×

NMB BANK
NIC ASIA

पाँच नम्बर प्रदेश- पाँच सय उद्योग सञ्चालन गर्न मिल्ने मोतिपुर औद्योगिक क्षेत्रको काम शुरु

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, १३ जेठ– पाँच नम्बर प्रदेश स्तरीय बहुप्रतिक्षित मोतीपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकनको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिको मोतिपुरमा बन्ने मोतीपुर औद्योगिक क्षेत्र आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा भएसंगै अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम शुरु भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

यद्यपि डीपीआरको प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । डीपीआरको काम सकिएसंगै वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर रानाले जानकारी दिए । अहिले पाँच सय ५० दशमलव चार हेक्टरको क्षेत्र निर्धारण गर्दै वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको रानाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल इन्भाइन्मेन्लट एण्ड साइन्स्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाईमा विडिए नेपाल र एडिएमसिजेभी जीतजंगमार्ग, थापाथली काठमाडौले संयुक्त रुपमा वातावरणीय प्रभाव मूल्यांकनका काम सुरु गरेका छन् । 


Advertisment
Nabil box
Kumari

वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार पार्न अहिले कानुनी प्रावधानका चरण अगाडि बढेका छन् । यो कम्पनीले गत बैशाख १४ गते नै वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण गर्नेबारे सार्वजनिक सूचना जारी गरेको थियो । अहिले फेरि एक साताको समय दिएर परामर्शदाता कम्पनीले सुझाव उपलव्ध गराउन अपिल गरेको छ । 

Vianet communication
Laxmi Bank

परामर्शदाता कम्पनी ‘नेस’की वातावरण विज्ञ रमिता श्रेष्ठसहितको टोलीले प्रस्तावित क्षेत्रको हालै अवलोकन गरेर स्थानीयहरुको राय सुझाव लिएको छ । मोतिपुर औद्योगिक क्षेत्रको प्रस्तावित स्थानको बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि तथा अगुवाहरुलाई भेटेर लिखित सुझावसमेत मागिएको छ । यस्का लागि एक साताको समय अवधि छुट्टाइएको बताउँदै विज्ञ श्रेष्ठले त्यतिञ्जेल स्थानीय अगुवा र जनप्रतिनिधिहरुसमक्ष भेटघाट जारी राखिने बताइन ।

विज्ञ श्रेष्ठ र औद्योगिक क्षेत्रका फोकल पर्सन तुलबहादुर रानासहितको टोलीले बिहीबार बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई भेटेर सुझाव लिएको थियो । त्यसक्रममा प्रमुख सुवेदीले स्थानीय समुदायको सामाजिक प्रभावलाई पहिलो प्राथमिकतामा राख्दै अध्यय्न गर्न सुझाव दिएका थिए । 

प्रभावित स्थानीयहरुको सल्लाह र सहमतिमा अहिलेसम्म काम अगाडि बढिरहेको भन्दै प्रमुख सुवेदीले मौतिपुर औद्योगिक क्षेत्र आयोजनाले मोतिपुर र बुटवलको मात्रै नभएर प्रदेशकै मुहार फेर्न सक्नुपर्नेमा जोड दिए । वातावरणीय प्रभाव मूल्यांकन गर्दा त्यहाँको जैविक, भौतिक र सामाजिक पक्षलाई आधार मानेर मूल्यांकन गर्न प्रमुख सुवेदीले सुझाव दिए । वातावरण प्रभाव मूल्यांकन झन्झटिलो भएको र त्यसले विकासमा सुस्तता ल्याएको भन्ने पनि गुनासा बढिरहेको भन्दै प्रमुख सुवेदीले त्यसलाई पनि हेक्का राखेर काम गर्न सुझाव दिए । 

वातावरण विज्ञ श्रेष्ठले स्थानीय क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक प्रणालीहरु र तिनका अवयवहरु तथा तिनमा पर्न सक्ने प्रभावको यकिन गर्नकै लागि अध्यय्न सुरु गरिएको प्रष्ट पारिन् । वातावरण विज्ञ श्रेष्ठसहित छ जना विभिन्न क्षेत्रका विज्ञहरु अहिले यहाँको वातावरणीय प्रभाव मूल्यांकनमा जुटेका छन् । 

मोतिपुरको औद्योगिक क्षेत्रको पाँच सय ५० दशमलव ४९ हेक्टर क्षेत्रफलमा अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको हो । यहाँ बुटवल उप–महानगरपालिकाको  वडा नं. १७ र १८ को क्षेत्र पर्दछ । यो साविकको मोतिपुर गाविस हो । 

केपी शर्मा ओली नेतृत्वको यस अघिको सरकारले सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरे अनुरुप यहाँ नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका बेलामा औद्योगिक क्षेत्रको डिपिआरका लागि बजेट बिनियोजन गरेपछि निर्माण कार्यले गति लिएको थियो । 

बीचमा केही स्थानीयको असन्तुष्टिसमेत आएपछि निर्माण कार्य केही सुस्ताएको थियो । मोतिपुर, तिलोत्तमा, शुद्धोधनको क्षेत्रमा ८ सय १४ बिगाहाको जमिनमा पहिलो चरणको नापजाँच भएको थियो । सो क्षेत्रभीत्र परेका स्थानीयको भोगचलनको जग्गा छ्ुट्याएर औद्योगिक क्षेत्रको डीपीआर बनेको र त्यसमै वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको हो । 

बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका तथा शुद्धोधन र कञ्चन गाउपालिकाका जनप्रतिनिधि र अगुवाहरुलाई तोकेको समयसम्ममा लिखित सुझाव उपलव्ध गराउन आयोजनाले अपिलसमेत गरेको छ । 
विसं. २०३२ सालमा निर्माण भएको बुटवल औद्योगिक क्षेत्रमा जग्गा नपुगेको र अरु नयाँ उद्योगहरुलाई जग्गा अभाव भएको गुनासो आएपछि यहाँ नयाँ र आधुनिक स्तरको औद्योगिक क्षेत्र निर्माणको पहल भएको हो । मोतिपुरको प्रस्तावित औद्योगिक क्षेत्रमा कम्तिमा पाँच सय उद्योगहरु स्थापना गर्न सक्ने लक्ष्य छ । 

यस्का लागि यहाँका निजी क्षेत्रहरु उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनहरुलेसमेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । सुरुमा यहीँ निजी क्षेत्रले नै मोतिपुरमा औद्योगिक करिडोर निर्माणको कुरा उठाएका थिए । 

के हो ईआईए ?

ठूला आयोजना तथा विकासका काम गर्दा वातावरण सन्तुलनको स्थिति ख्याल गर्न गरिने विस्तृत अध्ययन नै (वातावरणीय प्रभाव मूल्यांकन) इआइए हो । वातावरण संरक्षण सम्बन्धी ऐनका अनुसार इआएइ नगरी विकास निर्माण तथा आयोजना निर्माण गर्दा त्यसले भविष्यमा निम्त्याउने प्राकृतिक विपत्ति को कुनै अनुमान नै हुँदैन् । 

प्रकृतिको प्रतिकूल हुनेगरी काम नहोस् भनेर नै इआइए अनिवार्य छ । अहिलेसम्म कायम इआइएले एक विरुवा काट्नुपूर्व २५ नयाँ विरुवा रोप्नुपर्ने प्रावधान राखेको छ । इआइए वातावरण मन्त्रालयले मात्रै गर्न पाउँछ ।

प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइइ) चाहीँ साना आयोजना तथा उत्खनन्का कार्यमा गरिन्छ । वातावरणको स्थिति, त्यो क्षेत्रका विज्ञ, सामाजिक आर्थिक क्षेत्रका व्यक्ति र स्थानीय व्यापक सहभागितामा आएको रायसुझाव समेटेर इआइए गरिन्छ । यो प्रक्रियाले ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहरुका काममा सुस्तता आएको र अनावश्यक झन्झटसमेत उब्जिएको भन्दै ०५३ सालको ऐनलाई परिमार्जन गर्नुपर्ने कुरासमेत अहिले उठेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x