×

NMB BANK
NIC ASIA

मुख्य समाचार : झाडापखालाबाट दाङमा ४ सय बढी बिरामी, नेकपाले टुंगायो संसदीय दलको कार्यविभाजन

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ जेठ– पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पातेटाकुरा गाउँमा झाडापखालाका कारण चार सय बढी बिरामी परेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण बिरामी भएको खबर पाएलगतै शनिबार औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । 

Muktinath Bank

राति अबेरसम्म पनि बिरामी आउने क्रम जारी रहेको र बिरामीहरूको संख्या बढ्न सक्ने शान्तिनगर स्वास्थ्यचौकीका प्रमुख हरि पुनले बताए । स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झाडापखालाका गम्भीर ४० जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठाइएको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित पानीका कारण झाडापखाला लागेको बताए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीले आज सदनमा जवाफ दिने 
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार जवाफ दिने भएका छन् । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए ।

Vianet communication
Laxmi Bank

गत सोमबार राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् । 

नेकपाले टुंगायो संसदीय दलमा कार्यविभाजन
नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंगिएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको  छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो ।

ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् । त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरी हुनेछिन् ।

त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकबारे आइतबार बिहानसम्म दुई अध्यक्षले टुंगो लगाउने बताइएको छ ।

मलेसियाको पुर्व श्रम स्वीकृति बन्द
बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरूका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द भएको छ । श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द गरेको हो ।

योसँगै नयाँ कामदार छनौट प्रक्रिया पनि अबरुद्ध भएको छ । यस विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको जनाएको छ ।

कर्णाली सरकारको सय दिन पूरा
कर्णाली प्रदेश सरकार गठन भएको शनिबार एक सय दिन पुरा भएको छ । सरकारले एक सय दिनभित्र गरेका कामका आधारमा मुल्यांकन गर्ने हो भने काममा सुस्ताता देखिएको छ ।

कर्णालीको समृद्धिका लागि महत्वपूर्ण निर्णय गरिएको दाबी सरकारले गरे पनि सय दिनसम्म पहिलो बैठकमा गरिएका निर्णय नै अलपत्र छन् । सरकारको निर्णय कार्यान्वयनको गति सुस्त भए पनि थोरै तर केही महत्वपूर्ण काम भने गरिएको छ । वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली–रारा पर्यटन वर्ष–२०७५ घोषणा गरियो । 

त्यसैगरी, पूर्वाधार विकासतर्फ कर्णालीलाई छिमेकी मुलुक चीन र भारतसँग जोड्ने त्रिदेशीय सडक निर्माणको काम अघि बढाइएको छ । 

खाद्य पहुँचमा वञ्चित गरे १० वर्ष कैद
सरकारले अत्यावश्यक खाद्य पहुँचमा वञ्चित गरी कसैलाई गम्भीर हानि पुर्याउने काम गरे १० बर्षसम्म कैदको व्यवस्थासहित नयाँ कानुन् प्रस्ताव गरेको छ ।
संवैधानिक प्रावधान अनुसारको खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयनमा सरकारले यस्तो प्रस्ताव गरेको हो । नेपाल कानुन् आयोगले तयार पारेको खाद्य अधिकारसम्बन्धी विधेयक विभागीय मन्त्रालयमा पठाईएको छ ।

प्रस्तावित विधेयक अनुसार खाद्यको पहुँचबाट वञ्चित गरी भोकमरीको स्थिति सिर्जना गरेमा कसुरदातालाई कैदसँगै पाँच लाख रुपैयाँ जरिवाना पनि हुनेछ । 

धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो
काठमाडौँ महानगरपालिकाले धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो ।

धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

३३ बालबालिकाको उद्दार
रुकुममा अवैध रुपमा बालगृहमा राखिएका बालबालिकालाई उद्दार गरी सम्बन्धित जिल्ला फर्काइएको छ । मुसीकोट नगरपालिका– १ बागबजारमा सञ्चालित नरसिङ हिमालय अनाथ बालगृहबाट जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्दार गरिएको हो । 

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । जिल्ला बाल कल्याण समिति रुकुम, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्दार गरी घर फर्काएका हुन् । 

केपीएलको उपाधि आर्मीलाई
सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिग (केपीएल) टि–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा शनिबार भएको खेलमा शुरुवातदेखि नै अपराजित रहेको शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ लाई ३९ रनले हराउँदै आर्मीले उपाधि उचालेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देहीले १७ ओभरमा नौ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

जितेसँगै बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले तीन लाख रुपैयाँसहित ट्रफि हात पार्न सफल भएको छ भने रुपन्देहीले उपविजेतामा चित्त बुझाउँदै १ लाख ५० हजारसहित ट्रफि हात पारेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x