यहाँ हुन्छ दुराचारी कंसको पूजा !

जेठ १२, २०७५

मथुराका राजा कंस खराब शासक थिए । प्रजामाथि अत्याचार गर्ने र विरोधीमाथिको दमनको उसको शासनको शैली थिए । कंस पूर्णरुपमा आत्मकेन्द्रित थिए जसका कारण उनले आफ्नो बुवा, बहिनी तथा ज्वाइलाई पनि जेलमा हालेका थिए । 

सत्ता हासिल गर्नका लागि कंसले आफ्नो बुबालाई बन्दी बनाए । देवकी तथा बासुदेवको विवाहको समयमा भएको भविष्यवाणीका अनुसार देवकीको आठौं सन्तान नै मृत्युको कारण बन्ने थियो । जसका कारण आफ्नी बहिनी जसलाई निकै माया गर्दथ्यो उनलाईसमेत कैदमा राख्यो । 

तर नियतीले पहिल्ये नै निर्धारण गरे अनुसार नै सबै भयो । देवकी तथा वासुदेवको आठौं सन्तानको रुपमा नै भगवान विष्णुले अवतार लिए तथा कृष्णको रुपमा मोहक अवतारमा उनले दुराचारी कंसको अन्त गरेका थिए ।

कंसलाई चिन्दा अत्याचारी, दुराचारी, शोषक जस्तो विशेषण जोडिएको छ तर यसका बाबजुद पनि कंसको पूजा हुँदै आएको छ । 

भारतको लखनउ को हरदोइ तर्फ जाँदै गर्दा एक ठूलो मुर्ति देख्न पाइन्छ । तपाईले यति ठूलो मुर्ति दूराचारीका रुपमा व्याख्या गरिएका कंसको हो भन्ने अनुमान नै गर्न सक्नु हुन्न ।

स्थानीय मानिसका अनुसार पीढि दरपीढि देखि कंसको मूर्तिको पूजा भइरहेको छ । जुन परम्परा आज पनि जारी छ । 
 

जेठ १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस