×

NMB BANK
NIC ASIA

देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम ३१.५ डिग्री सेल्सियस

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १३ जेठ -केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । 

मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ । 

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१.५ र न्यूनतम १८.५ डिग्री सेल्सियस पुगेको छ । शनिबार काठमाडौँको तापक्रम ३१ डिग्री पुगेको थियो । अघिल्लो वर्ष (सन् २०१७ जुन ५) मा काठमाडौँको तापक्रम बढीमा ३२ डिग्री पुगेको महाशाखाको रेकर्ड छ । मनसुन शुरु हुन अझै दुई साताभन्दा बढी छ । 

सबैभन्दा बढी नेपालगञ्जको ४२.२ तापक्रम पुगेको छ । अघिल्लो वर्ष जुन ५ मा त्यहाँको तापक्रम ४२ डिग्री पुगेको थियो । धनगढीको ४१.२, दिपायलको ३९, दाङको ३७, भैरहवाको ३६ र विराटनगरको ३१ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम ताप्लेजुङको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ । 

प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “अहिलेको तापक्रम वृद्धि मनसुन शुरु हुनुपूर्वको गतिविधि हो, मनसुनी सक्रियताका लागि तापक्रम चाहिने हुन्छ, यो त्यसैको सिनारियो हो, यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ”, मौसमविद् कँडेलले भन्नुभयो । 

उहाँका अनुसार दुई दिनअघि सुदूरपश्चिम भेगमा मात्र बढेको तापक्रम आज देशभर बढेको छ । तापक्रम एक दुई दिन यही हाराहारीमा रहनेछ । आज मध्य र पश्चिम भेगका केही स्थान र पूर्वी पहाडी भेगमा बदलीसँगै वर्षा हुनेछ भने काठमाडौँमा पनि वर्षाको सम्भावना छ ।  रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x