×

NMB BANK
NIC ASIA

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ जेठ - गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो । 

Muktinath Bank

यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ । बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु भत्कायो र त्यसको साक्षी राखेको थियो अमेरिका, चीन, बेलायत, दक्षिण कोरियालगायतका पत्रकारहरु । ती पत्रकारले उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काएकोे आवाज सुनेको, देखेको समाचार सम्प्रेषण गरे । तर यस लगत्तै अमेरिकाले भने यस्तो घोषणा गर्यो जसलाई कोरियाले नमिठो मानेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएपछि उत्तर कोरियाले भनेको छ—हाम्रो इमान्दारिता र सदासयतालाई कमजोरीका रुपमा लिइयो, दक्षिण कोरियासँगको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि त्यस सम्झौता बमोजिम नै हामीले काम गरिरहेका छौँ तर दक्षिण कोरिया र अमेरिकाले हाम्रोमात्र दोष देखेका छन्, हाम्रो लचकतालाई महत्व दिएनन् । 


Advertisment
Nabil box
Kumari

कोरियाको तर्क किन पनि सत्य हो भने गत अप्रिल २७ मा दुई कोरियाबीच यस्तो ऐतिहासिक भेट र सम्झौता भयो कि जुन यी दुई देश सन् ६५ वर्षअघि टुक्रिएपछि राष्ट्रपतिस्तरमा यसरी कहिल्यै भेटेका थिएनन् । अकस्मात विकसित कूटनीतिक सम्बन्धको यसरी विकास भयो कि यसमा उत्तर कोरियासमेत आणविक अस्त्र उत्पादन रोक्नेमात्र नभएर दुई कोरियाले युद्ध अन्त्यसम्मको सम्झौता गरे । यसलाई महत्वपूर्ण उपलिब्धका रुपमा विश्वव्यापी लिइयो । त्यसयता पनि दुई देशबीच उच्चस्तरका भेटवार्ता भएको छ र परिस्थिति सौहार्द बन्दैछ । 

Vianet communication
Laxmi Bank

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको थियो । सो वार्ताप्रति दुवै देश बडो इच्छुक पनि थिए । त्यस वार्ताको मिति तय गर्नुअघि अमेरिका र उत्तर कोरिया तथा दक्षिण कोरियाका उच्चस्तरीय भेटवार्ताहरु भए । राष्ट्रपति ट्रम्पले त्यस भेटमा अभूतपूर्व प्रगति हुने कुरा पनि समय समयका ट्वीटहरुबाट आएका थिए । उता उत्तर कोरियाको वार्ताप्रतिको अग्रसरता पनि शब्दमा निकै देखिएको हो, तर यसले सार्थकता पाउन भने सकेन । 

ठीक महिनादिन अघि दुई कोरियाबीच शिखर वार्ता शान्ति भएपछि अमेरिकासँगको पनि वार्ताको कुरा सुरुभयो । वार्ताको प्रस्ताव सुरुमा अमेरिकाले राख्यो, उत्तर कोरियाले स्वीकार गर्यो । राष्ट्रपति ट्रम्पका सुरु सुरुका ट्वीटहरु हेर्दा लाग्दथ्यो यी दुई देशबीचको आधा शताब्दि लामो सत्रुताको अब छिट्टै अन्त्य हुदैछ । वातावरण करिब महिनादिनसम्म त्यस्तै पनि रह्यो । 

तर पछिल्लो हप्ता भने अनायासै प्रस्तावित वार्ताबारे नकारात्मक समाचारहरु आउन थाले । उत्तर कोरियाले दक्षिणमा जारी रहेको अमेरिकासँगको संयुक्त सैन्य अभ्यास तुरुन्त रोक्न आग्रह गर्यो । उत्तरले भन्यो— उक्त सैन्य अभ्यास रोकिएन भने आपूmले दक्षिण तथा अमेरिकासँगै पनि वार्ता गर्दैनौँ । उत्तर कोरिया हप्ता दिनअघिको दक्षिण कोरियासँगको मन्त्रिस्तरको बैठकमा अनुपस्थित भयो । र उसले भन्यो, यदि सो सैन्य अभ्यास रोकिएन भने अमेरिकासँग पनि वार्तामा बसिँदैन । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गएको बुधबार उत्तर कोरियामाथि एउटा ठूलो आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, वार्तामा बस्ने त होइन कि उत्तर कोरियाको हालत लिबियाको जस्तो हुनुपर्छ । उहाँको आसय थियो लिबियाका पूर्व शासक माउमर गद्दाफिजस्तै उत्तर कोरियाको पनि हालत हुनेछ । वार्ताको वातावरण तयार भइरहेका बेला अकस्मात पेन्सबाट आएको यस अभिव्यक्तिप्रति उत्तर कोरिया आक्रोसित भयो । उसको आक्रोसले अमेरिकालाई पनि क्रुद्ध बनायो । तर यो गल्ती आफ्नो होइन भन्छ उत्तर कोरिया । यसरी वार्ताका लागि बनेको वातावरण एकपछि अर्काेगरी विथोलिँदै गयो । 

सिंगापुरमा हुने वार्ताप्रति अमेरिका र कोरियाहरु मात्र नभएर विश्व नै बढी उत्सुक थियो । विश्वमा आणविक अस्त्रको प्रतिश्पर्धाको त्रास फैलिएको बेला उत्तर कोरिया नै शान्तिका लागि तयार भएको खबरले झन एसियाली क्षेत्र र अझ बढी दुवै कोरियाली नागरिकमा शान्तिको आशा छाएको थियो । अझ कोरियाली नागरिकमा त करिब ६५ वर्षअघि छुट्टिएको पीडालाई एकै कोरिया भएर आफ्ना परिवारका छुट्टिएका सदस्यहरुसँग बाँकी समय बिताउन पाइएला कि भन्ने झिनो आशाले पनि छोएको थियो । तर त्यो आशामा बिहीबार अकस्मात तुषारापात भएको महसुश उनीहरुको छ । 


सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकोले एकै परिवारका सदस्यहरु पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नुपरिरहेको पीडालाई कम गर्नसके हुन्थ्यो भन्ने कामना गरिरहेका छन् । 


कोरियामा विकसित नाटकीय परिवर्तनले संसारमा नै सकारात्मक तरङ्ग भने ल्याएको छ । र उत्पन्न यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्मै शान्तिको आशाको सञ्चार भएको छ । बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाई बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्दको रुप लिन सकोस भन्ने मनोकांक्षा यतिखेर विश्व र अझबढी त कोरियाली नागरिक छन् । 

वार्ता रोकिएको पत्र बिहीबार राष्ट्रपति ट्रम्पले उत्तरका नेता किमलाई पठाउनुभएको छ । पत्रमा धेरै कटुता छैन । उहाँले लेख्नुभएको छ, तपाईँहरुतर्फको आक्रोस र दुस्मनीको भावले गर्दा यो शिखर बैठक जुन १२ मा नगर्नेमा अमेरिका पुगेको छ तर वार्ता सधैँलाई स्थगित होइन । अनि उहाँले नेता किमलाई फोन गर्नु पनि भन्नुभएको छ । फेरि त्यस पत्र पढिसकेपछि उत्तरका नेता किमले पनि आफूहरु अमेरिकासँग जुनसुकै समय पनि वार्तामा बस्न तयार छौँ भन्नुभएको छ । 

अमेरिका अझै पनि केही शर्त उत्तर कोरियाले पूरा गर्नुपर्छ भन्छ तर उत्तर कोरिया आफूले गर्नुपर्ने भन्दा बढी गरेका छौँ भन्छ । शान्ति सम्झौता बमोजिम नै अणु अस्त्रको उत्पादन नगरेको तथा परीक्षणस्थल पनि भत्काएको तर यसको मूल्यांकन नभएको उत्तर कोरिया बताउँछ । तर पनि यतिखेर विश्वको चासो र खोजीको विषय हो— अमेरिका कोरिया वार्ता किन भाँडियो र कहिले हुन्छ ? यी हरेक प्रश्नले शिखर वार्ता र कोरियाली प्रायद्धीपमा शान्ति खोजेको छ । -

विभिन्न एजेन्सीको सहयोगमा/एकराज पाठक  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x