तस्करी गरेर नेपाल ल्याउन लागिएको हात्तीदाँत भारतको असममा बरामद

जेठ १३, २०७५

काठमाडौं, १३ जेठ – भारतको डिरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई) को गुवाहाटी शाखाले ६ किलोबराबरको हात्तीदाँतसहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरूलाई गुआहाटी रेलवे स्टेसनबाट पक्राउ गरिएको हो । 

डीआरआई अधिकारीहरूले हात्तीको दाह्रा असमको काजीरंगा राष्ट्रिय निकुञ्जबाट पश्चिम बंगाल हुँदै नेपाल तस्करी गरिने गरेको यसबाट खुल्ने बताए । 

गत फेब्रुअरी १५ मा डीआरआईका जासूसहरूले पश्चिम बंगालको सिलिगुडीबाट १२.४१ किलोबराबरको हात्तीदाँत बरामद गरेपछि वन्यजन्तुविरुद्धको अपराधका अनुसन्धानकर्ताहरूले यो तस्करी मार्गको जानकारी पाएका थिए । 

‘सुराकीले दिएको सूचनाको आधारमा हाम्रा अधिकारीहरूले दुई व्यक्तिलाई गुआहाटी रेलवे स्टेसनमा शनिवार दिउँसो १ बजे पक्रिए अनि उनीहरूबाट २४ वटा हात्तीदाँत बरामद गरे,’ एक डीआरआई अधिकारीले नाम नखुलाउने शर्तमा बताए । 

पक्राउ परेकाहरू असमका बद्रुल हुसेन र पश्चिम बंगालका सुरज कुमार दास हुन् । दास रेलवेमा काम गर्छन् । 

एजेन्सी
 


ADVERTISEMENT

जेठ १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस