×

NMB BANK
NIC ASIA

विराटनगर–पोखरा हवाई उडान शुरु गर्ने तयारी

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १२ जेठ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । 

Muktinath Bank

विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुुई विमान कम्पनी तयार रहेको जानकारी दिनुभयो । 


Advertisment
Nabil box
Kumari

उहाँले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन गरी विराटनगरबाट नै हिमाली अवलोकन उडान केही दिनभित्रमा शुरु हुने विश्वास दिलाउनुभयो । 

Vianet communication
Laxmi Bank

मन्त्री अधिकारीले मुलुकको व्यापार घाटा कम गर्न तथा यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत हेलेसी, पाथीभरालगायत धार्मिक क्षेत्रमा भ्रमण गराउने कार्यमा आफ्नो सहयोग हुने बताउनुभयो । उहाँले तेस्रो देश तथा छिमेकी पाहुनाको सहज, सरल र सुविधायुक्त बसोबासका लागि विराटनगरमा ६÷७ वटा पाँच तारे होटल खोल्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले विराटनगर भन्सार क्षेत्रमा भवनको व्यवस्था भएमा यस क्षेत्रमा अस्थायी रुपमा अध्यागमन कार्यालय खोल्न सकिने बताउनुभयो । मन्त्री अधिकारीले काठमाडौँमा हवाई ट्राफिक धेरै भएकाले थप विमानलाई अन्य ठाउँमा राख्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै राष्ट्रिय विमानस्थल नीति बनाएपश्चात नै नयाँ विमानस्थलको निर्माण कार्य हुने बताउनुभयो । 

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर विमानस्थललाई २० वर्षे सोचका साथ विस्तार गर्नुपर्नेमा जोड दिँदै यहाँबाट हिमाली उडान भएमा भारतको विहार, पश्चिम बंगाल र उत्तर प्रदेशलगायत क्षेत्रबाट अत्याधिक भारतीय पर्यटक आउने धारणा व्यक्त गर्नुभयो । 

सांसद भानुभक्त ढकालले यस क्षेत्रको धार्मिक पर्यटक क्षेत्रलाई पर्यटकमैत्री बनाउनुका साथै यहाँबाट प्रदेशका सबै क्षेत्रमा उडान हुनुपर्नेमा जोड दिनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम परालुलीले विराटनगर विमानस्थलको रनवे विस्तारमा सहयोग रहने उल्लेख गर्दै यहाँबाट लुक्ला हवाई सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विमानस्थल आवतजावतका लागि चाँडै नै नगर बस सञ्चालन गरिने बताउँदै अधिकरण गरिएको जग्गाको काम ९९ प्रतिशत सम्पन्न भएको बताउनुभयो । 

अन्तरक्रियामा पूर्वसांसद ऋषिकेश पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले विराटनगर विमानस्थल विस्तार गरी यहाँबाट सबै प्रदेशका साथै भारतीय यात्रुलाई आकर्षित हिमाली उडान गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले विराटनगर विमानस्थलबाट बिहान ६ देखि राति १० बजेसम्म उडान अवतरण गर्न सकिने बताउनुभयो । 

सो अवसरमा विराटनगर विमानस्थलको विस्तार र सुरक्षाका लागि विमानस्थल पूर्व अधिकरण गरिएको साँढे चार बिघा जग्गाको मुआब्जाबापतको रु ६८ करोड रकम आगामी असार १ गतेदेखि वितरण गरिने बताइयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x