×

NMB BANK
NIC ASIA

कांग्रेसले औँल्यायो केपी ओलीका १२ कमजोरी

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ जेठ - प्रमुख प्रतिपक्षी कांग्रेसले केपी ओली नेतृत्वको सरकारका सय दिनको समीक्षा गर्दै १२ कमजोरी औँल्याएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सयदिने समीक्षा भिडियोमार्फत सार्वजनिक गरेका हुन्,आजको नयाँ पत्रिकाले खबर छापेको छ  । 
१. सांसद पदको शपथ नगरी प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ गर्न मिल्थ्यो ? यो नैतिक र राजनीतिक प्रश्न उठाउन त म चाहन्नँ, तर शपथग्रहण गर्दा देश र जनता वा भगवान् कसैको नाममा पनि गर्न नपर्ने ? विसंगति यहीँबाट सुरु भयो ।

Muktinath Bank

२. नेपालको संविधानको धारा ८६ उपधारा (२) ख बमोजिम तत्कालीन सरकारले राष्ट्रिय सभामा मनोनयनका लागि गरेको सिफारिसलाई अनधिकृत रूपमा राष्ट्रपतिबाट भएको अस्वीकारका पछाडि सरकारको मनोवैज्ञानिक दबाब र प्रेरणाले काम गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३. ‘अति शक्तिले अति भ्रष्ट बनाउँछ’ भन्ने मान्यता छ । यसलाई स्मृतिमा नराख्नु यो सरकारको तेस्रो विसंगतितर्फको यात्रा हो । एकातर्फ संघीयतमा मुलुक जाने, शक्तिको विन्यास मुलुकले लिने अनि अर्कोतर्फ प्रधानमन्त्री कार्यालयले राजस्व अनुसन्धान, सम्पत्तिको शुद्धीकरणलगायत निकायलाई गाभ्नेतर्फ लाग्नु अर्को विसंगतिपूर्ण कदम हो ।


Advertisment
Nabil box
Kumari

४. नेपाली कांग्रेसको पहलमा संविधान संशोधनको विषय अगाडि आउँदै गर्दा यो राष्ट्रघात हो भनेर करार गर्ने पार्टीकै नेतृत्वले सरकारको नेतृत्व गर्दै गर्दा संविधान संशोधनको प्रस्ताव स्वीकार ग¥यो, हामीले स्वागत ग¥र्यौँ । संविधान संशोधनको प्रस्ताव ल्याउने भन्नुभयो, तर नल्याउने, अल्मल्याउने काम भयो । यसलाई सत्ताको बार्गेनिङ चिप्सको रूपमा प्रयोग गर्नुभयो ।

Vianet communication
Laxmi Bank

५. पाँचौँ विसंगति श्वेतपत्र हो । नयाँ सरकार गठन भइसकेपछि मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दा नकारात्मक सूचकलाई मात्रै प्रस्तुत गरियो । मुलुकको अर्थतन्त्र धराशयी छ, ढुकुटी रित्तो छ भन्ने ढंगले प्रस्तुत गरियो । जब कि मुलुकको अर्थतन्त्र धराशयी थिएन । यसको पुष्टि सरकारको नीति तथा कार्यक्रमले गरेको छ । दोहोरो अंकको आर्थिक वृद्धि कुन अर्थतन्त्रको जगमा भएको हो ? ढुकुटी रित्तो थिएन, तर निराशाजनक चित्र प्रस्तुत गरियो ।

६. कुनै मुलुकको सर्वोच्च न्यायालयलाई नेतृत्वविहीन राख्न मिल्छ ? सय दिन गुज्रिँदा पनि सरकारले प्रधानन्यायाधीशको नियुक्तिको टुंगो लगाउन नसक्नु सरकारले न्यायालयलाई गरेको अन्याय हो ।

७. कर्णाली प्रदेशबाहेक अरू प्रदेशको नामकरण अझै हुन सकेको छैन । प्रदेशका मुख्यमन्त्रीले ‘आसन पायौँ शासन पाएनौँ’ भनिरहेका छन् । केन्द्रसँग भीख माग्नुपर्ने, प्रदेशलाई सशक्तीकरण गर्न कार्यक्रम नल्याउने, पर्याप्त बजेटको तर्जुमा गर्न नसक्नु अर्को विसंगति हो ।

८. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभयो । अतिथिलाई सत्कार र सम्मान ग¥यौँ, यो अलग पाटो छ । तर, उहाँ आउँदा जुन चित्र, चरित्र जसरी प्रस्तुत भयो, राष्ट्रवादका सन्दर्भमा हिजो उग्र रूपमा व्यक्त गरिएका सबै अभिमतलाई खण्डित गरेको छ । चुनावमा जानुअघि उग्र हुने, तर सरकारमा पुगेपछि त्यसलाई विसर्जित गर्ने ?

९. कर्मचारीको शासन स्थायी सरकार मानिन्छ । मनोबल बढाउनुपर्नेमा सरकारबाट उनीहरूको मनोबल उठाउनेभन्दा गिराउने गरी भूमिका गरेको छ ।

१०. केही समयअघि प्रधानमन्त्रीले भन्नुभयो, कांग्रेस प्रतिपक्षी दल होइन । यो त पहिले सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनेको जस्तो भयो । यस्तै मानसिकता प्रधानमन्त्रीमा देखिन्छ । प्रधानमन्त्रलाई सबै नेपाली कम्युनिस्ट, सबै कम्युनिस्ट नेपाली भन्ने लाग्यो होला । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दल रहन्छ ।

११. चुनावको मैदानमा जाँदै गर्दा उहाँहरूले भन्नुभएको थियो, हाम्रो सरकार बनेपछि अत्यावश्यक वस्तुको मूल्य घटाउँछौँ वा नियन्त्रण गर्छौँ । तर, सरकारको व्यक्तित्वले सगरमाथाको उकालो लियो कि लिएन थाहा छैन । तर, आज बजारमा अति आवश्यक वस्तुको मूल्यले ‘घनघस्याको उकालो’ काट्न लागेको अवस्था छ ।

१२. नीति तथा कार्यक्रम सार्वजनिक गरियो । यसमा नीति छ, राम्रो छ । तर, कार्यक्रम शून्य छ । नीतिमा कसरी पुग्ने भनिएको छैन । नीति तथा कार्यक्रम पाँच वर्षका लागि भनिएको छ, तर एक वर्षको कार्यक्रम नै बिर्सिएको छ । यो विसंगति हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x