×

NMB BANK
NIC ASIA

अब वन कानून तोडेर उद्योग स्थापनामा लाग्छौं : मुख्यमन्त्री भट्ट

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, १२ जेठ-प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले वनसंग सम्बन्धित प्रचलित कानूनी जटिलताले गर्दा औद्योगिक विकास हुन नसकेको जिकिर गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘वन सम्बन्धी कानून अति जटिलता छ, कि प्रक्रिया पूरा गर्नमै समय ब्यातित हुन्छ । अब उद्योग खोल्नमा कानून बाधक बन्नु भएन । वनको कानून रोक्छ भने हामी तोड्छौ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राकृतिक स्रोत साधनको उपभोगबाटै समृद्धि तथा आर्थिक विकास हासिल गर्न सकिने सम्भावना भएपनि वनमा आधारित उद्योग स्थापनामा कानूनी जटिलता रहेको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

‘कानून अति जटिल छ कि, कानून प्रयोग गर्नै सक्दैन । फलतः यहाँ उद्योग खोल्ने मान्छे पैसाको लेनदेन सुरु गर्छ’, उनले अगाडी भने–‘हामी फर्निचर अरुबाट किन्ने अवस्थामा छौ तर फर्निचर उद्योग खोल्न सकिने परिस्थितिमा छैनौ । अब हामी नयाँ संरचनामा छौ, कस्तो कानून बनाउन चाहान्छौ, त्यसमा हामी सबैले साझा रुपमा जान चाहान्छौ ।’

Vianet communication
Laxmi Bank

त्यस्तै, मुख्यमन्त्री भट्टले नोकरी नै गर्नुपर्ने दरिद्र मानसिकताको कारणले पनि देशमा औद्योगिक विकास हुन नसकेको बताए । साथै दातृ संस्थाले पैसा र तालिम दिएसम्म काम गर्ने, नदिए काम नगर्ने मानसिकताको कारणले पनि उद्योग फष्टाउन नसकेको उनले दाबी गरे ।

जसको लागि शिक्षा प्रणालीलाई रुपान्तरण गरी वैज्ञानिक र व्यावसायिक शिक्षा प्रणाली अप्नाउनुपर्ने मुख्यमन्त्रीको जोड थियो । त्यस्तै, प्रदेश नं. ७ कि उद्योग मन्त्री माया भट्टले राजनीतिक क्रान्ति पूरा भैसकेकोले अब हुने क्रान्ति नै औद्योगिक र आर्थिक क्रान्ति रहेको बताइन् ।

जसको लागि जनमैत्री कानून बनाएर अगाडी बढ्नुपर्ने उनको जोड थियो । मेडेपको प्राविधिक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा भएको सो गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि औद्योगिक, उद्यमशिलता विकास र लघु उद्यम विकास मोडल सम्बन्धी कार्यक्रममा प्रदेश नं. ७ स्थित स्थानीय तहका जनप्रतिनि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x