×

NMB BANK
NIC ASIA

–हरि लामिछाने /रासस

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ, १३ जेठ -  चालु आर्थिक वर्ष २०७३÷७४ मा सार्वजनिक संस्थानको समग्र वित्तीयस्थिति सुधारोन्मुख रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ मन्त्रालयले आज संघीय संसद्मा पेश गरेको सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा–२०७५ का अनुसार सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका संस्थानको सञ्चालन आय गत आवको तुलनामा ३३.९ प्रतिशतले वृद्धि भएको छ । 


Advertisment
Nabil box
Kumari

यस अवधिमा नाफा आर्जन गर्ने संस्थानको संख्या एवं सञ्चालन आयमा भएको वृद्धिका कारण समग्र संस्थानको जम्मा खुद नाफामा गत आवको तुलनामा १८.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । तर सरकारले लगानी वृद्धि (शेयर तथा ऋणको वृद्धि १३.९ प्रतिशत) को तुलनामा प्रतिफलको वृद्धि ऋणात्मक अर्थात ०.४ प्रतिशत नकारात्मक रहेको जनाएको छ । 

Vianet communication
Laxmi Bank

त्यसैगरी, गैरकर राजश्वमा संस्थानबाट प्राप्त लाभांश गत आवको तुलनामा ०.४ प्रतिशतले न्यून भएको र कोषमा व्यवस्था नगरिएको दायित्व गत आवको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ । 

आव २०७३÷०७४ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने संस्थानको संख्या गत आवमा १५ बाट वृद्धि भएर १८ पुगेको छ । अधिकांश संस्थानको वित्तीय कार्यकुशलता र प्रभावकारितामा अपेक्षित सुधार आउन नसकेको र वित्तीय अनुशासनको पाटोलाई पनि उल्लेख्य रुपमा सुधार गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

आव २०७२÷०७३ मा नाफा आर्जन गर्ने संस्थानको संख्या २३ रहेकामा गत आव अर्थात् २०७३÷०७४ मा २६ पुगेको छ । सार्वजनिक संस्थान विभिन्न चार प्रकारका ऐनद्वारा गठन भएका छन् । विभिन्न २८ संस्थान कम्पनी ऐन, सात संस्थान संस्थानसम्बन्धी विशेष ऐन, तीन संस्थान सञ्चार ऐन र दुई संस्थान संस्थान ऐनअनुसार संस्थापना भएका छन् । 

वित्तीय संरचना र योगदान 

समीक्षा अवधिमा अस्तित्वमा रहेका ४० संस्थानमध्ये २१ संस्थानमा सरकारको पूर्णस्वामित्व र बाँकी १९ संस्थामा अधिकांश स्वामित्व रहेको छ । आव २०७३÷७४ को संशोधित कूल गार्हस्थ्य उत्पादन रु २६ खर्ब ४३ अर्बमा सार्वजनिक संस्थानको कूल सञ्चालन आयको अनुपात १२.२ प्रतिशत अर्थात रु तीन खर्ब २२ अर्ब छ करोड १९ लाख रहेको छ । 

यस्तो अनुपात सबैभन्दा धेरै व्यापारिक क्षेत्रका संस्थानको ६.२ प्रतिशत छ भने सामाजिक क्षेत्रको सबैभन्दा न्यून ०.०८ प्रतिशत छ । विगत पाँच वर्षको कूल गार्हस्थ्य उत्पादनमा संस्थानको कूल सञ्चालन आयको अनुपात औसत १२.५ प्रतिशत रहेको छ । 

राजस्वमा योगदान 

आव २०७३÷७४ मा सार्वजनिक संस्थानले विभिन्न शीर्षकबाट रु ५८ अर्ब ७४ करोड ४९ लाख राज्य कोषमा दाखिला गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । 

यसको पहिलो ठूलो अंशका रुपमा भन्सार महसुल एवं स्थानीय सडक कर तथा दस्तुरबापतको अंश ४२.५ प्रतिशत र दोस्रो ठूलो अंशको रुपमा आयकर अंश २४.२ प्रतिशत रहेको छ । यस अवधिमा सरकारको कूल राजस्व संकलनमा संस्थानको योगदान ९.७ प्रतिशत रहेको छ । 

त्यसैगरी, कूल गैरकर राजस्वमा संस्थानले १६.१ प्रतिशतको योगदान पु¥याएको प्रतिवेदनमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x