×

NMB BANK
NIC ASIA

हिमालय एयरलाइन्स असुरक्षित रहेको पाइलटहरूको भनाइ, सुरक्षा अपनाउन सुझाव दिने सातजना बर्खास्त

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २७ माघ – सञ्चालनमा आएको छोटो समयमै एकपछि अर्को विवादमा मुछिँदै आएको हिमालय एयरलाइन्सले हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको थप तथ्यहरू फेला परेका छन् ।

हवाई सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिने आफ्नै पाइलट (विमान चालक) र ६ जना प्राविधिक कर्मचारीलाई उक्त एयरलाइन्सले बर्खास्त वा राजीनामा दिन बाध्य पारेसँगै उसका विवादास्पद क्रियाकलाप बाहिर आएका हुन् ।

यसअघि उक्त एयरलाइन्सले त्रिभुवन विमानस्थलको सिंगो सुरक्षा संयन्त्रमा खतरा उत्पन्न हुनेगरी आवश्यक मापदण्ड र स्वीकृति नलिई विमानस्थल परिसरमा भवन बनाएको तथ्य बाहिर आएको थियो ।

हेरौं लिंक....
हवाई सुरक्षामा हिमालय एयरलाइन्सको गम्भीर लापरवाही, स्वीकृति नलिई एयरपोर्टभित्रै कार्यालय

लोकान्तरलाई प्राप्त नयाँ सूचना अनुसार हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई समेत प्रभावमा पारेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मापदण्ड पूरा नगरेको पाइएको हो ।

उक्त एयरलाइन्सले एक वर्षअघि नयाँ एयरबस ३२० एस सहितको सेवा शुरु गरेको थियो । उक्त विमानका पाइलट र प्राविधिकहरूले हवाई सुरक्षा मापदण्डमा पर्याप्त ध्यान नदिएको जनाउँदै एयरलाइन्सलाई त्यसतर्फ ध्यान दिन सुझाव दिए ।

उक्त सुझाव पालना गर्नुको सट्टा एयरलाइन्सले पाइलटलाई बर्खास्त गर्ने अप्रिय निर्णय लिएको र त्यसबाट रुष्ट कर्मचारीहरूले टेकुस्थित वाग्मती श्रम कार्यालयमा उजुरी दिएको पाइएको छ ।

आइकाओले तोकेको हवाई सुरक्षा मापदण्ड पूरा गर्न सुझाव दिने हिमालय एयरलाइन्सका तत्कालीन फ्लाइट अपरेसन्स निर्देशक गाब्रिएल आसेन्जो (गेभ) लाई उक्त एयरलाइन्सले चार महिनाअघि बर्खास्त गरेको भेटिएको छ ।

पाइलटद्वय भारतीय नागरिक नागराज र रामेश कृष्णनलाई पनि एयरलाइन्सले बर्खास्त गरेको छ । नागराज र कृष्णनले श्रम कार्यालयमा उजुरी दिएका छन् भने गाब्रिएलले नागरिक उड्डयन प्राधिकरणमा उजुरी दिएका छन् ।
विमानचालक र हवाई सुरक्षामा खारिएका गाब्रिएलले हिमालय एयरलाइन्स व्यवस्थापनले सुरक्षा निर्देशिका पालन नगरेको भनी आलोचना गरेका थिए ।

लामो अनुभव भएका आसेन्जोलाई उक्त एयरलाइन्सले आइकाओ प्रक्रिया पालनाको सुनिश्चितताका लागि नियुक्त गरेको थियो । आसेन्जोलाई दिइएको टर्म्स अफ रेफरेन्स, टिओआर (जिम्मेवारी पालना गर्दाको शर्त) मा उक्त विषय उल्लेख छ ।

तर आइकाओको आवश्यकता पूरा गर्नका लागि कम्पनीको ध्यानाकर्षण गरेकोमा आसेन्जोले जागिर गुमाए ।
आसेन्जोले हिमालय एयरलाइन्सका लागि छुट्टै फ्लाइट अपरेसन्स विभाग गठन गर्न, फ्लाइट व्यवस्थापक र विमानचालक अनि फ्लाइट तालिम मापदण्ड तयार गर्न भूमिका खेलेका थिए ।

पाइलटद्वय टाइप ट्रेनिङ इन्स्ट्रक्टर नागराज र लाइन ट्रेनिङ पदमा कार्यरत रामेशले श्रम कार्यालयमा दर्ता गरेको मुद्दामा हिमालय एयरलाइन्सले सुरक्षामा गरिरहेको लापरवाहीबारे विस्तृत विवरण खुलाइएको छ ।

पाइलटद्वयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्तर्राष्ट्रिय हवाई यातायात संघले जारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार जिम्मेवार व्यवस्थापक नियुक्त नगरेको, डाइरेक्ट फ्लाइट अपरेसन म्यानेजर नियुक्त नगरेको, यात्रु सुरक्षासँग सम्बन्धित पूर्वाधारहरूको ख्याल नगरेको आरोप लगाएका छन् ।

त्यस्तै हिमालय एयरलाइन्सले व्यापारिक उडानका लागि चाहिने यात्रु सुरक्षा (प्यासेन्जर्स सेफ्टी) र कामदारको व्यावसायिक एवं पेशागत सुरक्षाका लागि चाहिने दक्ष प्राविधिक कर्मचारी नियुक्त नगरेको उनीहरूले उल्लेख गरेका छन् ।

उक्त एयरलाइन्सले सेफ्टी म्यानेजर (सुरक्षा व्यवस्थापक) हालसम्म पनि नियुक्त नगरेको उनीहरूको आरोपपत्रमा उल्लेख छ । त्यस्तै एकाउन्टेबल म्यानेजर (जिम्मेवार व्यवस्थापक) सँग आवश्यक योग्यता नभएकाले हालसम्म पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयरलाइन्सले स्वीकृति लिन नसकेको आरोपपत्रमा उल्लेख छ ।

हिमालय एयरलाइन्सले आफ्नो विमान सञ्चालन गर्न अत्यावश्यक विमानचालकलाई समेत आइकाओ, इसएआरपिएस र नागरिक उड्डयन प्राधिकरणको नियमविपरीत टिबेटन एयरलाइन्समा पठाउने गरेको गम्भीर आरोप पनि पाइलटद्वयले लगाएका छन् ।

हेरौं उनीहरूले दर्ता गरेको निवेदनको विवरण ः







क्यानको भूमिका पनि शंकास्पद

हवाई सुरक्षा मापदण्ड अपनाउन सुझाव दिएबापत आफूलाई हिमालय एयरलाइन्सले जागिरबाटै बर्खास्त गरेको, त्यसबाट आफ्नो मानवअधिकार हनन भएको, एयरलाइन्सले गम्भीर लापरवाहीहरू गर्दै आएको, सुरक्षामा चासो नदिएको लगायतका विवरण उल्लेख गर्दै आसेन्जोले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानमा) दुई महिनाअघि उजुरी दिएका थिए ।

तर राजनीतिक दलका नेताहरूसँग पहुँच भएका र त्यसका आधारमा नाजायज फइदा उठाइरहेका हिमालय एयरलाइन्सका उच्चपदस्थ अधिकारीहरूको दबाबमा क्यानले उक्त निवेदनमाथि हालसम्म छानबिन वा सुनुवाइ गर्न नसकेको क्यानकै एक अधिकारीले लोकान्तरलाई बताए ।

छानबिन हुँदैछः क्यान

क्यानका निमित्त महानिर्देशक राजन पोखरेलले गाब्रिएलले दिएको निवेदनमाथि छानबिन भइरहेको लोकान्तरलाई बताए । ‘गाब्रिएल र हिमालय एयरलाइन्सबीच डिस्प्युट (विवाद) भएको सत्य हो र गाब्रिएलले हामीकहाँ उजुरी दिएको पनि सही हो,’ पोखरेलले लोकान्तरसँग भने, ‘एयरलाइन्सको सुरक्षा कमजोरीका विषयमा पनि उहाँले केही विषय उल्लेख गर्नुभएको छ र त्यसमा छानबिन हुँदैछ । तर पाइलट र कम्पनीबीचको आन्तरिक झगडामा चाहिँ हामी केही गर्न सक्दैनौं ।’

गाब्रिएलले उजुरी दिएको तीन महिना बितिसक्दा पनि उनको निवदेनमाथि किन टुंगो नलगाएको भन्ने लोकान्तरको प्रश्नमा पोखरेलले थपे, ‘यस्ता कम्प्लेन (उजुरी) हरू आइरहन्छन् । अन्य एयरलाइन्सका पनि यस्तै उजुरी छन् । हामी आफ्नै प्रक्रिया अनुसार छानबिन गर्छौं । पोखरेलले शुरुमा उक्त विषय आफ्नो सरोकारको विषय नभएको भन्दै पन्छिन खोजेका थिए ।

यो आन्तरिक विषय होः  एयरलाइन्स

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले पाइटल, प्राविधिक र आफूहरूबीचको झगडा आन्तरिक भएकाले त्यसमा कुनै प्रतिक्रिया नदिने लोकान्तरलाई बताए ।

‘केही पाइलट र प्राविधिकलाई कम्पनीले हटाएको हो,’ श्रेष्ठले बिहीवार लोकान्तरसँग भने, ‘एयरलाइन्सले कुनै गलत काम गरेको छैन । आन्तरिक विषयमा म तपार्इंसँग लामो कुरा गर्दिनँ ।’

६ जना प्राविधिक पनि बर्खास्त

पछिल्लो तीन महिनामा हिमालय एयरलाइन्सले अन्य ६ जना प्राविधिक पनि हटाएको खुल्न आएको छ ।

विमानचालक र एक पर्फर्मेन्स इन्जिनियर एयरलाइनबाट हटिसकेका छन् । तीमध्ये केहीलाई निकालिएको छ भने केहीले एयरलाइन्सविरुद्ध रोजगारी सम्झौता उल्लंघन गरेको आरोपमा श्रम अदालतमा कार्यालयमा मुद्दा दायर गरेका छन् ।

केही पहिले तिब्बत एयरलाइन्सका झाओ गुओ चियाङ हिमालय एयरलाइन्सको नयाँ अध्यक्ष भएपछि व्यवस्थापन र कर्मचारीका बीच तनाव शुरु भएको हो । तिब्बत एयरलाइन्सको हिमालय एयरलाइन्समा ४९ प्रतिशत शेयर छ भने नेपालको यति वर्ल्ड इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडले ५१ प्रतिशत शेयर ओगटेको छ । झाओलाई एकाउन्टेबल म्यानेजर नियुक्त गरिएको थियो तर हवाई सुरक्षाका लागि महत्वपूर्ण पदहरूमा नियुक्तिका लागि उड्डयन प्राधिकरणको सहमति आवश्यक हुने आसेन्जोले तर्क गरेका थिए ।

आइकाओको आवश्यकता पूरा गर्नका लागि कम्पनीको ध्यानाकर्षण गरेकोमा आसेन्जोले जागिर गुमाएका हुन् । श्रम कार्यालयमा निवेदन दिएका पाइलटहरूले आफूहरूलाई हट्न बाध्य पारिएको, भुक्तान गर्न बाँकी तलब पनि नदिइएको भन्दै क्षतिपूर्ति पनि दाबी गरेका छन् ।

झाओको आगमनपछि एयरलाइन्सले पाइलटहरूले पाउँदै आएको भत्ता सम्झौताविपरीत काटिएको थियो । उनीहरूलाई स्वास्थ्य खर्च र लाइसेन्सको समाप्तिको अवस्थामा पाइने बीमा दिइएको थिएन । हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले चाहिँ यी आरोप सत्य नभएको लोकान्तरलाई बताए ।

तालिमप्राप्त सुरक्षा व्यवस्थापकविना नै हिमालय एयरलाइन्स सञ्चालनमा ल्याइएको गम्भीर आरोप लागिसक्दा पनि एयरलाइन्सले त्यतातर्फ ध्यान नदिइएको पाइएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x