×

NMB BANK
NIC ASIA

प्रदेश राजधानी जोड्न दुई नगरपालिकाको संयुक्त सडक योजना

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत १३ जेठ- प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । 

प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो ।

Muktinath Bank

उक्त सडक बनेपछि स्थानीय तहलाई आत्मनिर्भर बनाउन र पोखरासम्मको घुमाउरो सडकको विकल्प बन्ने ठानिएको छ । दुवै नगरपालिकाका मुख्य बस्ती जोड्ने उक्त सडकखण्ड निर्माणसँगै नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र योजना अघि बनाएका छन् । 

नयाँ सडकको लम्बाइ ५७ किलोमिटर छ । जैमिनी–कुश्मा १४ र कुश्मा–पोखरा ५८ गरी कूल ७२ किलोमिटरको यात्रा ५७ किलोमिटरमा छोट्टिने भएपछि यात्राको दूरी पनि घट्छ । “फलेवास–दोबिल्ला ११ र दोबिल्ला पोखरा ५४ गरी ६५ किलोमिटरको यात्रा अब ५३ किलोमिटरमै छोट्टिएपछि फलेवासवासी कुश्मा पुग्ने कष्ट गर्नु परेन”, फलेवासका नगरप्रमुख पदमपाणि शर्माले भन्नुभयो । यो सडकको ट्र्याक र स्तरोन्नतिका लागि फलेवास नगरपालिकाले यसै वर्ष रु ९० लाख बजेट विनियोजन गरी काम शुरु गरिसकेको छ । 

स्थानीय सरकारको स्रोत साधनको प्रयोग गरेर आफ्नै लगानीमा प्रदेश राजधानी जोड्ने छरितो बाटो बनाउँदा चौतर्फी लाभ लिन सकिने शर्माको भनाइ छ । सडकखण्डको ट्र्याक खोल्ने काम शुरु भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै नगरको साझेदारीमा हाल सडक स्तरोन्नति गर्ने क्रममा पर्वत खण्डमा पर्नेे देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोड्ने काम शरु भइसकेको छ । यो सडक बाहै्र महिना चल्दा बाग्लुङको जैमिनीदेखिका सर्वसाधारण र व्यापारिक चाप फलेवासमा बढ्ने र यसले फलेवासलाई शहरीकरण गर्न सघाउने नगरपालिकाको अपेक्षा छ । 

बाग्लुङको जैमिनी नगरपालिकाले पनि नगरको केन्द्र कुश्मिशेराबाट सडक स्तरोन्नति गर्ने कार्ययोजना तय गरेको छ । नगर प्रमुख इन्द्रराज पौडेलका अनुसार सडक निर्माणका लागि बजेट विनियोजन भइसकेको छ । यो सडकलाई दुई जिल्लाका दक्षिणी क्षेत्रको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जैमिनी र फलेवासका बासिन्दा पोखरा पुग्नुपर्दा हाल कच्ची सडकबाट कुश्मा हुँदै जानुपर्ने बाध्यता हट्नेछ । 

कुश्मा–पोखराको वैकल्पिक सडक हालसम्म छैन । सदरमुकामसम्म घुमेर जाँदा सर्वसाधारणलाई समय र आर्थिक भार बढी पर्ने गरेको छ । यो सडकले पर्यटकीय शहर पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फलेवास र जैमिनीमा भित्र्याउन पनि ठूलो भूमिका खेल्ने स्थानीयवासीको अपेक्षा छ । 


Advertisment
Nabil box
Kumari

दुवै नगरपालिकाले सडकको न्यूनतम मापदण्ड पनि तोकिसकेका छन् । फलेवासका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाका अनुसार सडकको मापदण्ड २२ मिटर तोकिएको छ । “मुख्य सडक १६ मिटर र दायाँ–बायाँ तीन÷तीन मिटर (सेटब्याक) रहनेछ”, उहाँले भन्नुभयो । सडकको स्तरवृद्धि र नयाँ ट्र्याक खोल्न उपभोक्ता समिति गठन गरी काम शुरु भइसकेको छ ।

Vianet communication
Laxmi Bank

जैमिनीघाटबाट शुरु भएको सडकले साबिकका एक दर्जन गाविसलाई समेट्छ । यसबाहेक स्याङ्जा र बागलुङका दुई स्थानीय तहले समेत लाभ लिन सक्नेछन् । सडक विस्तारपछि ग्राभेलिङ, दुवैतर्फ नाली र रिटेनिङ वाल लगायतका योजना रहेको नगरपालिकाले जनाएको छ ।

बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई अहिले पोखरा पुग्न ४ घण्टा लाग्छ । यो सडक बनेपछि २ घण्टामै पोखरा पुग्न सकिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x