×

NMB BANK
NIC ASIA

'विगतको जस्तो नदीले बगाउने चिन्ता छैन'

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर, १३ जेठ- कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो । 

दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने भएकाले यहाँका बासिन्दाले बस्ती छाड्नुपर्ने हुन्थ्यो”, स्थानीयवासी पृथु रानाले भन्नुभयो, “विगतको जस्तो नदीले जग्गा बगाउने चिन्ता छैन ।” 

नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि जग्गा बगाउने समस्याबाट छुट्कारा पाइएको उहाँले बताउनुभयो । यहाँका स्थानीय बासिन्दाले रु २२ लाख चन्दा संकलन गरी स्वस्फूर्त रुपमा डेढ किलोमिटर लामो जैविक तटबन्ध निर्माण गरेका छन् ।

Muktinath Bank

“नदीले गर्दै आएको भूक्षय रोक्नका लागि एक महिना लगाएर तीन सयभन्दा बढी स्थानीयवासीले बाँसको जैविक तटबन्ध निर्माण गरेका छौँ”, रानाले भन्नुभयो, “खाली रहेको जग्गामा घाँस रोपिएको छ ।” नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि यस क्षेत्रमा बसोबास गर्ने तीन सय परिवारको सुुरक्षा भएको छ । 

नदीको खेर गएको बगरबाटै घाँस पाइन थालेपछि टाढाको सामुदायिक वनबाट घाँस ल्याउनुपर्ने झन्झट हटेर गएको बन्धु रानाले भन्नुभयो, “जैविक तटबन्धका लागि घाँस रोपिएपछि सामुदायिक वनसमेत जोगिएको छ ।” “तटबन्ध निर्माण गरिदिनका लागि स्थानीय तहदेखि केन्द्रसम्म पुग्यौँ तर कसैले हाम्रो आवाज सुनेन, सुनेकाले आश्वासन दिए योजना लागू गरेनन्”, श्रीकृष्ण रानाले भन्नुभयो, “स्वस्फूर्त रुपमा संगठित भएर जैविक तटबन्ध निर्माण गरिएपछि बाढीका बेला ढुक्कसँग बस्न सकिने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्सातमा पानी दर्किन शुरु भएपछि बालबालिका बोकेर सुरक्षित क्षेत्रमा भाग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “जैविक तटबन्धले त्यो समस्या हटाएको छ ।” जनप्रतिनिधिले समेत साथ दिन थालेकाले नदी नियन्त्रणमा सहयोग पुगेको स्थानीय बासिन्दाको भनाइ छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x