पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
चितवन, १२ जेठ - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दा फस्र्योट संख्यात्मकभन्दा पनि न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी गर्नुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले आज सौराहामा आयोजना गरेको ‘मेलमिलापको सफलताका लागि न्यायाधीश र मेलमिलापकर्ताहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आमजनताले न्यायको अनुभूति हुनेगरी मुद्दालाई किनारा लाउनुपर्ने बताउनुभयो ।
मेलमिलापको चरणमा एउटा न्यायाधीशले आफूलाई निर्णयकर्ताभन्दा पनि सहजकर्ताका रुपमा प्रस्तुत गर्नु बढी उपयोगी हुने भन्दै उहाँले मेलमिलापकर्ताले पक्षलाई सदैव मेलमिलापमुखी सुझाव दिई अनौपचारिक संवाद र राय सल्लाहका क्रममा प्रोत्साहन दिन सक्ने बताउनुभयो ।
उहाँले मेलमिलापकर्ताका रुपमा दरिएका कानून व्यवसायीको अर्को पक्षको कानून व्यवसायीसँगको सद्नियतपूर्वकको मित्रवत् व्यवहार र सम्बन्धले पनि यदाकदा सकारात्मक भूमिका देखाएको बताउनुभयो । मेलमिलापकर्ताको हकमा व्यावसायिक गुणको चर्चा गर्ने वा बुँदागत रुपमा उल्लेख गर्नेभन्दा पनि कार्यक्षेत्रमा वास्तविकता प्रदर्शन गर्ने ठूलो कुरा भएको भन्दै उहाँले भन्नुभयो, “मेलमिलापको सफलता भन्ने विषय कुनै एउटा दृष्टान्त वा सन्दर्भसँग मात्र सम्बन्धित हुँदैन । यो सापेक्षिक विषय पनि हो ।”
उहाँले थप्नुभयो, “अनुपातका हिसाबमा आधिकाधिक विषयमा मेलमिलाप गराउनसक्नु र ती सबै विषयमा पक्षहरुको पूर्ण सन्तुष्टिसहित विवादको निरुपण गर्न सकेमा सफलतातर्फ उन्मुख मान्न सकिन्छ । यस पक्षबाट विवेचना गर्दा मेलमिलापकर्ताको कस्तो भूमिकाले सफलताको अवस्था सुनिश्चित गर्छ भन्नेमा आज हामी केन्द्रित छौँ ।”
मेलमिलापको सफलताको सन्दर्भ समाजको दीर्घकालीन शान्तिसँग सम्बन्धित रहने भएकाले हामीले मेलमिलापलाई अलि दार्शनिक कोणबाट पनि विवेचना र प्रयोग गर्नुपर्ने भन्दै उहाँले न्यायकर्ताले निर्णायक भएर एउटा विवादको निरुपण गर्नेमात्र नभई विषय र व्यवस्थाको समग्र सैद्धान्तिक पक्षलाई नै गौर गर्नुपर्ने बताउनुभयो ।
जिल्लाहरुमा एकजना न्यायाधीश भएको ठाउँमा न्यायाधीश र स्रेस्तेदारले एकैपटक बिदामा बस्दा सेवाग्राही मर्कामा पर्ने गरेका उहाँले बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका रजिष्टार महेन्द्रनाथ उपाध्याय र उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मेलमिलापबाट हुने सफलताका बारेमा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा मेलमिलापका क्षेत्रमा काम गर्ने न्यायाधीश र मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...