×

NMB BANK
NIC ASIA

झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, १३ जेठ - मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणितलगायतको कागजपत्र पेश गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेश गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ । 

Vianet communication
Laxmi Bank

बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशिष बस्नेतले मिर्गाैला खोजी गर्नेक्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको छ । गिरीद्वयले आशिषलाई मानसिक रोगी रहेको र परिवारसँग सधैँ नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको आरोप पीडितका बुबा भोलानाथ गिरीले जानकारी दिए  । 

यो गिरोहको योजनाअनुसार चाँगुबाट कुमारलाई समातेर डेरामा ल्याएर फकाएर राखेको र बेलाबेलामा भाग्दा पनि पिछा गरेर समातेर ल्याउँदै कोठामा राख्दै डर, धम्की, त्रास र प्रलोभन देखाउने गरेको पाइएको पीडित परिवारको भनाइ छ । 

थर्कमानको छोरा आशिषको नाममा सबै कागजपत्र मिलाएर अन्त्यमा नाता प्रमाणितलगायतमा आशिषको फोटो झिकेर कुमारको फोटो टाँस गरी मानव अंग प्रत्यारोपण केन्द्रमा लगेर कुमारको मिर्गौला झिकेर थर्कमानलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । 

पीडित कुमारले बताएअनुसार डर, धम्की, त्रास र प्रलोभनमा पारेर पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला झिकेको पीडतका हजुरबुबा गणेश गिरीले बताए  । आशिषले रु १० हजार दिइसकेको छु, अंश पनि दिन्छु शल्यक्रिया गर भनेर डर तथा प्रलोभन देखाएर कुमारको मिर्गौला झिकेर आफ्नो बाबुलाई प्रत्यारोपण गरेको उहाँको दाबी छ । 

मिर्गौला झिकेपछि पनि एक साता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखी पछि अब काम सकियो भन्दै काठमाडौँ सितापाइलास्थित कुमारको फूपू शारदा गिरीको घर नजिकै लगेर छाडिदिएपछि आफन्तले भेटाएर घरमा लगेका थिए । त्यसपछि फूपूको घरमा कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो । 

मिर्गौला झिक्नुअघि आशिषलगायतको गिरोहले वीर अस्पतालमा कुमारको सबै स्वास्थ्य परीक्षण र रगतसमेत जाँच गराएर गत वैशाख १० गते केन्द्रमा कुमारको मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गरिएको आफन्तको भनाइ छ । 

पीडितका परिवार प्रह्लाद गिरीले घटना थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएलगत्तै थर्कबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । गिरोहमा संलग्न रहेको भनिएका आशिष, डल्लुराज र लालचन्द्र फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । 

पीडित परिवारले भने घटनामा अस्पतालका चिकित्सकको समेत मिलेमतो रहेको भन्दै कडा र सुक्ष्मरुपमा अनुसन्धान गरी सबै दोषीलाई कारबाही गर्नुपर्ने एवं पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन् । 

यसअघि पनि मानव अंग प्रत्यारोपण केन्द्र आसपासमा मिर्गौला तस्करीमा लागेको गिरोह सक्रिय भएको, नेपाल र भारतमासमेत लगेर मिर्गौला किनबेच गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले छापा मार्ने र निगरानी बढाएको थियो । प्रहरीले बस्नेतलाई मानव अंग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको र फरारको खोजी भइरहेको जानकारी दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x