×

NMB BANK
NIC ASIA

एक शैक्षिक सत्रमै झण्डै ६० विद्यार्थीले विद्यालय छाड्छन्

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर, १२ जेठ-  सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने गरेका छन् । 

शैक्षिक सत्रको शुरुमा भर्ना भएका विद्यार्थीमध्ये काठमाडौँ उपत्यका बाहिर घर हुनेहरु घर गएर नफर्कँदाबीचमा विद्यालय छाड्नेको संख्या बढेको छ । तीन वर्ष पहिले भने झण्डै बीचमा विद्यालय छाड्ने विद्यार्थीको संख्या ९० जनासम्म पुगेको थियो । 

वैशाखमा भर्ना भएका जम्मा विद्यार्थीमध्ये चैतसम्ममा ५० देखि ६० जनासम्म कम हुने गरेको विद्यालयकी शिक्षिका मुना शर्माले बताउनुभयो । काठमाडौँ उपत्यकाका नगर क्षेत्रका अरु विद्यालयमा जस्तै सो विद्यालयमा स्थानीय विद्यार्थी छैनन् । आसपासका क्षेत्रमा अरुका घरमा काम गर्ने घरेलु कामदार बालबालिका सबैभन्दा बढी छन् । उहाँ भन्नुहुन्छ, “घरधनीले ल्याएर भर्ना त गर्छन् तर उनीहरु कति समयसम्म पढ्छन् भन्ने टुंगो हुँदैन ।” 

सो विद्यालयबाट बाहिर निस्केका विद्यार्थी आफ्नो गाउँका विद्यालयमा गएर पढ्छन् वा पढ्दैनन् भन्ने जानकारी विद्यालयसँग हुँदैन । विद्यालयले एक–दुई पटकसम्म विद्यार्थी किन नआएको भन्ने खोजी गर्छ । बालबालिकालाई काममा राख्ने घरधनीलाई पनि घर गएको बाहेक अरु जानकारी नहुने अर्की शिक्षिका राज्यलक्ष्मी अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले पनि घरसम्मबाट पत्ता लगाउन सक्दैनौँ ।” 

अधिकांश घरेलु कामदार बालबालिका साथीभाइको लहैलहैमा काठमाडौँ आएका हुन्छन् । दशैँम घर जान पाएपछि कतिपय बालबालिका फर्किएर नआउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कतिपयले पहिले नै घर जाने योजना हामीलाई सुनाउँछन् ।” काम गर्न बसेको घरमा नराम्रो व्यवहार हुँदा अधिकांश बालबालिका फर्किएर विद्यालय नआएका हुन् । 

कतिपय सुकुम्बासी बस्तीका वा मजदूरी गरेर जीविकोपार्जन गर्नेका सन्तान सो विद्यालयमा अध्ययनरत रहेको शिक्षिका अर्याल बताउनुहुन्छ । अभिभावकले आसपासका क्षेत्रमा काम गर्दा विद्यालयमा भर्ना भएका बालबालिका अभिभावकले अन्यत्र काम पाउँदा अन्तै सर्छन् । कतिपयले भने डेरा जता स¥यो उतै पढ्ने गर्छन् । उहाँले भन्नुहुन्छ, “त्यसैले पनि विद्यालयमा कतिपय विद्यार्थी विद्यालय छाड्ने र नयाँ विद्यार्थी भर्ना हुन आउने भइरहन्छ ।” 

विद्यालयका माथिल्ला कक्षाभन्दा तल्ला कक्षाबीचमा पढाइ छाड्ने बढी पाइएको शिक्षिका शर्मा बताउनुहुन्छ । सबैभन्दा बढी कक्षा ५ सम्मका विद्यार्थीबीचमा विद्यालय छाड्छन् । विद्यालयका माथिल्ला कक्षामा पुगेपछि भने काम गरेको घरमा नराम्रो व्यवहार हुँदा पनि पढ्छु भनेरै बस्ने विद्यार्थी धेरै छन् । उहाँ भन्नुहुन्छ, “आठ÷नौ पुगेका विद्यार्थीमा अब एक÷दुई वर्ष त हो मेहनत गरेर पढ्छु, त्यसपछि घर फर्कन्छु वा अरुतिर जान्छु भन्ने हुन्छ ।” अरुको घरमा काम गरेर पनि मेहनत गरी पढेका विद्यार्थी धेरै भेटिन्छ । 

बीचमा विद्यालय छाड्नेमा छात्राभन्दा छात्रको संख्या बढी छ । केटाहरु विद्यालय छाडेर कोही घर फर्कन्छन् । उमेर अलि भएका भारतलगायत देशमा रोजगारीका लागि जाने शिक्षिका अर्यालले बताउनुभयो । केटाजसरी केटीहरु एक्लै घर फर्कन पनि आँट गर्दैनन् । उहाँ भन्नुहुन्छ, “छात्राहरु विद्यालय नआउन पनि दशैँ नै कुरेर बस्छन् ।” 

अरु सामुदायिक विद्यालय जसरी यो विद्यालय पनि आर्थिक रुपमा विपन्नका विद्यार्थी पढ्ने विद्यालय बनेको छ । अभिभावकलाई चासो कम हुने विद्यार्थी छन् । घरेलु कामदार विद्यार्थीका घरधनी बालबालिकाको पढाइको अवस्थाका बारेमा बुझ्न आउँदैनन् । आमाबाबुसँग बस्ने विद्यार्थीको पनि अभिभावक विद्यालय आउन चाहँदैनन् । शिक्षिका शर्मा भन्नुहुन्छ, “अभिभावकसँग सल्लाह गरेर विद्यार्थीका लागि केही गर्न पाउँदैनौँ ।” 

यहाँ अध्ययनरत घरेलु कामदार विद्यार्थीमध्ये कतिपय यी वर्षमा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाले लगेका छन् । विद्यालयमा आएर विद्यार्थीलाई हिंसा नसहन र हिंसा हुँदा फोन गर्न संस्थाले नम्बर दिएको शिक्षिका अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिंसामा परेका बालबालिका अहिले सजग भएर फोन गरेर आफैँ संस्थासमेत जान्छन् ।” 

विद्यार्थी टिकाउनका लागि विद्यालयले संस्थाको सहयोगमा खाजा, शैक्षिक सामग्रीलगायत कुरा निःशुल्क शुरु गरेको छ । विद्यालयमा अहिले झण्डै ३०० विद्यार्थी अध्ययनरत छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x