×

NMB BANK
NIC ASIA

नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ, १२ जेठ- बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । 

नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । 

वडा नं २ को शिवधारा चोकबाट त्यस्ता संरचना हटाउन शुरु गरिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने उहाँको भनाइ छ । “मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,” उहाँले भन्नुभयो, “स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको छ ।” सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको उहाँको भनाइ छ । 

शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम रु ३४ लाखको लागतमा गर्न लागिएको छ । सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ ।

Sagarmatha Cement
Muktinath Bank

“नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,” नगरप्रमुख पौडेलले भन्नुभयो, “अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।” शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उहाँको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x