×

NMB BANK
NIC ASIA

नीति तथा कार्यक्रमः प्रमको जवाफ आइतबार आउने, आजको बैठकमा कसले बोले ?

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ११ जेठ - सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिनुहुने भएको छ । 

Muktinath Bank

संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र आज ११ गते लगातार छलफल भयो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे बैठक यही जेठ १३ गते जवाफ दिने कार्यक्रम छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको बैठकमा सांसदले नीति कार्यक्रम आफैँमा राम्रो वा नराम्रो नहुने भएकाले यसको सफल कार्यान्वयनका लागि जोड दिनुभयो । नेकपाका योगेश भट्टराईले सपना देख्नेले मात्र राष्ट्र बनाउन सक्ने भएकाले नीति कार्यक्रम सही भएको बताउनुभयो । सोही पार्टीका घनश्याम भुसालले देश निर्माण गर्ने जिम्मा माक्र्सवादीको हातमा आएको बताउँदै पार्टीका सदस्यलाई उत्पादन कार्यमा परिचालन गर्नुपर्ने बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

नेपाली काँग्रेसका प्रकाशमान सिंहले वर्तमान सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको बताउँदै नीति तथा कार्यक्रम पट्यारलाग्दो ‘प्रेमपत्र’ भएको बताउनुभयो । सोही पार्टीका बालकृष्ण खाँणले नीति तथा कार्यक्रममा स्थानीय तहको विकासलाई कतै पनि नसमेटिएको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले नीति तथा कार्यक्रम यथार्थभन्दा भावना र कल्पनाको कागजी महल रहेको विचार राख्नुभयो । 

बैठकमा लीलानाथ श्रेष्ठ, नारायणप्रसाद खतिवडा, गोमा देवकोटा र गणेशसिंह ठगुन्नाले वैज्ञानिक फोहर व्यवस्थापन, नदी र खहरे नियन्त्रण, चुरे र भित्रीमधेशका ऐलानी जग्गा व्यवस्थापन र गुठी जग्गालाई रैकरमा परिणत गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

सांसद लेखराज भट्ट, छविलाल विश्वकर्मा, एकवाल मिया, विनोद चौधरी, शशि श्रेष्ठ, रानी मण्डल, केदार सिग्देल, उमा रेग्मी, रेखा शर्मा, सुजिता शाक्य, धर्मशिला चापागाईँँ, महेश बस्नेत, नरबहादुर धामी, दिव्यमणि राजभण्डारी, गंगाबहादुर दोङ, ध्रुवकुमार शाही, प्रेमबहादुर आले, हीरा गुरुङ दुर्गबहादुर राउत, हीराचन्द्र केसी, झपटबहादुर रावल, देवप्रसाद तिमल्सेना, सुरेशकुमार राई, विष्णु शर्मा, भीमसेनदास प्रधान, नवीना लामा, प्रमिला राई, विष्णु शर्मा, सुरेशकुमार राई, बोधमायाकुमारी यादव, दीपकप्रकाश भट्ट, नीरुदेवी पाल, भैरवबहादुर सिंह, मोहन बानियाँ, ज्ञानकुमारी छन्त्याल, कृष्णभक्त पोखरेल, मीना सुब्बा, शान्ता चौधरी, तुल्सा थापा, मायादेवी न्यौपाने, भूमिप्रसाद त्रिपाठी, विनादेवी बुढाथोकी, लालप्रसाद साँवा लिम्बू, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, किशोरसिंह राठौर, खगराज अधिकारी र उमाशंकर अरगरियालगायतले छलफलमा भाग लिनुभएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x