×

NMB BANK
NIC ASIA

उपत्यकामा फोहरको थुप्रो, ३५ मेट्रिक टन फोहोर उठाइयो

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ जेठ - उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

Muktinath Bank

वाग्मती सफाइ महाअभियानको २६३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत संस्थाका गरी ३७५ भन्दाबढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिनुभयो । 


Advertisment
Nabil box
Kumari

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा चीनका लागि नेपाली राजदूत एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियन्ताको सहभागिता थियो । 

Vianet communication
Laxmi Bank

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२४औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको वडा नं २ र ४ को सीमा भएर बग्ने कोलमती खोलामा गरियो । 

सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्ने गरी नदी किनारमा थुपारियो । कुहिने फोहर खाडल खनेर पुरियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशीष घिमिरेसहितको समूहसमेत सहभागी हुनुभयो । मुहानबाट नै नदी सफा गर्ने अभियानमा सक्रिय रहने अध्यक्ष बस्नेतले सो अवसरमा बताउनुभयो । आगामी शनिबार २२५औँ हप्ताको सफाइ वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलमा गरिने अभियन्ता पुडासैनीले बताउनुभयो । 

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर २०० भन्दाबढीको सहभागिता थियो । यस क्षेत्रको सफाइमा पनि स्थानीयवासी नगण्यरुपमा मात्र उपस्थित भए । उपस्थित भएकाले पनि नदीको पुलमा बसेर सफाइ गरेको हेरेको दृश्य देखिन्थ्यो । 

रुद्रमती सफाइको २१८औँ हप्तामा रातोपुल–कालोपुल–सिफलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमै फोहर फाल्ने सिफल क्षेत्रका चार घरलाई प्रहरी बिट रातोपुलले पुर्जी काटेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । 

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, केही विद्यालयलगायतको संस्थागत सहभागितासहित २०० भन्दाबढी अभियन्ताको सक्रियता थियो । 

विष्णुमती सफाइ अभियानको १९०औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ स्थित सिद्धेश्वर क्षेत्रमा जनचेतनामूलक सफाइ गरियो । आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता बिजेन लामाले जानकारी दिनुभयो । 

सफाइमा नेपाली सेना, दुवै प्रहरी संगठनलगायत ३५० भन्दा बढी अभियन्ताको सक्रियता थियो । आज तीनवटा विद्यालयका बालबालिकासहित शिक्षक शिक्षिकाको पनि सफाइमा सक्रियता थियो । 

मनोहरा नदी सफाइको ६१औँ हप्तामा आज काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी तरकारी बजार क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले जानकारी दिनुभयो । सफाइमा १०० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो । 

चक्रपथ सफाइको ५९औँ हप्तामा एयरपोर्टबाट सिनामंगलसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, काठमाडौँ उपत्यका विकास प्राधिकरणलगायत गरी ४५० भन्दाबढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । आजको सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

उपत्यका विकास प्राधिकरणले चक्रपथ सफाइ अभियानसँगै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१/३१ मिटर चौडाइमा बनेका संरचना हटाउन नापजाँच शुरु गरेको इञ्जिनियर देवेन्द्रप्रसाद साहुले जानकारी दिनुभयो । चक्रपथ आठ लेनमा बिस्तार गर्दा पुग्ने गरी नापजाँच भइरहेको उहाँले बताउनुभयो । 

सिनामंगल चोकमा लामो समयदेखि थुपारिएको फोहर आजको चक्रपथ सफाइका क्रममा उठाइयो । यो क्षेत्रमा अझै फोहर बाँकी रहेकाले अर्को हप्ता पनि यहीँ सफाइ गरिने चक्रपथ सफाइ अभियानले जनाएको छ । तिलगंगा क्षेत्र सफाइको १६५औँ हप्ताको कार्यक्रम पनि चक्रपथ सफाइसँगै भएको थियो । 

काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५९औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमीला पौडेलले जानकारी दिनुभयो । आलोकनागर सफाइ गर्दै जनचेतनामूलक अभियानसहित कोटेश्वर महादेवस्थान पुगी वाग्मती सफाइ महाअभियानमा सहभागी भएको उहाँले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर उठाइयो । 

चक्रपथ बाफल खण्ड सफाइको ४१औँ हप्तामा स्युचाटारबाट बाफल पुल क्षेत्रसम्म सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ । 

उपत्यकाका धेरै स्थानमा गरिएको सफाइको फोहर आज उठ्न सकेको छैन । सिस्डोलमा फोहर लैजान समस्या भएकाले फोहर सडकमै थुपार्न बाध्य हुनुपरेको सफाइ अभियानकर्मीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x