×

NMB BANK
NIC ASIA

हिरोइनदेखि पत्रकारसम्मकाे र्‍याम्प !

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन टू’ सम्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चर्चित सेलिब्रिटीदेखि पत्रकारसम्मलाई र्‍याम्पमा हिँडाइएको फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसियल हाउसले ‘फेशन सवैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुष्मा महराले ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गरेको बताइन् ।

Vianet communication
Laxmi Bank

उनले भनिन्, ‘यसपल्ट हामीले समय सान्दर्भिक फेशनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गरेका थियौं ।’ फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेशन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाह बताउँछन् । उनी भन्छन्, ‘फेशन हिरो-हिरोइन र मोडलले गर्ने कुरा हो भन्ने मान्यता छ । तर, सवै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरु आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ । यो फेशन शोबाट त्यही सन्देश प्रवाह गर्न खोजेका हौं ।’

कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेशन सवैका लागि उत्तिकै जरुरी भएको बताए ।

फेशनले स्वस्थ रहन सघाउने बताउँदै उनले भने, ‘आफ्नो पेशा अनुसारको फेशन सेन्स सवैमा हुन जरुरी छ । फेशनमा कन्सियस हुनेहरु स्वास्थ्यप्रति पनि कन्सियस हुन्छन् ।’ फेसियल हाउसले यसपल्ट फेशन शोका लागि मोडल मात्रै नभइ रोलमोडल पनि छानेको थियो । समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतारेको थियो ।

चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत र्याम्पमा उत्रिएका थिए । यसैगरी पहिलोपल्ट पत्रकारहरुलाई पनि र्याम्पमा उतारिएको थियो ।

चर्चित ट्याबलोइड पत्रिका शुक्रवारका सम्पादक केपी ढुंगाना, नेपाल लाइभ डटकम तथा स्वास्थ्य खबरपत्रिकाका समाचार सम्पादक डिबी खड्का, पत्रकार तथा फिल्म निर्देशकहरु सुव्रत आचार्य, नयाँ पत्रिकाका लक्ष्मण सुवेदी, मेरोफिल्म डटकमका दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकाहरुलाई पनि र्याम्पमा उतारिएको थियो। उक्त कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउतलगायतका गायक गायिकाले आफ्नो प्रस्तुति पस्केका थिए ।

फेसियल हाउसले वर्षौंदेखि सवै प्रकारका व्यक्तित्व, सवै क्षेत्र र सवै पेशाकर्मीहरुलाई सुन्दर बनाउँदै आएको छ । त्यसैले फेसियल हाउस सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र मेकअपबाट जोकोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यतालाई यस शोबाट पुष्टी गर्ने बताइएको छ । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देब, एनि र मेकअप चन्द्र लामा / नीलम र हेयर डिजाइनमा बिगेन तामाङ रहका थिए । कार्यक्रममा मुख्य प्रायोजन फेसियल हाउसले गरेको हो । सह प्रायोजन क्वेस्ट लाइफ स्टाइल, हिट्को प्रालि, अशोक कार्वन, श्रीनाथ कलेक्सन, एफक्यान, बोता मोमोले गरेका हुन् ।

टिपाज कलेक्सन, कर्पोरेट, ह्वाइट मिडिया, आर्यन डिजाइन र तस्बिर स्टुडियोले सहयकार्य गरेका छन् । ‘फेशन ट्रेड सिजन वान’ पोखरामा भएको थियो । नेपालमै पहिलोपल्ट तीनमहिनासम्म हरेक शुक्रबार पारेर पोखरामा आयोजना गरिएको उक्त फेशन शो पोखरेली माझ चर्चित बनेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x