×

NMB BANK
NIC ASIA

लोकान्तर टिप्पणी

प्रधानन्यायाधीशमा जोशी र अख्तियार प्रमुखमा घिमिरेको नियुक्ति पक्का

जेठ १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १४ जेठ–दुई साताअघि काठमाडौंमा एउटा जबर्जस्त खबर फैलियो – सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोड्दैछ । अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा त्यहीँभित्रका वरिष्ठ आयुक्तलाई होइन, बाहिरबाट कुनै पूर्वप्रशासकलाई लगिँदैछ  ।  

Muktinath Bank

सीमित सञ्चारमाध्ययमले त हाल चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई अख्तियार प्रमुखको जिम्मेवारी दिन लागिएको समाचार सम्प्रेषण गरे । अनि कतिपय सञ्चार माध्ययमले सरकारले हालका कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई होइन, उनी पछिका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न खोज्दैछ भनेर लेख्न भ्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी समाचारलाई बल पुर्‍याउने गरी यसबीचमा दुई किसिमका रोचक घटना भए । एउटा प्रधानन्याधशीको लाइनमा रहेका कामु प्रधानन्यायाधीश जोशी प्रमुख दलका शीर्ष नेतालाई भेट्न पुगे र त्यो खबर मिडियामा चुहियो । अर्को, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल बेइजिङबाट एकाएक काठमाडौं आइपुगे । यी दुवै घटनाले बाघ कराउनु र वाख्रा हराउनुको उक्तिलाई सतहमा ल्याइदिए । आशंकालाई मलजल भयो ।


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्तिका विषयमा अनेकन आशंका गरिनुका पछाडि केही कारण अवश्य छन् । प्रमुख कारण हुन् – दुवैको नियुक्तिमा ढिला भइसकेको छ । 

Vianet communication
Laxmi Bank

प्रधानन्यायाधीशको पद औपचारिक रूपमा गएको वैशाख १६ देखि रिक्त छ भने अख्तियार प्रमुखको पद फागुनदेखि खाली छ । 

प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति समयमै किन हुन सकेन ? के सरकार प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोड्न चाहन्छ ? या अख्तियारको प्रमुखमा बाहिरबाट कसैलाई लान खोज्दैछ ? यी जिज्ञासा आमपाठकमा व्याप्त छ । शहरका चोक चोकमा यो विषयमा अहिले पनि टिकाटिप्पणी सुनिन्छ ।

यीनै आशंकाका बीच लोकान्तर डटकमले प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्तिका लागि सरकारको वास्तविक तयारीका बारेमा महत्त्वपूर्ण सूचना प्राप्त गरेको छ । सरकारको भरपर्दो स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार प्रधानन्यायाधीश र अख्तियार प्रमुखमा विगतको परम्परा तोड्ने सोचाइमा सरकार छैन ।

‘सरकार परम्परा तोड्ने, रोलक्रममा रहेकालाई पन्छाउने र त्यसपछिकालाई काखी च्याप्ने तयारीमा छैन । बाहिर गरिएको प्रचार गलत हो,’ लोकान्तर डटकमसँग सरकारी उच्च स्रोतले पुष्टि गर्‍यो, ‘संसदीय सुनुवाइ विशेष समिति गठन भएपछि दुवै निकायमा तत्काल नियुक्ति हुन्छ । जो–जो लाइनमा हुनुहुन्छ, उहाँहरूको नियुक्ति हुन्छ । अन्यथा हुँदैन ।’

गोपाल पराजुलीले राजीनामा दिएपछि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त हुन पुगेको थियो । उनले वैशाख १६ मा अनिवार्य अवकाश पाउँदै थिए । तर न्यायपरिषद्ले उनको जन्ममितिमा खोट देखाउँदै गएको साउनमै अवकाश पाएको पत्र थमाएपछि पराजुलीले अनिवार्य अवकाश हुनु एक महिनाअगावै राष्ट्रपति समक्ष राजीनामा बुझाए ।

त्यस्तै नवीनकुमार घिमिरे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कामु प्रमुख आयुक्तका रूपमा कार्यरत छन् । यसअघिका प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कामु प्रमुख आयुक्तको जिम्मेवारी पाएका थिए । घिमिरेलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने तयारी रहेको सरकारी स्रोतको भनाइ छ ।

‘सरकरको अहिलेको तयारी र सोच अख्तियार प्रमुखमा घिमिरेलाई नियुक्त गर्ने नै हो,’ स्रोतले भन्यो, ‘बाहिरवाट लैजाने विषयमा कुनै छलफल, तयारी वा सम्भावना छैन ।’

आफ्नो सेवाअवधिको धेरैजसो समय गृहमन्त्रालय वा मातहतका निकायमा बिताएका घिमिरे विवादरहित छवि भएका प्रशासकका रूपमा चिनिन्छन् । 

‘घिमिरे गृहप्रशासन राम्रो बुझेका र राष्ट्रियताका सबालमा सम्झौता नगर्ने प्रशासक हुन्,’ उनलाई नजिकबाट चिनेका एक पूर्वसचिवले लोकान्तरसँग भने ।

उता, हालका कामु प्रधानन्यायाधीश जोशीचाहिँ कानुन विषयको अध्यापनमा लामो अनुभव भएका व्यक्ति हुन् । उनी करीब ६ वर्षअघि सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।

खासमा चीनका लागि नेपाली राजदूत पौडेल अरुनै काम विशेषले काठमाडौं आएका थिए । एक साताको बसाई पूरा गरी उनी बेइजिङ फर्किसकेका छन् । स्रोतका अनुसार  उनी स्वयम्  अख्तियार प्रमुखका लागि इच्छुक छैनन् र

काठमाडौंमा उनले गरेको भेटघाट बाहिर प्रचार गरिएकोजस्तो अख्तियार प्रमुखको सम्बन्धमा थिएन । ‘उहाँ आफैं अख्तियार प्रमुखमा इच्छुक हुनुहुन्न, त्यसमाथि उहाँले लबिङ गर्नुभयो भन्ने कुरा हास्यास्पद हो’, स्रोतले भन्यो । 


प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्तिमा रोलक्रममा रहेकालाई पाखा नलगाउने तयारीका पछाडि सरकारी स्रोतले तर्क पनि दिएको छ ।

‘यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले महत्त्वपूर्ण नियुक्तिहरूमा जुन विवाद झिक्यो, त्यसको हामीले व्यापक विरोध गर्‍यौं । हाम्रो विरोध वरिष्ठता र स्थापित मान्यताहरूलाई भत्काउनुहुँदैन भन्ने थियो । हिजो हामीले जुन विषयमा विरोध जनायौं, आज आफू सरकारमा हुँदा त्यस्तै गल्ती गर्नुहुँदैन भन्नेमा हामी दृढ छौं । त्यसैले यो सरकारले हत्तपत्त स्थापित परम्परा र मान्यता नभत्काउने नीति लिएको हो । कुनै ठूलो कारण नआएसम्म महत्त्वपूर्ण नियुक्तिहरूमा विगतका परम्पार तोड्ने पक्षमा सरकार छैन,’ लोकान्तरसँगको कुराकानीका क्रममा सरकारी स्रोतले भन्यो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x