलखाका विगु र कालिञ्चोक, गोरखाका सिरानचोक, काभे्रपलाञ्चोकको बेथानचोक, ओखलढुंगाका चिसंखुगढी र लिखु, रसुवाका गोसाइँकुण्ड, कालिका, नौकुण्ड, पार्वतीकुण्ड र उत्तरगया, सिन्धुपाल्चोकका बलेफी, भोटेकोशी, हेलम्बु र जुगल गाउँपालिकाका गुनासोबाट छानी लाभग्राही बनाइएको छ । नुवाकोटको विदुर र सिन्धुपलाल्चोकको बाह्रबिसे नगरपालिकाको समेत छनोट सकिएको छ । 

Vianet communication
Laxmi Bank

कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिशमा अनुदान सम्झौता गरेपछि तोकिएको प्रक्रिया पूरा गरी पुनःनिर्माण अनुदान पाउँछन् । पुनःनिर्माण लाभग्राहीले रु तीन लाख र प्रबलीकरण लाभग्राहीले रु एक लाख अनुदान प्राप्त गर्नेछन् । 

भूकम्प प्रभावित ३२ जिल्लाबाट एक लाख बढी गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नुपरेकाले लाभग्राहीको छनोटमा केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ । विशेष प्राथमिकताका साथ गुनासो छनोट भइरहेकाले यही जेठ मसान्तसम्म सर्वेक्षण भई केन्द्रमा आएका तथ्यांकबाट लाभग्राहीको पहिचान हुनेछ । लाभग्राहीको पहिचानपछि स्थानीय तहमा सूची पठाइने प्राधिकरणका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x