रसुवागढी नाका हुँदै चीन गएका दक्षिण कोरियालीको मृत्यु

जेठ ११, २०७५

रसुवा, ११ जेठ - तिब्बतको छोइउ हिमाल आरोहण गर्न गएका एक दक्षिण कोरियालीको चीनमा मृत्यु भएको छ । 

जिल्ला कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा ३० वर्षीय पार्क सिङयोङ छन् । उनी गत वैशाख ३० गते रसुवागढी नाका हुँदै चीन गएका थिए । उनको शव आज सदरमुकाम धुञ्चे ल्याई काठमाडौँ  लगिएको छ । 

जेठ ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस