×

NMB BANK
NIC ASIA

किम र ट्रम्पले साँच्चिकै वार्ता गर्लान् ?

जेठ १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ जेठ – विगत केही दिनयता कोरियाली प्रायद्वीपमा घटनाक्रमहरू तीव्र गतिमा विकसित भइरहेका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच हुने भनिएको शिखर सम्मेलन
अचानक स्थगित गरियो अनि फेरि अहिले सम्मेलन तय गरिएकै मितिमा हुने भनिएको छ । 

केही महिना अघिसम्म पनि किम र ट्रम्पले एकअर्कालाई अपमानजनक वचन लगाउने अनि युद्धको धम्की दिने गरिरहेका थिए ।

दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकका बेलामा तिक्ततापूर्ण वातावरणमा कमी आयो अनि मार्च महिनाको मध्यमा दुई पक्षले प्रत्यक्ष वार्ता गर्ने सहमति जनाए । 

कुरा मिलाउँदै जाँदा यो वार्ता १२ जुनमा सिंगापुरमा हुने भयो तर मे महिनामा दुवै पक्षले बैठक हुनेमा शंका गरे । 

त्यसपछि अपमानजनक शब्दहरू हुर्रिन थाले अनि उत्तर कोरियाले अमेरिकाका उपराष्ट्रपति माइक पेन्सलाई ‘सिकारु’ भन्यो र दुवै पक्षले वार्ता बहिष्कार गर्ने धम्की दिए । 

ट्रम्पले वार्ता स्थगित गरिएको घोषणा अचानक गरे तर प्योङयाङले नरम प्रतिक्रिया जनाएपछि २४ घन्टाभित्रै कुरा फेरे । 

केहीले ट्रम्प अचानक वार्ता बहिष्कार गर्दा प्योङयाङ तर्सिएको बताए । उसले अहिले नरम शब्द प्रयोग गरिरहेको छ अनि ‘कुनै पनि बेलामा’ कुरा गर्ने इच्छा देखाएको छ । 

‘ट्रम्पको अनपेक्षित प्रतिक्रियाले किमलाई रनभुल्ल बनायो र उत्तरले कुरा मिलाउनका लागि उपाय खोज्नुपर्ने भयो,’ इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजीका वरिष्ठ अनुसन्धानकर्ता चो सुङ–र्युल बताउँछन् । 

अरूहरू चाहिँ यो संकटलाई किम र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले टारेको बताउँछन् । उनीहरू दुई कोरियाको बीचमा रहेको पान्मुनजोम युद्धविराम गाउँमा भेट्ने असाधारण निर्णय गरे । 

अमेरिकाको परराष्ट्र मन्त्रालयले पान्मुनजोममा आइतवार उत्तर कोरियालीहरूसँग अमेरिकी अधिकारीहरूले भेटेको बतायो ।

द वाशिङटन पोस्टले वरिष्ठ कूटनीतिज्ञ सुङ किमले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेको अनि दुवै पक्षले मंगलवार पनि वार्ता जारी राख्ने लेख्यो । 

ह्वाइट हाउसले सप्ताहान्तमा अधिकारीहरूको एक छुट्टै टोली सिंगापुर गएर बैठकको तयारी गरिरहेको बतायो । 

उत्तर कोरियालीहरूसँग कुराकानी गर्न सुङ किमको भन्दा बढी अनुभव कसैसँग छैन । 

कोरियामा जन्मेका यी कूटनीतिज्ञले सउलमा वाशिङटनको राजदूतका रूपमा काम गरिसकेका छन् र सन् २००० को दशकको मध्यतिर ६ पक्षीय असफल वार्तामा विशेष दूतको भूमिका पनि निर्वाह गरिसकेका छन् । 

अहिले उनी फिलिपिन्सका लागि वाशिङनका राजदूत हुन् तर उनलाई त्यहाँबाट उत्तर कोरिया जान भनिएको छ । ट्रम्पले सउलमा राजदूत नियुक्त गर्न बाँकी नै छ ।

घटनाक्रममा विभिन्न मोडहरू आएको अनि दुवै पक्षमा अस्थिर प्रकृति रहेका कारण कोरियाविज्ञहरू कुनै पनि कुरा सुनिश्चितताका साथ भन्न सक्ने स्थितिमा छैनन् । तर धेरै पर्यवेक्षकहरूले यो प्रक्रिया फेरि सुचारु भएकोमा विश्वास
जनाएका छन् । 

विगत दुई दिनमा ट्रम्प आशावादी देखिन्छन् अनि जसन १२ को बैठक हुनेछ नै भन्दैछन् । अलि बढी समय चाहिएमा यो बैठक पछि पनि हुनसक्ने उनको भनाइ छ । सामान्यतया यस्ता बैठकहरू महिनौंअगाडि, अझै कहिले त
वर्षौंअगाडि योजना बनाएर गरिन्छन् । 

अब अधिकारीहरूसँग मर्यादाक्रमका विवरणहरूलाई अन्तिम रूप दिनका लागि १४ दिन मात्र बाँकी छ । सिंगापुरमा कुन ठाउँमा बैठक बस्ने अनि अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्ध लागेका उत्तर कोरियाली अधिकारीहरू कसरी त्यहाँ
पुग्नेछन् भन्ने कुरा निश्चित गरिएको छैन । 

महत्त्वपूर्ण कुरा त, ट्रम्प र किमले के विषयमा कुरा गर्ने भन्ने नै निर्णय हुन बाँकी छ ।

एक शब्दमा भन्नुपर्दा त्यो विषय भनेको आणविक निःशस्त्रीकरण हो ।

दुवै पक्षले निःशस्त्रीकरण चाहेको बताएका छन् तर यसका बारेमा उनीहरूको परिभाषामा आकाश जमीनको फरक छ । 

वाशिङटनले उत्तर कोरियाको पूर्ण, विश्वसनीय र अपरिवर्तनीय निःशस्त्रीकरण चाहेको छ अनि यसको पुरस्कारस्वरूप प्रतिबन्धलाई खुकुलो बनाउने र आर्थिक राहत दिने बताएको छ । 

ट्रम्प तत्कालै निःशस्त्रीकरण चाहन्छन् तर उनले यसका लागि चरणबद्ध तरिका अपनाउन सकिने पनि बताएका छन् ।

मूनले किम पनि कोरियाली प्रायद्वीपको ‘पूर्ण’ निःशस्त्रीकरणमा प्रतिबद्ध रहेको बताउँछन् । तर त्यो भनेको पूर्ण, विश्वसनीय र अपरिवर्तनीय निःशस्त्रीकरण हो भनी सोध्दा उनले यो कुरा प्योङयाङ र वाशिङटनले छलफल गर्ने कुरा
हो भन्छन् । 

Sagarmatha Cement
Muktinath Bank

विश्लेषकहरूले उत्तर कोरियाको शासन नपल्टाउने प्रत्याभूति नगरेसम्म आफ्नो आणविक प्रतिरक्षालाई नत्याग्ने विश्वास राखेका छन् । 

यसको अर्थ उनीहरू विश्वासको वातावरण बनाउने उपायहरूको खोजीमा छन्, जस्तै दक्षिण कोरियामा अमेरिकी सैनिकको संख्यामा ह्रास वा संयुक्त सैन्य अभ्यासको ह्रास । 

कोरिया विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक किम सुङ–हानले ट्रम्पलाई उत्तर कोरियाले तेर्स्याएको कुनै पनि शर्त स्वीकार गर्न अप्ठ्यारो हुने बताएका छन् किनकि ट्रम्प इरान आणविक सम्झौताका प्रखर विरोधी हुन् ।

‘उनले उत्तरलाई पूर्ण, विश्वसनीय र अपरिवर्तनीय निःशस्त्रीकरण वा आणविक निःशस्त्रीकरण तत्कालै गर्नका लागि कार्यादेश समावेश गर्न गाह्रो ठानेमा सम्मेलन फेरि स्थगित गर्न सक्छन्,’ उनले भने । 

एएफपीमा प्रकाशित विश्लेषणको भावानुवाद
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x