×

NMB BANK
NIC ASIA

नेपालको जनसंख्या भन्दा फोनका ग्राहक धेरै !

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ जेठ– चालू आर्थिक वर्षमा ५ दशमलव ५९ प्रतिशत आर्थिक बृद्धिदर पुग्ने अनुमान गरिएको छ । बिगत एक दशकमा औसतमा ४ दशमलव ३ प्रतिशत मात्रै पुग्दै आएको आर्थिक बृद्धि चालू आवमा बढ्ने अर्थमन्त्रालयको प्रक्षेपण छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले चालू आर्थिक वर्षका ८ महिनामो आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा पनि कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान त वर्षभन्दा घटेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ मन्त्रालयले चालू आवका ८ महिनामा कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशत रहने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष यस्तो योगदान २९ दशमलव ३७ प्रतिशत थियो । गैह्र कृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गाह्रस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२ दशमलव ४ प्रतिशत छ ।

Vianet communication
Laxmi Bank

चालू आवमा प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । ६० लाख बहुआयामिक गरिबीको रेखामूनी रहँदा सरकारले प्रतिव्यक्ति आय बढ्ने प्रक्षेपण गरेको हो । 

आर्थिक सर्बेक्षण प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ८ महिनासम्ममा कूल गाह्रस्थ उत्पादनको १५ प्रतिशत मात्रै बचत रहेको छ भने कूल लगानी ५१ दशमलव ७ प्रतिशत पुगेको छ । 
यसैगरी बार्षिक बिन्दुगत मुद्रास्फ्रिति दर ८ महिनामा ६ प्रतिशत कायम रहँदा मूल्यबृद्धिमा चाप बढेको प्रतिवेदनमा उल्लेख छ । 

सरकारी खर्चमा भइरहेको तिब्र बृद्धिका कारण बजेट घाटा बढिरहेको पनि आर्थिक सर्बेक्षणले देखाएको छ ।  कूल वैदेशिक लगानीमा अनुदान घट्दा ऋण बढ्दो अवस्थामा रहँदा ८ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब ऋण पुगेको प्रतिवेदनले जनाएको छ । 

निर्यातको तुलनामा आयात ह्वात्तै बढेको प्रतिवेदनले देखाएको छ ।  चालू आवको ८ महिनामा बस्तुगत निर्यात ५३ अर्ब हुँदा निर्यात भने ७ खर्ब ६७ अर्ब पुगेको छ । 

यस्तै शोधनान्तर घाटा पनि २५ अर्ब पुगेको छ । यद्यपि बैंकिङ प्रणालीमा रहेको विदेशी मुद्रा सञ्चितिको अवस्था हेर्दा आगामी १० महिनाको बस्तुगत आयात धान्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल बैंकिङ क्षेत्रमा २४ खर्ब ८७ अर्ब निक्षेप र २२ खर्ब ४२ अर्ब कर्जा पुगेको छ । यसअनुसार लगानीयोग्य पूँजीमा चाप बढेको प्रतिवेदनमा जनाइएको छ । 

चालू आर्थिक वर्षको फागुनसम्ममा बिमा कम्पनीको संख्या ४० र वित्तीय स्रोत २ खर्ब ४० अर्ब पुगेको छ । 

यस्तै चालू आवको ८ महिनासम्ममा धितोपत्र बजारमा आउने कम्पनीको संख्या १ सय ९४ वटा पुगेका छन् जसमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरु रहेका छन् ।  

नेपालमा तीन करोड ८२ लाख टेलिफोन ग्राहक रहेका छन् भने ९० प्रतिशतमा मोबाइलको पहँुच रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । 

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९५ हजार रहेको छ । 

त्यस्तै ८७ दशमलव ९ प्रतिशत जनताको खानेपानीको स्रोतमा पहँुच रहेको जनाइएको छ । 

प्रतिवेदन अनुसार केन्द्रीय निकायबाट बनेको सडक २९ हजार ६ सय किलोमिटर सडक छ । जसमध्ये ४४ प्रतिशत कालोपत्रे र स्थानीय सडक सञ्जाल ३८ हजार ४ सय किलोमिटर रहेको सर्वेक्षणले देखाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x