×

NMB BANK
NIC ASIA

वाग्मती प्रदूषित हुनुमा सरकार र महानगर गैरजिम्मेवार रहेको आरोप

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ११ जेठ - चलचित्रकर्मीले सरकार र महानगरको गैरजिम्मेवारीले वाग्मती प्रदूषित बन्दै गएको आरोप लगाएका छन् । 

Muktinath Bank

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र चलचित्र निर्देशक समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘चलचित्रमा वाग्मती’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मीले नगरपालिकाले घरको नक्सा पास सेफ्टी ट्यांकी नभएकाको पनि गरिदिने र सरकारले आँखा चिम्लेर समर्थन गर्नाले वाग्मती प्रदूषित बन्दै गएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले वाग्मती किनारको जग्गा बेचेर खानेमा नापी कार्यालय र पशुपतिका विभिन्न गुठीका कर्मचारीको हात रहेको बताए । “राजनीतिक दलले वाग्मती किनारमा मत बैंकका रुपमा कार्यकर्ता राखेका छन्, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीले दलका नेताको सहयोग नभई तिनलाई हटाउन सक्दैन, सरकारमा समेत जाने दलले हटाउन खोज्दैन”, उनले भने  । 


Advertisment
Nabil box
Kumari

अधिकार सम्पन्न वाग्मतीले शिक्षा र सूचनामा बजेट खर्च नगर्दा पनि नदी स्वच्छ बनाउने काम हुन नसकेको खरेलको भनाइ थियो । चलचित्र निर्देशक मोहन निरौलाले वाग्मती प्रदूषित गर्नमा पहिलो जिम्मेवार सरकार त्यसपछि नगरपालिका रहेको ठोकुवा गरे  । 

Vianet communication
Laxmi Bank

नदी अतिक्रमणमा नेता र प्रशासक दुवै संलग्न भएको निर्देशक निरौलाको भनाइ थियो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक नवल खड्का लगायतले नगरपालिकाले घरको नक्सा पास गर्दा ढल कहाँ हाल्ने भन्ने ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए । 

चलचित्रकर्मीको भनाइपछि अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले नाम अधिकार सम्पन्न भनिए पनि सानातिना कामका लागि पनि अन्य निकायको मुख ताक्नुपर्ने अवस्था रहेको बताए  । यसको अन्त्यका लागि समितिले कानूनको मस्यौदा गरिरहेको उनले भनाइ थियो । 

सो अवसरमा समितिका आयोजना प्रमुख आशीष घिमिरे र उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले हालसम्म भएका गतिविधिका बारेमा प्रकाश पारे  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x